हाम्रो शरिरको एक महत्व अङ्ग हो किड्नी। हामीले यसलाई के गर्दा स्वास्थ रहन्छ भन्ने कुरामा बादी ध्यान दिनु पर्छ । जुन खानपिनले  किड्नीलाई असर गर्छ त्यो खानेकुरा खानु हुदैन ।

यस्ता छन् किड्नी फेल हुनुका मुख्य कारणः

पानी थोरै वा धेरै पिउनुः

दैनिक ८–१० गिलास पानी पिउनुपर्छ । यो भन्दा कम पानी पिउनुले शरिरमा जम्मा भएको टाक्सिस किड्नी फंक्सनमा नराम्रो असर पार्छ । पानी धेरै पिउनाले पनि किड्नीलाई धेरै असर पर्ने गर्छ ।

धेरै खाना खानुः

सामान्य मानिसभन्दा मोटो मानिसहरुको किड्नी खराब हुने सम्भावना ज्यादा हुन्छ । धेरै खाना खाँदा तौल छिटो बढ्छ । यसकारण धेरै खाना खानु राम्रो मानिदैन ।

पुर्ण निन्द्रा नलिनुः

पढाइको समयमा दैनिक मानिस ७–८ धण्टा पनि सुत्दैन जसका कारण हाई ब्लड प्रेशर हुने सम्भावना बढेर जान्छ । यसमा किड्नी डिजिजको आशंका पनि बढेर जाने गर्छ ।

पिसाब रोकेर बस्नुः

हामी समयमा काम सक्छौ भनेर लामो समय पिसाब रोकेर बस्ने गर्छौ । यसको सोझो असर किड्नीमा पर्ने गर्छ । किड्नीमा व्याकटेरिया कारण इन्फेक्सन समेत हुनसक्छ ।

चुरोट सेवन गर्ने बानीः

चुरोट सेवन गर्नाले टाक्सिंस जम्मा हुनेगर्छ । यसले किड्नीलाई ड्यामेज गर्ने काम गर्छ । यसका कारण बिपी पनि बढ्छ ।

ज्यादा ननभेज खानाः

मासुमा पर्याप्तमात्रामा प्रोटिन हुने गर्छ । ज्यादा मात्रामा प्रोटिन डाइट लिने गर्दा किड्नीमा मेटाबोलिक लोड बढ्न जान्छ । जसका कारण किड्नीमा स्टोनको समस्या देखिन सक्छ ।

रक्सी पिउनुः

ज्यादा मात्रामा रक्सी पिउनाले किड्नीमा समस्या देखापर्छ । यसले लिभरमा पनि नोक्सान पुर्याउने काम गर्छ । धेरै मात्रामा कोल्ड ड्रिंक पिउनु पनि किड्नीको लागि राम्रो मानिदैन ।

धेरै नुनिलो खानेकुरा खानुः

धेरै नुनिलो खानेकुरा खानाले किड्नीमा समस्या पैदा गर्नसक्छ । यसले ब्लड प्रेसर समेत बढाउने काम गर्छ । जसका कारण किड्नीमा नराम्रो असर पुग्न जान्छ ।

धेरै औषधीको प्रयोगः

धेरै औषधी सेवन गर्ने बानीका कारण किड्नी फेल हुनेगर्छ ।

स्वास्थको सहयोगमा