बालबालिकाले भातको माड सजिलै पचाउन पनि सक्छन् र माडले शरीरलाई ऊर्जा पनि दिन्छ। यदि बच्चा अलि गिलो खानेकुरा खान तयार छ भन्ने लागेमा माड उपयुक्त खानेकुरा हो। माडसँगै अन्य नरम खानेकुराको सुरुवात गर्न सकिन्छ। भात पकाउँदा तयार हुने माड ऊर्जा र पोषणका लागि महत्वपूर्ण हुन्छ। बच्चालाई किन भातको माड खान दिने? यस्ता छन् फाइदाः

१. पखला कम गर्न

बालबालिकालाई पखाला लागेमा भातको माड अचुक औषधी हुन सक्छ । पखला लाग्दा माड खुवाउने विधिलाई ओरल रिहाइड्रेसन सोलुसन (ओराएस) भनिन्छ। एउटा अध्ययन अनुसार ओआरएस विधि अनुसार पखलाका बिमारीको उपचार प्रभावकारी साबित भएको थियो।

भातको माड खुवाउँदा बच्चालाई तारन्तार दिशा लाग्दैन। भातको माडमा हुने कार्बोहाइड्रेडले बच्चालाई कमजोरीबाट जोगाउँछ। तर चार महिनाभन्दा मुनिको बच्चालाई माड खुवाउनु उति राम्रो मानिँदैन।

२. भिटामिनको स्रोत

माडमा थियामिन, रिबोफ्लाभिन, नियासिन र भिटामिन बी–६ पाइन्छ। यी भिटामिनले शरीरलाई विभिन्न तरिकाको फाइदा पुर्याउँछ। जस्तै, रिबोफ्लाभिन दृष्टि र छालाका लागि महत्वपूर्ण हुन्छ। नियासिनले स्नायु र पाचन प्रणालीमा सहयोग गर्छ।

भिटामिन बी–६ दिमागको विकासका लागि महत्वपूर्ण मानिन्छ। चामललाई केहीबेर तातो पानीमा पकाउँदा पानीमा सजिलै भिज्ने यी भिटामिन उत्पन्न हुन्छन्। तसर्थ बच्चालाई भिटामिनको कमी छ भने नियमित भातको माड खुवाउनुपर्छ।

३. छाला चिलाएमा औषधि

सुख्खा र फुस्रो छालाले अनुहार र शरीरलाई नराम्रो बनाउने मात्र होइन बच्चालाई बारम्बार चिलाउँछ पनि। यस्तो समस्या बढी भएमा बच्चा राम्रोसँग सुत्न सक्दैन। तर, भातको माड छाला चिलाउने समस्याको समाधान हुनसक्छ।

चिलाएको ठाँउमा भातको माड लगाएर केही समयपछि मन तातो पानीले नहुाउँदा चिलाउने हराएर जान्छ। मुखमा फुस्रो दाद, रातो बिमिरा आएमा माड लगाउन सकिन्छ।

४. शरीरलाई उर्जा

बिरामीले कमजोर भएको शिशुलाई तग्रिनको लागि माड खुवाउन सकिन्छ। माडमा पाइने कार्बोहाइड्रेडले शरीरमा तत्काल उर्जा दिन्छ। बच्चा बाहेक वयस्क र बुढाबुढीका लागि पनि माड उपयुक्त हुन्छ।

छालामा लगाउदा फाइदै फाईदा छ भातको माड

१. छाला कसिलो बनाउछ 
भातको माडले अनुहारमा लेपन लगाउदा अनुहार सफा र चम्किलो बनाउछ । यसमा सफा गर्ने विशेष तत्व हुने भएकोले फेस वास वा टोनरको रुपमा प्रयोग गर्न सकिन्छ । यसको नियमित प्रयोगले छाला कसिलो र जवान मानिसको जस्तै कलिलो र चम्किलो बनाउछ ।

२. भाइरल संक्रमण 
भाइरल संक्रमणको बेला वान्ता आउने तथा शरिरमा डिहाइड्रेसन हुने गर्छ । भातको माडले डिहाइड्रेसनबाट मात्र जोगाउदैन ज्वरो आउदा गुमाएको आवश्यक पोषण तत्वको समेत पूर्ती गरिदिन्छ ।

३. पखलाको औषधी 
बालबालिकामा लाग्ने पखला रोक्न भातको पानी निकै प्रभावकारी औषधी हो । यो पानीले बालबालिकाको पेट गढबढ हुने पक्रियालाई नियन्त्रण गरी आनन्द प्रदान गर्छ । पखला लाग्दा शरिरबाट अत्यधिक पानी जाने भएकोले भातको पानीले पूर्ती गरिदिन्छ ।

४. कब्जियतको समाधान 
भातको पानीमा हुने फाइबरले पेट दुख्ने र पाचनसँग सम्बन्धित अन्य समस्यालाई समाधान गरिदिन्छ । पेट डुम्म भयो वा शौच गर्न समस्या भएमा दैनिक एक गिलास भातको माड खाँदा कब्जियतबाट मुक्ति मिल्छ ।

५. स्वस्थ कपाल 
भातको पानीले कपालमा चमक ल्याउनुका साथै कपाल उम्रन सहयोग गर्छ । गर्मी मौसममा भातको पानीलाई शिरमा दल्दा टाउकोमा शितल अनुभूति हुन्छ र यसले कपाललाई पनि छिटो छिटो वृद्धि गराउछ ।

स्याम्पु दलेपछि कपालमा कन्डिसनर मसाज गरेजस्तै गरी भातको पानी प्रयोग गर्नुहोस, र केही मिनेटपछि चिसो पानीले सफा गर्नुहोस, कपाल मुलायम र चम्किलो हुन्छ ।

६. शितल स्नान
भातको पानीमा मा एउटा स्वभाविक चिस्याउने तत्व हुने भएकोले सूर्यको प्रकाशले डढेको छालालाई चिस्याउन र जलन रोक्न भातको पानी प्रभावकारी उपाय हुन सक्छ ।

मलमलको कपडामा केही अर्धकल्च पाकेको चामल खन्याउनुहोस र आधा घन्टा नुहाउने पानीमा राख्नुहोस् । भातको पानीले नुहाएर स्वच्छ र स्फूर्तीलो हुनुहोस ।

७. दादुरा र विमिरा निको पार्छ 
भातको माडमा हुने कार्बोहाइड्रेडले दादुरा र शरिरमा आउने बिमिरा र घाउ निको पार्न सहयोग पुर्याउछ । चिस्याएको भातको माडमा एउटा कटनको टुक्रा भिजाएर लगाउदा शरिरका विमिरा र दादुरालाई निको पार्छ । आगोले पोलेको छालामा चिस्याको भातको माडाले पनि शरिरलाई शितलता प्रदान गर्छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here