रायो तोरी परिवारमा पर्ने तोरी जस्तै तर तोरीको भन्दा ठूलो पात भएको मूख्य रूपमा तरकारीको रूपमा प्रयोग गरिने तेलहन बाली हो।

औषधोपचार

१. मुखमा पोतो वा दाग आएमा
जीरा, बोके जीरा, कालो तिल, सरस्यूँ र रायो सबैको चूर्ण बराबर मिसाएर दूधमा फिटेर बेलुका सुत्ने बेलामा नित्य पोतो वा दागमा लगाउनाले ठीक हुँदै जान्छ ।

२. पुरानो बाथमा
एक डाडु रायोको तेलमा एक चम्चा कपुर तताएर मालिस गर्दा पुरानो गठिया बाथ आदि ठीक हुन्छ ।

३. वाथ भएमा
बकाइनोको गेडा रायो सस्र्युमा पिनेर लेप गर्नाले वाथ भएको बिस्तारै ठिक हुँदै जान्छ ।

४. पेट दुखेमा
भुटेको आधा चम्चा रायोको धूलो सखर हालेर एक चम्चा बनाएर, एक ग्लास मनतातो पानीसँग खाएमा पेट दुखेको ठीक हुन्छ ।

५. कफ जमेमा
भुटेको रायोको आधा चम्चामा एक चिम्टी सिदेनून र आधा चम्चा चिनी मिसाएर बिहान/बेलुका तातो पानी सँग सेवन गर्नाले कफ जमेको ठीक हुन्छ ।

६. दाँत बलियो बनाउन
रायोको तेलमा नून बेसार मिलाएर नित्य सुत्ने बेलामा औंलाले दाँत राम्ररी माझेर मनतातो पानीमा कुल्ला गर्ने गरेमा १/२ हप्तामा नै गिजा तथा दाँत जरैदेखि बलियो हुन्छ ।

७. सेतो दुवी आएमा
रायो धूलो गाईको घ्यूमा फिटेर मलम बनाउने र त्यस ठाँउमा बिहान/बेलुका लगाउने गरेमा बिस्तारै सेतो दुवी ठीक हुन्छ ।

८. वमन हुन लागेमा
रायोको गेडा खलमा पिनेर नाइटो वरिपरि लेप गरेमा वमन हुने क्रम केही समयमा नै ठिक हुन्छ ।

९. छारे (मिर्गी) रोग भएमा
रायोको चूर्णको धूप मिर्गी रोगीलाई बिहान/बेलुका नियमित सुँघाउने गरेमा छारे (मिर्गी) रोग ठीक हुँदै जान्छ ।