शास्त्र भन्छ दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन । तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ ।  सुत्नुअघि केही कुरामा विचार गरिएन भने अस्वस्थता र रोगको भारी बोकेर समस्यामा पर्न सकिने हुन्छ । सुत्नु अगाडि गर्न नहुने यस्ता केही काम छन् ती कामले तनाव तथा स्वास्थ्य समस्या निम्त्यान सक्छ ।

१. सुत्नु अगाडि खानाः
रातको खाना सकेसम्म सुत्नु अगाडि खानु हुँदैन । यसरी खाना खानेबित्तिकै सुत्ने गर्नाले मोटोपनको समस्याले दुःख दिन सक्छ ।

२. सुत्नुअघि ल्यापटप वा मोबाइल
सुत्नु भन्दा पहिले तपाई मोबाइल या ल्यापटप चलाइरहनु भएको छ भने पनि यसले तपाईलाई सुत्ने क्रममा समस्या दिन्छ । तपाईलाई यी ग्याजेटबाट निस्किने सिग्नलले मष्तिष्कलाई उठ्ने संकेत बारम्बार दिने हुँदा सुत्न समेत गाह्रो हुने गर्छ ।

३. चुइगम
युवाहरूमा चुइगम निकै लोकप्रिय छ र यो एउटा बानीको रूपमा पनि बसिसकेको छ धेरै युवाहरूमा । यदी तपाई सुत्ने बेलामा पनि पेपरमिन्ट फ्लेवरको चुइगम खाने गर्नुहुन्छ भने यसको गन्धले तपाईको निन्द्रा बिथोल्न सक्छ ।

४. किताब पढ्ने बानी
केही मानिसहरू सुत्नुभन्दा अगाडि पढ्ने गर्छन् । कुनै कुनै बेला त पढ्ने क्रममा आफ्नो निन्द्रा समेत हराउने गर्छन् । यो भन्दा सुत्नुभन्दा करिब २० मिनेट अगाडि नै किताब पढ्न छोड्नु भयो भने तपाईको निन्द्रा राम्रो हुन्छ ।

५. धुम्रपान
यदी तपाईं राती चुरोट वा कफी पिउने गर्नु हुन्छ भने त्यसमा रहेको निकोटिन तथा कैफिनले तपाईको निन्द्रा बिथोल्न सक्छ । यसले शरिरमा तनावको स्थिति उत्पन्न गर्छ र निन्द्रा नलाग्न सक्छ ।

६. चिसो पानीले मुख धुनु
राती सुत्नुभन्दा अगाडि तपाई यदी हात खुट्टा र अनुहार चिसो पानीले धुनुहुन्छ भने यो बानी बदल्नु राम्रो हुन्छ । सुत्नुभन्दा पहिले चिसो पानीले नभई मनतातो पानीले हातमुख धुँदा यसले मांशपेशीको तनाव कम गर्छ र मिठो निन्द्रा लाग्छ ।

७. अल्कोहल
निन्द्रामा यदी दुई पेग लगाउने बारे सोच्नुहुन्छ भने त्यो बानी हटाउनु राम्रो हुन्छ । अल्कोहलको सेवनले शरिरमा तनाव अधिक हुने गर्छ र निन्द्रामा असर गर्छ । सुत्नुअघि यी कुराहरुमा विचार पुर्याउनुभएन भने पछुताउन पनि पर्नसक्छ ।

शास्त्रमा अनसार यी ५ चीज सुत्ने समयमा सिरानी मुनी राख्नु राम्रो मानिन्छ |

१. हनुमान चालिसा
हरेक रात सुत्ने बेलामा हनुमान चालिसा या सुन्दरकाण्ड पाठ गरेर पुस्तकलाई सिरानीमुनी राखेर सुत्नुस् । शास्त्रका अनुसार यसो गर्दा मन एकाग्र भएर शान्त हुन्छ । मनमा डर, अहम र खराव सपना समेत आउँदैन । सपनाविहिन सुताइनले शरीर पुनर्जाग्रित हुन्छ ।

२. फलामको उपकरण
सुत्ने बेला सिरानी मुनी फलामको उपकरण राख्नु राम्रो मानिन्छ । यसले तपाइँको नजिक नकारात्मक उर्जा आउनबाट रोक्छ । वालवालिका सुत्ने बेला सानो कैँची वा चकु सिरानी मुनी राख्ने चलन पनि यसकै कारण चलेको हो ।

३. मुला
सिरानी मुनी मुला राखेर सुत्ने र विहान उठेर शिवलिङ्गमा अर्पण गर्दा शुभ फल मिलल्छ । शास्त्रका अनुसार यसले राहुको प्रभावलाई कम गर्छ र खराव सपना वा मानसिक तनाव हुनबाट रोक्छ ।

४. फूल
सुत्ने समयमा सिरानी मुनी भगवानलाई अर्पण गरेको फूल राख्दा मनमा शान्ति प्राप्त हुने शास्त्रमा उल्लेख छ । यसो गर्दा निद्रा पनि छिटो लाग्ने र विहान उठ्दा ताजा महसुस हुने समेत शास्त्रले उल्लेख गरेको छ । पछिल्लो समयमा थेरापीमा समेत यस्तो प्रयोग हुन थालेको छ ।

५. दुर्गा सप्तसती
पाठलाई सिरानी मुनी राखेर सुत्दा भयबाट मुक्ति मिल्ने शास्त्रमा उल्लेख छ । यसले दिनभर हुने चिन्ता र तनावबाट मुक्ति हुने शास्त्रमा उल्लेख छ । यसो गर्दा विहानमा उठ्दा ताजापन अनुभव समेत हुने विश्वास गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here