मुखको हेरचाह गर्ने केहि टिप्स

मुख धुँदा यी १० गल्तीहरु भूलेर पनि नगर्नुहोस्

१. जव अनुहार धुनु हुन्छ त्यतिबेला हल्का मनतातो पानी प्रयोग गर्नु सबैभन्दा उत्तम मानिन्छ ।

२. अनुहार चाहिने भन्दा बढी नधुनुस् । यसो गर्दा अनुहारको त्वचामा असर गर्छ ।

३. अनुहार सफा गरेपछि मुलायम रुमालले पुछ्नुस् । अनुहारमा धेरै रगड्नु घातक हुन सक्छ ।

४. अनुहारमा असर गर्ने उत्पादन जतिसुकै आकर्षक भएपनि प्रयोग नगर्नुस् ।

५. फेस वाश वा सावुन अनुहारमा धेरै बेर सम्म नरगड्नुस् ।

६. अनुहारमा मसाज गर्नु पनि राम्रो मानिन्छ । तर यसका लागि आफूलाई मिल्दो तेल मात्र प्रयोग गर्नुस् ।

७. अनुहार सफा गर्दा हतार नगर्नुस् । सँधै राम्रोसँग अनुहार सफा गर्नुहोस् ।

८. अनुहार सफा गरेपछि त्वचा सुख्खा नहोस् भन्नका लागि मोइस्चराइजिङ क्रिम लगाउनुस् ।

९. अनुहारमा लगाउने कुनै पनि उत्पादन किन्दा आफ्नो छालाको प्रकृति अनुसार विचार गरेर मात्र किन्नुस् ।

१०. अनुहारलाई हानी गर्ने क्लिनरको प्रयोग कहिल्यै पनि नगर्नुस् ।

मुखको हेरचाह गर्ने केहि टिप्स 
१. खानामा चिनीको मात्रा कम, फलफुल र हरियो सागसब्जीको सेवन बढि गर्ने।
२. सुर्तिनजन्य पदार्थको सेवन नगर्ने।
३. अत्याधिक मात्रामा मध्यपानको सेवन नगर्ने।
४. मुख स्वास्थ्यको हेरचाहमा बिशेष ध्यान दिने:
– फ्लोराईड युक्त टुथपेष्टले दिनको दुई पटक र दुई मिनेट सम्म ब्रस गर्ने।
– खाना खाईसकेपछि राम्रोसंग कुल्ला गर्ने।
– डेण्टल फ्लसको प्रयोग र फ्लोराईड युक्त औषधिले कुल्ला गर्ने।
५. चोटपटक लाग्ने खेलहरु खेल्दा माउथ गार्डको प्रयोग गर्ने।
६. नियमित रुपमा मुख तथा गिंजाको जाँच गराउने (कम्तीमा हरेक ६ महिनामा)।

यो पनि पढ्नुहोस् ।

ब्रस गर्दैमा मुख स्वस्थ हुन्न

मुख स्वास्थ्यका लागि दिनमा कम्तीमा पनि दुई पटक ब्रस गर्नुपर्छ । तर ब्रस गर्दैमा मुख स्वस्थ्य भइन्छ भन्ने होइन । पेटसम्बन्धी अधिकांश रोगको कारण मुख हो । हामी चिकित्सककहाँ जाँच गराउन गयांै भने आँ गर्नु त भन्छन् । जिब्रो हेर्छन् ।

झाडापखालाजस्ता रोगको कारण मुख स्वास्थ्य हो । रेगुलेटरी बडी मुख स्वास्थ हो । सरकारले झाडापखालाजस्ता रोगको उपचार निःशुल्क गरेको छ । तर यी सबै मुख स्वास्थका कारण भइरहेको छ भन्ने बिर्सेको छ । अरू रोगमा अनुदान दिएजस्तै मुख स्वास्थमा महत्व दिन सकियो भने अहिलेका ७० प्रतिशत रोग निको हुन्छ ।

स्वास्थ्यका विषयमा चेतना दिनु प¥यो । धनी देशमा मुख स्वास्थ्यमा महत्व दिइन्छ । हाम्रै नेपाली विदेशबाट उपचार गर्न आउँदैनन् । विकासशील देशमा नसर्ने रोग बढ्दैछन् । धनीमा घट्दै छन् । किनकि उनीहरू मुख स्वास्थ्यलाई बढी महत्व दिन्छन् । विदेशी मुख केयरमा ध्यान दिन्छन् ।

नेपालीको मुख स्वास्थ्यलाई केयर गर्दैन । के फरक पर्छ र भन्ने छ । हाम्रा मान्छे ६० वर्षमा मेरो छोराले गर्छ भन्छ । दाँत स्वास्थ्य ख्याल गर्ने मान्छेको आयु बढ्छ । पेटसम्बन्धी रोग लाग्दैन । आत्मबल हुन्छ । चपाएर खान सक्छ । बुढ्यौलीपन घट्छ । युवा देखिन्छ । जीवन सहज हुन्छ । एक मान्छे स्वस्थ्य हुन ५० प्रतिशत.साइकोलोजिकल हुन्छ । डाक्टरले बोल्दा राम्रो हुन्छ । विचारमा पनि भर पर्छ ।

मुख स्वास्थ्य र खानेकुरामा मात्र ध्यान दिने हो भने ४० प्रतिशत निको हुन्छ । १० प्रतिशत मात्र डाक्टरलाई देखाउनुपर्छ । मुख स्वास्थ्यको महत्व नजानेर, नबुझेर हामी अन्तिममा उपचारमा जान्छांै । मुख स्वास्थ्यलाई ध्यानमा राख्ने हो भने आउटपुट पनि दिन सक्छ । १० वर्षपहिले सीमित मान्छेको पहुँचभित्र मात्र दाँतको उपचार थियो । उपचार गर्ने क्रम बढेको छ । तर मुख स्वास्थ्यको अवस्था भयावह छ ।

९० प्रतिशतमा छ । पहिले सहरमा बढी थियो गाउँमा कम थियो । अहिले उल्टा छ । विदेश गए चक्लेट, जड फुड खान सिके । तर कियर गर्न सिकेनन् । सहरमा अलि उपचार गराउनुपर्ने अवस्था छ । पहिलेभन्दा चेतना बढेको पक्कै छ । डेन्टल क्लिनिक बढी खुलेका छन् । यो सकारात्मक हो ।

सबैले उपचार पाउनुपर्छ । सबैभन्दा बढी रक्सी खाने, चुरोट खाने, जंक फुड खाने, चाउचाउ गाउँमै बिक्री हुन्छ । प्राकृतिक वस्तु, खाद्यान्न हराउने क्रममा छन् । गुलियो खाने, जंक फुड खाने, दाँत नमाझ्ने, स्वादका लागि मसालदार खानेकुरा खाने, पानी कम पिउने, धूमपान मद्यपान सेवन गर्ने कारणले दाँत बिग्रन्छ ।