क्यान्सर नसर्ने रोग हो । यो रोग धनी, गरिब, महिला, पुरुषका साथै बच्चादेखि बुढासम्म जुनसुकै उमेरका मानिसलाई र शरीरका सबै अंगमा लाग्न सक्ने भएकाले यो रोगका बारेमा सबैले थाहा पाउन जरुरी छ । यो रोग लाग्ने कारणहरुमा अस्वस्थ्यकर खानपिन, रहनसहन, वातावरणीय प्रदुषण र दैनिक क्रियाकलापको कमीलगायत प्रमुख हुन्

लक्षण
क्यान्सरको सुरुवातमा कुनै पनि लक्षण नदेखिन सक्छ । तर यस्ता लक्षण देखिएमा पाठेघरको मुखको क्यान्सर हुनसक्छ ।

– वजन घट्दै जानु

– तल्लो पेट बढी दुख्नु

– महिनावारी बन्द भएका महिलामा पनि रगत देखिनु

– यौनसम्पर्क गर्दा सामान्य अवस्थामा पनि गर्दा रगत देखिनु

– दिशा वा पिसाब गर्दा अप्ठेरो महशुस हुनु

– योनीबाट गन्हाउने फोहर पानी बग्नु

– थकाई बढी लाग्ने

– महिनावारीको नभएको बेला पनि रगत बग्ने

कस्ता महिलालाई पाठेघरको मुखको क्यान्सरको सम्भावना बढी हुन्छ ?

– सानो उमेरमा विवाह गर्ने

– खानपिनमा ध्यान नदिने तथा कुपोषण भएका महिला

– धेरै जनासँग यौन सम्पर्क राख्ने

– धेरै सन्तान जन्माउने

– कलिलै उमेरमा यौन सम्पर्क गर्ने

– पाठेघर वा यौनाङ्गको बारम्बार संक्रमण भइरहने महिलामा यो क्यान्सर बढी देखिएको छ ।

स्वास्थको सहयोगमा