घरेलु उपचार भनेको घरायसी तरिकाले विरामको उपचार गर्नु हो। यस विधिमा घरमा सजिलै उपलब्ध हुने सामग्री प्रयोग गरी उपचार गरिन्

१. अदुवाको रसमा या काढामा मह मिसाएर खानाले खोंकि सन्चोहुन्छ ।

२. पाकेको आँपको रसमा मह मिसाएर जण्डीसको रोगिलाई खुवाउनाले लाभ हुन्छ ।
जुन बच्चालाई शकर चीनी खानु हुंदैन, उस्लाई शकरको ठाउंमा मह दिन सकिन्छ ।

३. बान्ता (वमन)को समय पुदीनाको रसको साथमा महको प्रयोग लाभकारी हुन्छ ।

४. एक गिलास दूधमा मह मिसाएर राती पीउनाले दुबलोपन हटेर शरीर सुडौल, पुष्ट र बलशाली बन्छ ।

५. मह नित्य सेवन निर्बल आमाशय र आँतलाई बल प्रदान गर्छ ।

६. प्याजको रस र मह बराबर मिसाएर चाट्नाले कफ निस्कन्छ र आंतमा जमेको विजातीय द्रव्यहरू हटाएररा नष्ट गर्छ । यसलाई पानीमा घोलेर एनीमा लिनाले लाभ हुन्छ ।

७. हृदयको धमनीको लागि मह बडो शक्तिवर्द्धक हुन्छ। सुत्ने बेला महर कागतीको रस मिसाएर एक ग्लास पानी पीउनालेकमजोर हृदयमा शक्तिको संचार हुन्छ ।

८. पेटको स्यानो स्यानो घाउ र शुरुवातको स्थितिको अल्सर महलाई दूध वा चियाको साथमा पिउनाले ठीक हुन सक्छ ।
सुख्खा खोकीमा मह र कागतीको रस बराबर सेवन गर्नाले लाभ हुन्छ ।

९. महले मांसपेशिहरू बलवती हुन्छ ।

१०. बढेको रक्तचापमा महको सेवन लहसुनको साथ गर्नु लाभप्रद हुन्छ ।

११. अदुवाको रस र मह बराबर मात्रामा मिसाएर चाटेर खानाले श्वास कष्ट टाढा हुन्छ र बाडुली पनि बन्द हुन्छ ।

१२.सुन्तलाको बोक्रालाई सुकाएर धुलो चूर्ण बनाएर दुई मह चम्मच ट्ट्यस्मा फीटेर तयार गरेर छालामा दल्ने। यस्ले छाला चम्कीन्छ र कान् छाउंछ ।

१३. कब्जियतमा टमाटर वा सुन्तलाको रसमा एक चम्मच मह हालेर खानाले लाभ हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here