नेपालको लम्बाई करिब ८८५ किलोमिटर (५०० माईल) र चौडाई १९३ किलोमिटर (१२५ माइल) छ। नेपालको कूल क्षेत्रफल १४७,१८१ वर्ग किलोमिटर (५६,८२७ sq माइल)छ । नेपाललार्इ भौगोलिक हिसाबले ३ भागमा विभाजन गरिएको छ: हिमाली क्षेत्र, पहाडी क्षेत्र, र तराइ क्षेत्र। यी क्षेत्रहरू पूर्व-पश्चिम दिशामा देशभरि फैलिएका छन् र यिनीहरूलाई नेपालका प्रमुख नदी तथा पहाडहरूले ठाउँ-ठाउँमा विभाजन गरेका छन् |

भारतसँग जोडिएको तराइ फांट भारतीय-गंगा समथरको उत्तरी भाग हो । यो भागको सिंचाई तथा भरणपोषणमा तीन नदीको मुख्य हात छ, यी नदीहरू हुन्: कोशी, गण्डकी, र कर्णाली नदी। यो भूभाग उष्म र सन्तृप्त हुन्छन् ।

पहाडी भूभागमअ १,००० देखि ४,००० मिटरसम्मका (३,३००–१३,१२५ फू) उचांईका पर्वत पर्दछन्| यो क्षेत्रमा महाभारत लेक र सिवालिक श्रृखला (चुरिया) नामका दुई साना पहाडी श्रृखला मुख्य श्रृखला हुन्। पहाड क्षेत्रमा काठमाडौं उपत्यका पनि पर्दछ जुन नेपालको सबैभन्दा उर्वर तथा शहरी क्षेत्र हो। पहाडी क्षेत्रको उपत्यकाहरूको दांजोमा २,५०० मिटर (८,२०० फिट)भन्दा उच्च स्थलमा जनघनत्व निकै कम छ।

हिमाली क्षेत्रमा संसारका सबैभन्दा उच्च हिमश्रृंखलाहरु पर्दछन् । यस क्षेत्रको उत्तरमा चीनको सिमानामा संसारको सर्वोच्च शिखर, सगरमाथा ८,८४८ मिटर (२९,०३५ फि) अवस्थित छ। संसारको ८,००० मिटर भन्दा अग्ला १४ चुचुरा मध्ये ८ नेपालको हिमाली क्षेत्रमा पर्दछन् । कञ्चनजङ्घा, संसारको तेस्रो उच्च शिखर पनि यही हिमाली क्षेत्रमै पर्दछ । नेपालका सबै भौगोलिक क्षेत्रका मुख्य समस्यामा वन बिनास एक मुख्य हो जसले गर्दा भूक्षय र इकोसिस्टमको विनास हुन्छ ।

नेपाल र बंगलादेशको सिमाना नजोडिएतापनि यी दुई राष्ट्र २१ किलोमिटर (१३ माइल)को एक सांघुरो चिकेन्स् नेक भन्ने क्षेत्रबाट छुट्टिएका छन्| यो क्षेत्रलाई स्वतन्त्र-व्यापार क्षेत्र बनाउने प्रयास भईरहेको छ|

संसारको सर्वोच्च शिखर सगरमाथा नेपाल र तिब्बतको सिमानामा अवस्थित छ । यो हिमालको नेपालमा पर्ने दक्षिण-पूर्वी रिज(ridge) प्राविधिक रूपमा चढ्न सहज मानिन्छ| जसको कारण हरेक वर्ष सो स्थानमा धेरै पर्यटक भेला हुन्छन् । अन्य चढिने हिमालमा अन्नपूर्ण (१,२,३,४) अन्नपूर्ण श्रृंखलामा पर्दछ ।

नेपालको भूगोल सम्बन्धी केहि प्रश्न उत्तर 

#1. धान उत्पादनका दृष्ट्रिले नेपाल विश्वमा कति औँ हो ?
साहसिक जलयात्राका लागि विश्वका दश उत्कृष्ट्र नदी मध्ये नेपालका दुई कुनकुन हुन् ?
> 18 औँ, कर्णाली र सुनकोशी

#2. विश्वको तेस्रो अग्लो हिमाल …. हो । यो … जिल्लामा अवस्थित छ जसको उचाई … छ ।
> कञ्चनजङ्घा, ताप्लेजुङ, 8586 m

#3. नेपालको होचो ठाउँ धनुषाको मुसहरनियाको उचाई …. छ । शिवालिक पर्वत शृंखलाको अग्लो भाग …. हो भने …. हावाखोरी पर्वतको अगलो भाग हो ।
> 59 मिटर, कैलालीको गार्वा , दोलखाको शैलुङ

#4. नेपालकै अग्लो र होचो ठाउँमा रहेका जिल्ला सदरमुकाम कुनकुन हुन् ?
> सिमिकोट र जलेश्वर

#5. नेपालको सबैभन्दा अग्लो ठाउँमा निर्मित झोलुङ्गे पुलले कुनकुन ठाउँलाई जोड्छ ?
> कुश्मा र बलेवा

#6. नेपाल भारतहुंदै अन्य देशसँग व्यापारका लागि प्रयोग गरिएका नाका कति छन् ? सगरमाथा आधार शिविरको उचाईकति छ ?
> 27 नाका, 5356 मिटर

#7. चमेरे गुफा … जिल्लामा पर्दछ भने विचित्र गुफा … जिल्लामा पर्दछ ।
> कास्की, गुल्मी

#८. पश्चिमाञ्चल विकास क्षेत्रको ठूलो र सानो जिल्ला क्रमश कुनकुन हुन् ?
> गोरखा र पर्वत

#९. हिमाली जिल्लाहरुमा सानो जिल्ला कुन हो ? नेपालमा सबैभन्दा धेरै चरा कुन ठाउँमा पाईन्छ ?
> रसुवा, अरुण उपत्यका

#१०. धरानधनकुटा जोड्ने राजमार्ग … मार्ग हो । यसको लम्बाई … कि.मि. छ ।
>मदनभण्डारी, 52

#११. नेपालको ठुलो गुफा कुन हो ?
> सिद्ध गुफा

#1२. ग्रीष्मकालीन अवस्थामा नेपालको तराई प्रदेशको औसत तापक्रम कति रहन्छ ? काठमाडौँमा अहिले सम्मको उच्च तापक्रम कति रह्यो ?
> 30॰C, 36.6॰

#1३. नेपाल कुन हावापानी अर्न्तगत पर्दछ ?
> मनसुनी

#१४. मानवनिर्मित नेपालको ठूलो ताल कुन हो ?
> इन्द्रसरोवर

#१५. नेपालको सहरी जनसङ्ख्या … छ । नेपालमा … जातजाति र … भाषाभाषि छन् ।
> 17.07%, 125 र 123

#१६. जैविक विविधतामा नेपाल विश्वमा … औँ र एसियामा … औँ छ।
> 25, 11

#१७. नेपालको उत्तर दक्षिण न्युनतम चौडाई कति छ ? नेपालले विश्वको .. र एसियाको … क्षेत्र ओगटेको छ ।
> 145, 0.03% र 0.3%

#१८. नेपालमा निर्धारण गरिएको प्रामाणिक समय गौरीशंकर हिमाल कति देशान्तरमा पर्दछ ? GMT भन्दा नेपालको समय कति छिटो छ ?
> 86॰15मि., 5hr 45 min

#१९. नेपालको … र तराई प्रदेशको … क्षेत्रफल कृषिका लागि उपयुक्त छ । नेपालका नदीहरुबाट करिब … हेक्टर जमिन सिचाईका लागि सुविधा युक्त छ ।
>18%, 53%, 80 लाख

#२०. विश्वको अग्लो ठाउँमा रहेको, नेपालको सबैभन्दा ठूलो र गहिरो ताल क्रमश … हुन् ।
> तिलिचो, रारा र रारा

#२१. नेपालको सिमाबाट बंगालादेश, भुटान र बंगालको खाडि क्रमश कति टाढा पर्दछन् ?
>27 km, 32 km, 1127km

#२२. हावा, पानी र माटोका आधारमा नेपालमा … प्रकारका वनहरु छन् । नेपालमा निकुञ्ज वन्यजन्तु आरक्ष तथा संरक्षण क्षेत्रले … र वन क्षेत्रले … प्रतिशत भू भाग ओगटेको छ ।
> 5, 23% , 39.6%

#२३. भारतलाई मात्र छुने, चीनलाई मात्र छुने र दुवैलाई नछुने जिल्लाहरु क्रमश … छन् ।
>24, 13, 36

#२४. काठमाडौँ उपत्यकाको क्षेत्रफल … छ भने पोखरा उपत्यकाको … छ
> 642 km², 124 km² 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here