जीवनशैलीले पाचन प्रक्रियामा भूमिका खेल्छ । खाना, पानीको मात्रा, फाइबरयुक्त खाना, नियमित व्यायामजस्ता कुराले पाचन प्रणलीमा सीधा प्रभाव पार्छ ।

फाइबरयुक्त खाना
पाचन प्रक्रियालाई बलियो बनाउन फाइबरयुक्त खाद्यपदार्थको प्रयोग अत्यावश्यक हुन्छ । त्यसका लागि अनाज, फलफूल, फाइबरयुक्त तरकारीको प्रयोग गर्नुपर्छ । फाइबरयुक्त खानाले पाचन प्रणालीलाई बलियो बनाउनुका साथै कब्जियतको समस्या पनि समाधान गर्न भूमिका खेल्छ ।

फ्याट
सामान्यतया बोसोयुक्त खानाले पाचन प्रणालीलाई ढिलो बनाउन भूमिका खेल्छ । यसले कब्जियतको समस्या पनि निम्तिन सक्छ । तर, फ्याटलाई खानामा थोरै–थोरै प्रयोग गर्न भने जरुरी हुन्छ । बोसो र फाइबरयुक्त खाद्यपदार्थ सँगसँगै प्रयोग गर्दा राम्रो हुन्छ ।

समयमा खाना
पाचन प्रणालीलाई बलियो बनाउन निश्चित समयमा खान पनि जरुरी हुन्छ । ब्रेकफास्ट, लन्च, स्न्याक्स, डिनर गर्ने सयम निश्चित भएमा पाचन प्रणालीमा सुधार आउँछ ।

पानी
शरीरका लागि पानी अत्यावश्यक हुन्छ । यसले पाचन प्रणालीलाई पनि चुस्त राख्ने काम गर्छ । शरीरमा पानीको मात्रा कम भएमा कैयौँ रोग लाग्ने गर्छ । त्यसैले आवश्यकताअनुसार नियमित पानीको प्रयोग गर्नुपर्छ ।

मदिराबाट टाढा
नशाको बानीले शरीरमा कैयौँ शारीरिक समस्या निम्त्याउने गर्छ । मदिरा, कफिन, धूम्रपानलगायतका पदार्थले पाचन प्रणालीमा नकारात्मक असर पु-याउँछ । पाचन प्रणालीलाई तन्दुरुस्त राख्न यस्ता पदार्थबाट टाढा रहन आवश्यक हुन्छ ।

व्यायाम
नियमित व्यायाम गर्दा कैयौँ रोगबाट बच्न सकिन्छ । यसले शरीरको पाचन प्रणालीलाई पनि चुस्त राख्न मद्दत गर्छ । नियमित व्यायामले तौल सन्तुलित राख्न पनि भूमिका निर्वाह गर्छ ।

तनावबाट टाढा
आजको दुनियाँमा हरकोही मानिस कुनै न कुनै तनाव बोकेर हिँडिरहेको हुन्छ । तनाव र चिन्ताले शरीरको सक्रियतालाई कम गर्छ । तनावले पाचन प्रणालीलाई पनि प्रभावित पार्छ ।

नयाँ पत्रिका बाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here