ज्योतिषशास्त्रको अनुसार बिहान उठ्ने बित्तिकै केही समयसम्म कुनै पनि अशुभ चीज हेर्नुहुँदैन । नत्र पूरा दिन त्यसको नकारात्मक असर पर्छ । यसबाट तपाईको कामकाज पनि प्रभावित हुन्छ । केही यस्ता चीज छन्, जसलाई बिहान बिहानै हेर्दा दिनभर खर्च र नोक्सान बढ्छ । ती अशुभ चीजको कारणले विवाद र तनावको साथमा दिन बित्छ ।

ज्योतिषशास्त्रको अनुसार बिहान उठ्ने बित्तिकै गर्ने नहुने कामहरु
१. सहवास नगर्नुस् : बिहान उठ्ने बित्तिकै सहवास गर्यो भने शरीरमा जम्मा भएको सकारात्मक उर्जा नष्ट हुने र नकारात्मक उर्जा भरिन्छ । सकेसम्म विहानमा सम्भोग गर्नु उचित हुँदैन् ।

२. ऐना नहेर्नुस् : बिहान उठ्ने बित्तिकै मानिस अल्छी हुन्छ । मानिसको शरीरमा आलश्य हुन्छ । उठ्ने बित्तिकै ऐना हेर्दा त्यो आलश्यको मुद्रादे दिनभरी नकारात्मक प्रभाव पार्छ । बरु ऐना हेर्नुभन्दा पहिले हत्केला हेर्नुस ।

३. बाँदरको नाम नलिनुस् : बिहान उठ्ने बित्तिकै बाँदरको नाम नलिन सुझाव दिन्छन् बुढा पाकाहरु । बिहानै बाँदरको नाम लिँदा खाना खान समस्या हुने उनीहरुको भनाइ छ ।बिहानमा बाँदरको नाम सकेसम्म उच्चारण नै नगर्दा राम्रो हुन्छ ।

४. तेलको भाँडो र सियो धागो नहेर्नुस् : उठ्ने बित्तिकै तेल राखेको भाँडो वा सियो धागो प्रयोग नगर्नुस । यस्ता सामान बिहान उठ्ने बित्तिकै नदेखिने ठाउँमा राख्नु बुद्विमानी हुन्छ ।

५. घर फोहोर नराख्नुस् : विहान उठ्ने वित्तिकै घर सफा गर्नु सबै भन्दा उत्तम मानिन्छ ।। बिहानको समयमा घरमा लक्ष्मी प्रवेश गर्ने समय मानिन्छ । सके सम्म यस्तो सफाइ घरका महिलाले गरेको राम्रो भनिएको छ ।

६. छायाँ हेर्नुहुँदैनः बिहान उठेर छायाँ हेर्नबाट बँच्नुपर्दछ । वास्तवमा आफ्नै या दोस्रो व्यक्तिको छायाँ हेर्दा दुर्भाग्य रहिरहन्छ । छायाँ हेर्दा तनाव, डर र कन्फ्यूजन बढ्छ । जसबाट कामकाज बिग्रिन्छ र यसकारण यसो गर्नुहुँदैन ।

७. जनावर र उनीहरूको फोटोः बिहान उठेर जनावर र उनीहरूको फोटो हेर्नुहुँदैन । यसो गर्नाले दिनभर विवाद र तनाव रहिरहन्छ ।

८. बिहान उठ्ने बित्तिकै शुभ चीज हेर्नुहोस्ः बिहान उठ्ने बित्तिकै शुभ चीज हेर्नुपर्दछ । जस्तै बिहान उठ्ने बित्तिकै सबैभन्दा पहिले आफ्नो हात हेर्नुहोस् । देवी-देवताको फोटो या सुन्दर सकारात्मक फोटो हेर्नुपर्दछ ।

बिहान बिहान यस्ता कार्यहरु गर्नुहोस् : तपाईको घरमा कहिल्यै पैसाको कमी हुनेछैन

१. बिहानबिहानै हत्केला हेर्नुहोसः
बिहान उठ्ने बित्तिकै आफ्नो हत्केला हेर्नुहोस । मान्यता यो छ कि यो काम गर्नाले महालक्ष्मी, सरस्वतीको साथमा भगवान् विष्णुको कृपा समेत मिल्छ ।

२. मन्दिर सफा राख्नुहोसः
घरको मन्दिरमा मुर्ति र पुजाको सामान सही ढंगले सजाएको हुनपर्छ । यसबाट देवीदेवता प्रशन्न हुन्छन् र कुन्डलीको दोष पनि शान्त हुनसक्छ ।

३.बिहानै भुमिलाई प्रणाम गर्नुहोसः
बिहान पलङबाट खुट्टा भुँईमा राख्नभन्दा पहिले भुमिलाई प्रणाम गर्न पर्छ । साथमा क्षमा पनि माग्नुपर्छ किनभने धर्तीमा खुट्टा राख्नाले हामीलाई दोष लाग्छ ।

४. गाईलाई रोटी खुवाउनुहोस्ः
सधै बिहान जब रोटी बनाउनुहुन्छ तब पहिलो रोटी गाईको लागि छुट्याउनुहोस । तपाईको घर वरपर गाई छ भने त्यो रोटी गाईलाई खुवाउनुहोस ।

५. सुर्यलाई जल चढाउनुहोस्ः
सधैं बिहान सुर्यलाई जल चढाउन पर्छ । यस उपायबाट घरपरिवार र समाजमा मान सम्मान पाइन्छ र सुर्य सँग सम्बन्धित दोष छ भने त्यसबाट पनि मुक्ति पाइन्छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here