क्यान्सरको सुरुवात ८ संकेतहरु, सुरुवातमै उपचार गर्न सकियो भने क्यान्सर पूर्ण रुपमा निको हुन्छ ।

यी संकेतहरुले क्यान्सरको सुरुवात हुन लागेको जनाउँछन् र सुरुवातमै उपचार गर्न सकियो भने क्यान्सर पूर्ण रुपमा निको हुन्छ ।

१. शरीरमा धब्बा देखिनु, तिनीहरुको आकार र रंग परिवर्तन हुनु क्यान्सरको संकेत हो ।

२. ल्युकोमिया, कोलोन र पेटको क्यान्सर हुँदा धेरै थकान महसुस हुन्छ । यस्तो भएमा तुरुन्त डाक्टरसँग परामर्श गर्नुहोस् ।

३. धुम्रपान गर्नेहरुलाई खोकीमा कफसँगै रगत आउनु क्यान्सरको संकेत हुन सक्छ ।

४. सुस्ती, तौल घट्नु, पिठ्युँ दुख्ने लक्षणसँगै पेट फुलेमा पनि क्यान्सर हुन सक्छ ।

५. घाँटी पाखुरा सुन्निएमा पनि क्यान्सर भएको हुन सक्छ ।

६. दिशा गर्दा रगत आएमा तुरुन्त डाक्टरसँग परामर्श गर्नुहोस् । यो कोलोन क्यान्सरको संकेत हुन सक्छ ।

७. पिसाबमा विसभन्न समस्या आउनु प्रोस्टेट क्यान्सरको संकेत हुन सक्छ ।

८. रुघाखोकी वा टन्सिल बढ्ने समस्याबाहेक पनि केही निल्न समस्या भएमा क्यान्सर हुन सक्छ ।