एक दिनमा कति पनि पिउनुपर्छ भन्नेबारेमा मानिसहरूमा अनेक धारणा पाइन्छन् । पानी पिउने स्वस्थ बानीका बारेमा अनेक हल्ला पनि चलेका हुन्छन् । तिर्खा नलागे पनि समयतालिका बनाएर नियमित रूपमा पानी पिउनुपर्छ भन्नेहरू पनि छन् । समयतालिका बनाएर भन्दा पनि शरीरको आवश्यकताअनुसार स्वस्थ रहने गरी पानी पिउनुपर्छ ।

कतिवेला पिउने पानी ?

१. विहान उठनासाथ एक गिलास पानी पिऔँ : विहान उठनासाथ एक गिलास पानी पिउनु राम्रो हुन्छ । यसले शरीरका अंगहरुलाई क्रियाशिल बनाउँछ । विज्ञहरुका अनुसार विहानको खाजा खानु अघि नै पानी पिउन सकियो भने शरीरका विषाक्त पदार्थ शरीरबाट निकाल्न सहज हुनेछ ।

२. खाना खानु भन्दा पहिले एक गिलास पिउँ :
खाना खानुभन्दा आधा घण्टा पहिले नै कम्तीमा एक गिलास पानी पिएको राम्रो मानिन्छ । यसले पाचन प्रणालीलाई सहयोग पुरयाउँने विज्ञहरु बताउँछन् ।

३. खाना खाएपछि एक गिलास पानी पिउँ :
खाना खाएपछि एक गिलास पानी पिएको राम्रो यसले शरीरको पाँचन शक्तिलाई थप सहयोग पुरयाउँछ । तर अति पहिला र अति पछि चाहि नपिएको राम्रो ।

४. नुहाउनु भन्दा अघि एक गिलास पानी पिएको राम्रो :
नुहाउनु अघि एक गिलास पानी पिउँदा रक्तचापको स्तर ठिक हुनजान्छ । यसैले नुहाउनु अघि पनि एक गिलास पानी पिएको राम्रो मानिन्छ ।

५. सुत्नु अघि एक गिलास पानी पिउनु राम्रो :
सुत्नु भन्दा अघि एक गिलास पानी पिउँदा रातीको समयमा शरीरमा हुनेवाला पानीको नोक्सानको पूर्ति हुनसक्छ । त्यसैले सुत्नु अघि एक गिलास पानी पिएको राम्रो मानिन्छ ।

तर विज्ञहरुले यो पनि भनेका छन् कि शरीर, बाताबरण, काम अनुसार पनि पानी पिउने मात्रा र समय फेरबदल गर्न सकिन्छ । जस्तै कडा शारीरिक परिश्रम गर्ने व्यक्तिका लागि ८ गिलास पानी पर्याप्त नहुन सक्छ ।

गर्मी ठाँउमा बस्ने व्यक्तिका लागि पनि सो मात्रा नमिल्न सक्छ । बच्चा र बृद्धको तुलनामा युवाहरुका लागि पानी धेरै चाहिन सक्छ । त्यसैले माथिको मापदण्डमा आवश्यकता अनुसार थपघट गर्न सकिन्छ ।

#यसरी पिउनुहोस् पानी

आफ्नो जिउको वजन थाहा पाइसकेपछि त्यसलाई ३० ले भाग गर्नुहोस् । त्यसो गर्दा भागफल जत्ति आउँछ त्यति नै बराबरको लिटर पानी पिउन सुरु गर्नुहोस् । जस्तै यदि तपाइँको वजन ६० किलो छ भने तपाइँले दिनमा २ लिटर पानी पिउनु आवश्यक हुन्छ । ८० किलो वजन भएका मानिसले २.६ लिटर पानी पिउनु पर्छ ।

सबैभन्दा राम्रो औषधी

निम्नलिखित कारणले हामीले दिनमा दुईदेखि तीन लिटर पानी पिउनुपर्छ ।

१. तौल घटाउन : धेरै क्यालोरी हुने पेय पदार्थहरू (फलफूलको जुस, मादक पदार्थ र सफ्ट ड्रिंक्स) ले तौल बढाउँछन् । यसको साटो शुद्ध पानी पिउने हो भने हामीले लिने क्यालोरी घट्छ ।

पानीमा कत्ति पनि क्यालोरी हुँदैन, त्यसैले प्रशस्त पानी पिउँदा तौल घट्छ । खाना खानुअगाडि एक गिलासजति पानी पिउँदा भोक घट्छ र थोरै खाना खाइन्छ । यसले पनि तौल घटाउन मद्दत गर्छ ।

२. शरीरलाई ऊर्जा : शरीरमा साधारणतया हुने पानीको मात्रामा पाँचदेखि सात प्रतिशत कमी भयो भने कमजोरी अनुभव हुन थालिहाल्छ, मांसपेसी कमजोर हुन र खुट्टा बाँउडिन सक्छन् । कहिलेकाहीं शरीरमा शक्ति कम भएको अनुभव भएमा पानी पिउन उचित हुन्छ ।

३. कब्जियत : कब्जियत भएकाहरूलाई सबैभन्दा सजिलो र राम्रो उपचार नै पानी हो । बिहान उठ्नेबित्तिकै दुईदेखि चार गिलास पानी पिउनेहरूको कब्जियतको समस्या हटेर गएको पाइएको छ ।

मुत्रनलीको संक्रमण (युरीनरी ट्र्याक्ट इन्फेक्सन) : दिनमा दुईदेखि तीन लिटर पानी पिउनेहरूलाई मुत्रनलीको संक्रमण हुने सम्भावना एकदमै कम हुन्छ । संक्रमण भइसकेकाहरूले पनि पानीको मात्रा बढाए भने तिनीहरूलाई पुन: संक्रमण हुने सम्भावना घट्छ ।

४. मिर्गौलाको पत्थरी : मिर्गौलाको पत्थरीको लागि पानी पिउनु सबैभन्दा राम्रो उपचार विधि हो । पत्थरीको वंशाणुगत इतिहास भएकाहरूले दैनिक तीनदेखि चार लिटर पानी पिउने हो भने त्यस्तो रोगको सम्भावना कम हुन्छ ।

५. टाउको दुखाइ : प्रशस्त पानी नपिउनेहरूलाई टाउको दुखिरहने समस्या हुन्छ । शारीरिक प्रक्रियाका ‘बाई प्रोडक्ट’ र शरीरलाई नराम्रो असर पार्ने विषाक्त पदार्थ (टक्सिन) लाई पानीले बगाइदिन्छ ।

स्वस्थ छाला : प्रशस्त पानी पिउँदा छालामा बेग्लै र प्राकृतिक चमक आउँछ । किनकि पानीले शारीरिक प्रणालीबाट उत्पादन हुने शरीरलाई विकार गर्ने पदार्थहरू बगाइदिन्छ ।