प्रारम्भिक जीवन

मेस्सीको जन्म सन् २४ जुन, १९८७ मा रोसारियो, अर्जेन्टिनामा जर्ज मेस्सी (एक कारखाना मजदुर) र सीलिया (उर्फ कुक्कीटिनी) (एक अंशकालिक क्लीनर) दम्पतिको घरमा भएको थियो । उनको पुर्खाको उद्गम इटालीको सहर एङ्कोनाबाट भयो, जहाँ बाट सन् १८८३ मा उनको पूर्वज, एञ्जलो मेस्सी अर्जेन्टिनामा प्रवेश गरेका थिए ।

उनको रडरिगो तथा मेशियस नाम गरेका दुई दाजुहरूका साथै मारिया सोल नाम गरेकी एक बहिनी पनि छन् ।मेस्सी पाँच बर्षको उमेर देखि आफ्ना बुवा जर्ज मेस्सीले प्रशिक्षण गरिरहेको एक स्थानीय क्लब ग्रैन्डोलीको लागि फुटबल खेल्न आरम्भ गरे ।

सन् १९९५ मा मेस्सी आफ्नो गृहनगर रोसारियोमा अवस्थित न्युवेल ओल्ड ब्वाइज क्लबको लागि खेल्न शुरू गरे । ११ वर्षको उमेरमा उनको प्रारम्भिक परीक्षणमा शारीरिक विकास हार्मोनको कमी पाइयो । प्राथमिक डिभिजन क्लब रिभर प्लेटले मेस्सीको उपचार प्रति चासो देखायो तर क्लबसँग उनको उपचारको लागि पर्याप्त सम्पति थिएन किनभने उनको उपचारमा प्रति महिना ९०० अमेरिकी डलर लाग्थ्यो ।

लेइडा, क्याटालोनियामा रहेका मेस्सीका एक जना आफन्तले बार्सिलोनाका खेल प्रबन्धक कार्ल्स रिक्सैकलाई मेस्सीको प्रतिभाको बारेमा बताए र मेस्सी र उनको बुवाको लागि परीक्षण दिने व्यवस्था मिलाए । उनको खेल परीक्षण गरे पछि बार्सिलोनाले उनलाई यदि उनी स्पेन स्थान्तरित हुन तयार छन् भने उनको उपचार खर्च ब्यहोर्ने शर्तमा अनुबन्धन गर्यो । त्यस पछि मेस्सी सपरिवार युरोप स्थान्तरित भए र बार्सिलोनाक्लबको युवा टिममा खेल्न शुरू गरे ।

बार्सिलोना
मेस्सीले सन् १६ नोभेम्बर, २००३ मा (१६ वर्ष र १४५ दिनको उमेरमा) पोर्टो बिरुद्ध एक मैत्रीपूर्ण खेलबाट आफ्नो पहिलो क्लबको लागि आफ्नो खेल जीवनको औपचारिक शुरूवात गरे ।

त्यसको एक वर्षभन्दा पनि कम समयमा नै सन् १६ अक्टोबर, २००४ मा (१७ वर्ष र ११४ दिनको उमेरमा) फ्रान्क रिजकार्डले उनलाई इस्पेन्योल बिरुद्धको खेलबाट आफ्नो पहिलो लिग खेल शुरूवात गर्ने मौका दिए र उनी त्यस समय सम्ममा बार्सिलोनाको लागि खेल्न तेस्रो सबैभन्दा कम उमेरको खेलाडी र ला लिगामा गोल गर्ने सबैभन्दा युवा क्लब खेलाडी बने (जुन रेकर्ड सन् सेप्टेम्वर, २००७ उनकै सहकर्मी बोजन क्रिचले तोडे)।

जब उनले सन् १ मे, २००५ मा अल्बासेट बोलाम्पिको बिरुद्ध क्लबको लागि आफ्नो पहिलो सिनियर गोल गरे तब मेस्सी १७ वर्ष, १० महिना र ७ दिनको उमेरका थिए र उनी बार्सिलोनाको लागि ला लिगा खेलमा गोल गर्ने सबैभन्दा कम उमेरको खेलाडी बने, जुन रेकर्ड २००७ मा मेस्सीकै सहयोगमा बोजन क्रिचले तोडे ।

मेस्सीले आफ्नो पूर्व प्रशिक्षक फ्रान्क रिजकार्डको बारेमा भनेका छन: वहाँले मेरो खेल जीवनको शुरुवात गराउँनु भएको तथ्य म कहिल्यै भुल्न सक्दिन, वहाँले म मात्र १६/१७ बर्षको मात्र हुँदा नै ममा विश्वास जगाउँनु भयो |

अहिले सम्मका व्यक्तिगत सफलता

  1. फिफा यु-२० विश्वकप शीर्ष स्कोरर: २००५
  2. फिफा यु-२० विश्वकप प्रतियोगिता खेलाडी: २००५
  3. कोपा अमेरिका प्रतियोगिता युवा खेलाडी: २००७
  4. यु-२१ वर्षको युरोपेली फुटबल खेलाडी: २००७
  5. अर्जेन्टिनाको वर्ष खेलाडी: २००५, २००७, २००९
  6. फिफाप्रो वर्षको विशेष युवा खेलाडी: २००६-०७, २००७-०८
  7. फिफाप्रो वर्षको विश्व युवा खेलाडी: २००५-०६, २००६-०७, २००७-०८,
  8. वर्षको विश्व फुटबल युवा खेलाडी: २००५-०६, २००६-०७, २००७-०८
  9. प्रिमियो डन बेलन (ला लिगा सर्वश्रेष्ठ विदेशी खेलाडी): २००६-०७, २००८-०९
  10. इएफई ट्रफी (ला लिगामा उत्कृष्ट इबेरो अमेरिकी खेलाडी): २००६-०७, २००८-०९
  11. फिफाप्रो विश्वका दस उत्कृष्ट: २००६-०७,, २००७-०८, २००८-०९
  12. युरोपेली वर्षको टिम: २००७-०८, २००८-०९
  13. फिफा वर्षको टिम: २००८, २००९
  14. युरोपेली च्याम्पियन्स लिग शीर्ष स्कोरर: २००८-०९
  15. ट्रोफियो अल्फ्रेडो डी स्टेफानो: २००८-०९
  16. युरोपेली क्लब वर्षको फरवर्ड: २००८-०९
  17. युरोपेली क्लब वर्षको फुटबलर: २००८-०९
  18. एलएफपी सर्वश्रेष्ठ खेलाडी: २००८-०९
  19. एलएफपी सर्वश्रेष्ठ स्ट्राइकर: २००८-०९
  20. ओन्ज डी’ ओर: २००९
  21. फिफा बेलोन डी’ ओर: २००९, २०१०,२०११,२०१२
  22. फिफा वर्ष खेलाडी: २००९
  23. फिफा क्लब विश्वकप गोल्डन बल: २००९
  24. टोयोटा पुरस्कार: २००९
  25. फिफा वर्षको विश्व युवा खेलाडी: १९९६, १९९७, २००२
  26. फिफाप्रो वर्षको विश्व खेलाडी: २००८-०९
  27. विश्वकप गोल्डेन बल २०१४
  28. फिफा बेलोन डी’ओर २०१५