यो एक खतरानाक रोग हो, तर पहिलो चरणमै यसको उपचार गरे रोग निको पनि हुन सक्छ ।

वान्ता हुनु–

ब्रेन ट्युमर हुँदा धेरैलाई वान्ता हुने समस्या देखिन्छ । यस्तो समस्या बिहानको समयमा बढी हुन्छ । जब मानिस एक स्थानबाट अर्को स्थानमा जान्छन्, वान्ता हुन सक्छ ।

टाउकोमा पीडा–

टाउकोको पीडा ब्रेन ट्युमरको सुरुवाती लक्षण हुन् । यद्यपी धेरैले यसतर्फ ख्याल गरेका हुँदैनन् । टाउको दुख्ने समस्या पनि बिहान हुन्छ । जति ब्रेन ट्युमरको समस्या बढ्दै जान्छ, टाउको पनि उत्तिनै दुख्दै जान्छ ।

शारीरिक असन्तुलन–

जब व्यक्तिको सेरिबैलममा ट्युमर हुन्छ, त्यसले उसको मुभमेन्टमा प्रभाव पार्छ । यसले गर्दा मानिसले आफ्नो शरीरको सन्तुलन गर्न सक्दैनन् ।

बोल्न झर्को लाग्ने–

ट्युमर भएको व्यक्तिलाई बोल्न झर्को लाग्छ । यदि अचानक बिना कारण बोल्न मन लागेन वा झर्को लाग्यो भने चिकित्सककाहाँ परामर्श लिनुपर्छ ।

दृष्टि धमिलो हुनु–

बे्रन ट्युमरको कारण मानिसको दृष्टि धमिलो हुन्छ । कुनैपनि कुरालाई स्पष्ट देख्न सक्दैनन् ।

बेचैन हुनु–

बिना कारण बेचैन हुनु, रिस उठ्नु पनि यसको कारण हुन सक्छ ।

स्वास्थको सहयोगमा 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here