औषधिय गुडयुक्त अदुवा, जन्नुहोस फाइदाहरु

१. दम खोकीमा
एक चम्चा अदुवाको रसमा एक चम्चा मह मिसाएर बेस्सरी फिटेर विहान/वेलुका मनतातो हुने गरी तताएर खाने गरेमा खोकि ठिक हुन्छ ।

२. चिसोको बाथ र कम्मर दुखेमा
आधा चम्चा सूठोको धूलो, दुई चम्चा गोखरु एक गिलास पानीमा पकाएर आवश्यकता अनुसार नुन वा चिनी हालेर विहान काडा पिउने गरेमा ठिक हुन्छ ।

३. उल्टी
अदुवा र प्याजको रस समान मात्रामा मिलाएर ३-३ घण्टाको अन्तरमा १-१ चम्चा लिनाले अथवा अदुवाको रसमा मिश्री मिलाएर पिउनाले उल्टिहुन तथा जिउमा असजिलोहुन बन्द हुन्छ ।

४. हृदयरोग
अदुवाको रस पानीमा बरावरी गरी मिलाएर पिउनाले हृदयरोगमा फाइदा हुन्छ। अदुवाको सेवनबाट मुटु मजबुत हु्न्छ।

५. मंदाग्नि
अदुवाको रसमा कागती र सिधेनुन मिलाएर सेवन गरेमा जठराग्नि तीव्र हुन्छ । भोक जाग्दछ।

६. उदरशूल
५ ग्राम अदुवा, ५ ग्राम पुदीनोको रसमा थोरै सिधेनुन हालेर पिएमा उदरशूल हुँदैन ।

७. शीतज्वर
अदुवा र पुदिनाको काढा बनाएर सेवन गर्नाले पसिना आएर ज्वरो उत्रने हुन्छ । शीतज्वरमा यो फाइदाजनक हुन्छ ।

८. पेट को ग्यास
आधा-चम्मच अदुवाको रसमा हिंग र कालो नुन मिलाएर खाएमा पेटमा ग्यासको समस्या रहन्न।

९. रुघा-खोकी
२० ग्राम अदुवाको रसमा २ चम्मच मह विहान वेलुका लिएमा फाइदा गर्दछ । वात-कफ प्रकृतिवालाको लागि अदुवा र पुदीना विशेष लाभदायक हुन्छ ।

१०. खोकी र सासको रोग
अदुवा र तुलसीको रसमा मह मिलाएर लिन सकिन्छ ।

११. भोक नलागेमा वा पेट सफा नभएमा
भोक नलागेमा अदुवाको बारीक मा नुन मिलाएर आठ दिन सम्म दिनमा एक पटक खाने गरेमा पेट सफा हुन्छ । पेट सफा भएका कारण भोक जाग्ने समेत गर्दछ ।

अदुवाको चिया खानको फाइदाहरु 

१. बान्ता हुने र विरामी पर्ने हुँदैन कुनै पनि यात्रा शुरु गर्नु अघि अदुवा हालेको चिया पिउँदा बाटोमा हुन सक्ने वान्त वा अन्य विमारी हुने समस्या आउँदैन । अलि अलि असजिलो महसुस भएको समयमा पनि अदुवा भएको चिया खानु राम्रो हुन्छ ।

२. पाचन प्रणालीमा सुधार अदुवाले पाचन प्रणालीका क्रियाहरु सहज तुल्याउँछ । अधिक खानेकुरा सेवन गरेको समयमा पनि एक कप अदुवा भएको चिया खानु उपयुक्त हुन्छ ।

३. दुखाइमा पनि औषधी अदुवाले तपाइँको शरीरको कुनै भागमा भएका जलन वा दुखाइलाई पनि कम गर्छ । मांसपेसी र जोर्नीको दुखाइमा पनि अदुवाको सेवन सहायक हुन्छ ।

४. श्वासप्रश्वासको समस्यामा औषधी अदुवाको चियाले श्वासप्रश्वासको समस्या हुनेलाई पनि लाभ गर्छ । चिसो लागेको समयमा एक कप अदुवा हालेको चिया लाभदायी हुन्छ । त्यसैगरी वातावरणीय एलर्जीलाई पनि निवारण गरिदिन्छ ।

५. रक्त सञ्चारमा सुधार अदुवामा रहेको भिटामिन र खनिज एवं एमिनो एसिडले रक्त सञ्चारलाई राम्रो पार्छ र विभिन्न रोगको खतराबाट बचाउँछ । हृदयघात देखि अन्य मुटु सम्बन्धी समस्या समेत अदुवाको चियाबाट कम गर्न सकिन्छ ।

६. महिनाबारीको समाधान अदुवाको चियाले महिलालाई हुने महिनाबारीको समस्या समाधान गरिदिन्छ । अदुवाको चिया तल्लो पेटमा लगाउँदा पनि यसले दुखाइ कम गर्छ । अदुवा चियामा मह मिसाउन सकेन त्यसले झनै राम्रो गर्छ ।

७. रोग प्रतिरोधात्मक क्षमतामा वृद्धी अदुवाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । अदुवाको चियामा उच्चस्तरको एन्टीअक्सीडेन्ट हुन्छ जसले रोगसँग लड्ने क्षमता बढाउँछ ।

८. दिकदारी कम गर्छ अदुवा हालेको चिया सेवन गर्दा दिकदारी र तनाव कम गर्छ । चियाँ र अदुवाबाट बन्ने कडा रसायनले यस्तो लाभ दिने चिकित्सकहरुको भनाइ छ ।

यस्तो अवस्थामा अदुवा सेवनले हुनसक्छ हानि

अदुवा साह्रै गुणकारी खाद्य पदार्थ हो  जुन हामीले बयान गरिसकेका छौ । अदुवाले स्वस्त्थ समस्याहरू पनि निम्त्याउँछ भन्दा तपाईंलाई अचाम्म्लाग्न सक्छ । हरेकका केही फाइदा र बेफाइदाहरू हुन्छन् नै । केही विशेष प्रकारका स्वास्थ्य अवस्थाहरू छन् जसमा अदुवा सेवन गर्नु हानिकारक हुन्छ । हेरौं कस्ता व्यक्तिहरूले अदुवाको सेवन कम गर्नु पर्दछ ।

१. कम तौल भएका व्यक्ति

यदि तपाईंको शरीरको तौल कम छ भने अदुवा तपईंको लागि हैन । यसले हाम्रो आमाशयमा रहेको पाचक एंजाइमलाई व्यवस्थित त गर्छ नै यसले भोक लाग्ने क्रियालाई सुस्त बनाइदिन्छ जसले वजन घट्ने हुन्छ । झन् यसरी वजन कम भएकाहरूमा कपाल झर्ने र भिटामिनको कमीको समस्या पनि देखिन सक्छ ।

२. रगत नजम्ने समस्या भएमा

हिमोफिलिया भन्ने रगत सम्बन्धित समस्या भएका व्यक्तिले अदुवाको सेवन कम गर्नु पर्दछ । यो त्यस्तो समस्या हो जसमा घाउबाट बग्ने रगत नजम्ने हुन्छ । अदुवाले रक्त संचारको गति बढ्ने भएकाले त्यस्तो समस्या भएका व्यक्तिहरूले अदुवा सेवन गरे सामान्य होत लाग्दा पनि बढी रगत बग्ने समस्या देखिन सक्छ ।

३. गर्भावस्थामा

गर्भावस्थाको सुरुवाती दिनहरूमा अदुवा सेवनले वाकवाकी लाग्ने जस्ता समस्याहरूमा नियन्त्रण गर्न मद्दत गर्दछ । तर यसका अन्तिम दिनहरूमा भने अदुवाले समय पुग्नु अगावै प्रसव पीडा गराएर समय नपुगी बच्चा जन्मिन सक्छ ।

४. मधुमेह र रक्तचापको औषधि सेवन गरिराखेका व्यक्तिहरू

मधुमेह र उच्च रक्तचापको समय भएका व्यक्तिहरूले अदुवाको सेवन नगर्नु नै राम्रो हुन्छ । यस्ता बिरामीहरूलाई बिटा-ब्लकर, एंटिकोगुल्यान्टस् अर्थात् रगत पातलो पर्ने औषधि या इन्सुलिन जस्ता औषधि दिने गरिन्छ । अदुवासँग मिलेर यस्ता औषधिहरूले हानिकारक असर गर्ने गर्दछन् ।

हजुरहरुलाई पोस्ट मन परेमा share गर्न नभुल्नु होला |