यस्ता छन् तुलसीको पात खादाको फाइदाहरु

संसारको जुनसुकै भूभागमा पनि पाईने यो वनस्पति हिन्दूहरूको लागि अत्यन्तै पुजनिय एवम उपयोगि वनस्पति हो | चिकित्सकहरूका अनुसार तुलसीमा सयौ रोग निको गर्ने क्षमता छ । यसमा पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्व का छन् ।

यसले भोक जगाउने, रुचि जगाउने तथा पाचनक्रिया बढाउनुका साथै झाडावान्ता पनि रोक्ने कार्य गर्दछ । तुलसी रोपेको चारसय मिटर वरपरको वातावरणलाई तुलसीले सुगन्धले शुद्ध पार्छ भन्ने विश्वास छ |

तुलसी, वटवृक्ष वरिपरि र तुलसीको छाया वरिपरि र यसको हावाको परिधिभित्र कुनै पनि विषाक्त कीटाणुहरू टिक्न सक्तैनन् र् दीर्घरोगीहरूसमेत तुलसीको सेवनले रोगमुक्त भएको कुरा वैज्ञानिकहरू पनि बताउछन्।

औषधोपचार
1. धेरै दिशा लागेमा
८/१० वटा तुलसीपात चौथाइ भाग जाईफल पिनेर खाएमा ठिक हुन्छ ।

2. आउँ, शुल परेमा
१०/१२ तुलसीको पात मिश्रीसंग पिनेर खाने गरेमा ठिक हुन्छ र आवश्यकता परेमा एक हप्तासम्म खानु होला ।

3. दिशामा रगत आएमा
१/२ चम्चा तुलसीको गेडा आधा ग्लास पानीमा बेलुका भिजाएर बिहान खाने गरेमा ठिक हुन्छ ।

4. अल्काई भएमा
तुलसीको पात १०/१२ वटा खाएर पानीले निल्ने र तुलसीको पातको लेदो नरिवलको तेलमा फिटेर गुद्धद्वारको घाऊमा  लगाउने गरेमा ठिक हुन्छ ।

5. बालतोड् घाऊ भएमा
पिपलको कोपिला र तुलसीको पात पानीमा पिनेर बिहान/बेलुका लेप गर्नाले बालतोड् घाऊ ठिक हुन्छ ।

6. घाँटी बसेमा
घाँटी बसेर बोल्नै नसक्ने भएको छ भने १०/१२ पात तुलसी ४/५ दाना मरिच र मिश्रीको टुक्रासँग चपाएर निल्दा घाँटी बसेको २/३ मात्रामै ठीक भएर आउँछ ।

तुलसीको पात खादाको अरु फाइदाहरु
१. तुलसीले रक्तचाप र कोलेस्ट्रोल स्तरलाई कम गरेर मुटुलाई स्वस्थ राख्छ । दिनदिनै तुलसीको पात चपाउने मानिसलाई मुटुरोग लाग्दैन ।

२. तुलसीले तनाव जन्माउने हर्मोन कार्टिसोललाई कम गराउँछ । त्यस्तै तुलसीले फ्री –याडिकल क्षतिबाट बचाएर तपाईंलाई तनाव हुन दिँदैन ।

३. त्यस्तै तुलसीले रगतमा युरिक एसिडको स्तर घटाएर मिर्गौलालाई स्वस्थ राख्छ । चुरोट खाने कुलत पनि तुलसीको पात चपाउँदा हट्छ ।

४. तुलसीमा हुने थाइमोलले छालासम्बन्धी समस्या ठीक पार्छ । यसले रगत सफा गरेर अनुहारमा कान्ति ल्याउँछ ।

५. तुलसीमा हुने पेनकिलर गुणले माइग्रेनका कारण हुने टाउकोदुखाइलाई यसले कम गर्छ । दिनदिनै तुलसीका चारपाँचवटा हरिया पात चपाउँदा माइग्रेन भाग्छ

६. तुलसीका पातको प्रयोग रुघाखोकी, पेट दुखाइ, आँखाका समस्या, मधुमेह, कोलेस्ट्रोल, माइग्रेन, अवसाद लगायतका अनेकौं रोग निको पार्नका लागि गरिने देखाएका छन् ।

७. तुलसीका पातमा एन्टीब्याक्टेरियल, एन्टीफंगल र एन्टीबायोटिक गुणहरू हुन्छन् । यसकारण यसको प्रयोग रुघाखोकी र ज्वरोलाई कम गर्नका लागि गरिन्छ । आयुर्वेदअनुसार तुलसीको काँढा बनाएर पिउँदा ज्वरो घट्छ ।

८. अलिकति पानीमा तुलसीको पात र दालचिनी हालेर उमाल्नुस् । ज्वरो आउँदा यो काँढा दिनमा धेरैचोटि पिउनुस् ।

९. तुलसीको पातमा एन्टीअक्सिडेन्ट गुण हुनाले यसले प्यानक्रियाटिक बीटा सेल्सको कामकाजमा सुधार गर्छ । इन्सुलिन सेन्सिटिभिटी बढाएर ब्लड सुगर कम गर्दै मधुमेह नियन्त्रण गर्छ ।