कांक्रा खाँदा के – के फाइदा ?

गर्मीमहिना सरु भइसेको छ। गर्मीमा मानिसको शरीरलाई स्वास्थ राख्‍न एकदमै जरुरी रहन्छ र यसको लागि खानपिनलाई ध्‍यान दिनुपर्ने हुन्छ।

काक्रा स्वास्थ्यको लागि निक्‍कै लाभदायी हुन्छ। यसले मानिसलाई खुशी राख्‍नुको साथसाथै सौदर्यता समेत प्रदान गर्दछ। कम फ्‍याट र क्‍यालोरीले भरिपूर्ण काक्राले धेरै रोग लाग्‍नबाट बचाउँछ।

काक्रालाई विभिन्‍न तरिकाले प्रयोग गर्न सकिन्छ।
१. काक्रालाई सलाद, जुस, स्‍याण्डवीच वा त्‍यत्तिकै नुन छर्किएर समेत खान सकिन्छ।
२. काक्रामा भिटामिन ए, बी१ बी ६ सी, डी पोटासियम, फस्फोरस, आयरन आदि प्रचुर मात्रामा पाइन्छ।

कांक्रा खाँदा के – के फाइदा ?

१. कांक्रामा पाइने भिटामिन बीका कारण शरीरलाई तत्काल उर्जा दिन्छ । यसलेे डिहाइड्रेशनबाट बचाउँछ भने शरीरमा बन्ने खराव बिकारलाई शरीरबाट बाहिर जान सहयोग गर्छ ।

२. कांक्रा पहिलो पटक अमेरिकामा उमारिएको थियो । अमेरिकनहरुले बर्गरमा सबैभन्दा बढी कांक्राको प्रयोग गर्ने गर्छन् । जसले शरीरमा पानीको कमी पूरा गर्नेछ । यदि पानी पाउन जाने समय छैन र नजिकै कांक्रा छ भने खानुस् । यसमा ९० प्रतिशत पानी पाइन्छ ।

३. दैनिक कांक्रा खानाले शरीरमा आवश्यक पर्ने पानी मात्र पुग्दैन, कब्जियतको समस्या पनि हटाउँछ ।

४. कांक्रा खानाले सामान्य व्यक्तिलाई दैनिक आवश्यक पर्ने भिटामिन सी पाइन्छ ।

५. यदि तपाईलाई कांक्रा खान मन लाग्दैन भनेर काटेर आँखामा बाहिरबाट लगाएहुन्छ । यसले आँखाको आसपास हुने कालो घेरा हटाउन मदत गर्छ ।

६. नियमित रुपमा कांक्रा सेवन गर्नेहरुलाई पथ्थरी हुने सम्भावना निकै कम हुन्छ ।

७. आयुर्वेदिकका अनुसार कांक्रा खानाले खिरा, रक्त लगायतका रोग निको बनाउनुका साथै रक्त विकार तथा मूत्रलाई सफा बनाउने काम गर्दछ।काक्राको प्रयोगले पेट र गिजाको दुखाइ कम गर्दछ।

८. यदि मुखमा घाउ आएमा काक्राको टुक्रा राखेमा घाउँमा रहेको जीवाणु विस्तारै मरेर जान्छ र घाउँ निको हुन्छ।

९. यस्तै काक्राको सब्जी बनाएर समेत खान सकिन्छ। यसमा कोलेस्ट्रोल नभएकाले यसले हृदयघातको रोगीलाई स्वस्थ र लाभकारी बनाइ राख्छ।

१०. एक अध्‍ययनका अनुसार काक्रामा स्टेरराला नामक यौगिक रहेको हुन्छ जसले कोलेस्ट्रोललाई कम गर्नमा मद्दत गर्दछ।