१. विनोद चौधरी: फोर्व्सको सुचीमा सुचीकृत हुने पहिलो नेपाली विनोद चौधरी विश्वको १३४२ औँ धनाढ्यमा पर्छन् । उनी चौधरी ग्रुपका मालिक हुन् र यस अन्तर्गत विश्वभर ८० भन्दा कम्पनीहरू रहेका छन् । उनको कुल सम्पति १ अर्ब ६० करोड डलर रहेको छ ।

२. शेष घले: गैर आवसिय नेपाली संघका अध्यक्ष तथा मेलवर्न इन्चीच्युट अफ टेक्नोलोजीका सीइओ रहेका शेष घले अष्ट्रेलियाका धनाढ्यको सुचीको ९९ स्थानमा पर्छन् । उनको कुल सम्पति ४१ करोड १० लाख डलर रहेको छ ।

३. उपेन्द्र महतो: विधुतिय सामाग्रीको व्यापारबाट व्यापार सुरू गरेका उप्रन्द्र महतो भोरोनेजमा रहेको टिभि कम्पनीका मालिक हुन् । उनको कम्पनीले वार्षीक १० लाखवटा टिभीहरू उत्पादन गर्दछ । हाल उनले विधुतीय सामाग्री मात्र नभएर तेल,बैंक र अटोमोवाइलका क्षेत्रमा पनि हात हालेका छन् । उनको कुल सम्पति ३६ करोड देखि १ अर्ब डलरको हाराहारीमा रहेको छ ।

४.अजय सुमार्गी: हेटौडामा जन्मीएका अजय सुमार्गी मुक्ति श्री प्रालीको अध्यक्ष हुन् र पछिल्लो समयमा उनी पुष्प कमल दाहाल प्रचण्ड सँगको राजनीतिक सम्बन्धका कारण पनि चर्चामा छन् ।कतिपयका अनुसार प्रचण्ड स्वयम्को कारोबार सुमार्गीले गर्दछन् । उनको कुल सम्पति २० करोड डलर रहेको छ ।

५.आदित्य झा: नेपाली मुलका क्यानेडियन नागरीक एक सामाजिक अभियान्ता तथा समाजसेवी हुन् । उनको कुल सम्पति १० करोड डलर रहेको छ ।

६. जिवा लामिछाने: जिवा लामीछाने टिभी उत्पादन गर्ने प्रशिद्ध कम्पनी ट्रस्टका म्यानेजिङ् डिरेक्टर हुन् । उनी सामसुङ्, एलजी, सोनी जस्ता कम्पनीहरूका लागी रसीयामा डिलरका रूपमा रहेका छन् । उनको कुल सम्पति ७ करोड २० लाख डलर रहेको छ ।

७. पशुपति शम्शेर जबरा: राणा परिवारमा जन्मिएका पशुपति शम्शेर राप्रपा (प्रजातान्त्रीक)का अध्यक्ष हुन् । उनी राजा भन्दा पनि धनी नेता हुन् । उनको कुल सम्पति ८ करोड ४० लाख डलर रहेको छ ।

८. बलराम चैनरार्इ: ओखलढुङ्गामा जन्मिएका बलराम चैनरार्इ हङ्कङ्मा रहेर व्यवसाय संचालन गरीरहेका छन् । उनी अहिले सपरीवार हङ्कङ्मै बसीरहेका छन् । उनी साउथ एसीयन सोसाइटी इन हङ्कङ्का अध्यक्ष पनि हुन् । उनको कुल सम्पति ७ करोड डलर रहेको छ ।

९. राजेन्द्र खेतान: खेतान परीवारका जेठो सन्तान राजेन्द्र खेतान नेपालका एक सफल व्यवसायी हुन र हाल उनले खेतान ग्रुप सम्हालेका छन् जसमा १३ वटा कम्पनीहरू रहेका छन् । उनी लक्ष्मी बैंक र प्राइम लाइफ र्इन्सुरेन्सका सी।इ।ओ पनि हुन् । उनको कुल सम्पति ६ करोड २० लाख डलर रहेको छ ।

१०. ज्ञानेन्द्र शाह: राज परीवारमा जन्मेका ज्ञानेन्द्र शाह पुर्व राजा पनि हुन् । उनले २००१ देखि २००८ सम्म शासन चलाएका थिए । शाहको १७ वटा कम्पनीहरूमा शेयर रहेका छन् भने उनको कुल सम्पति ५ करोड ८० लाख डलर रहेको छ । ,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here