भगवद्गीता आज भन्दा ५००० हजार बर्ष पहिला अर्थात कलियुगको आरम्भ हुनु पुर्व कुरुक्षेत्र युद्ध भूमिमा भगवान कृष्णले गीताको उपदेश अर्जुनलाई दिनुभएको थियो । यसमा १८ अध्याय छन् भने ७०० संस्कृतश्लोक छन् ।

जव महाभारतका महानायेक अर्जुन राज्य प्राप्तिको निमित्त आफनै दाजु, भाइ, गुरुहरु, हजुरबा, छोराहरु, नातिहरु, मामा र अन्य आफन्तहरु संग युद्ध गर्नु पर्ने परिस्तिति देख्नु हुन्छ तब वहाले आफुलाई राज्य नचाहिएको बरु मागेको खान तयार रहेको कुरा कृष्ण लाइ बताउनु हुन्छ |

एस्तो विषम परिस्तिती मा भगवान कृष्णले गीताको उपदेश अर्जुनलाई दिनु हुन्छ | र अन्त्यमा आफुमा कुनै भ्रम नरहेको र आफु छेत्रीय धर्म पालना गर्न तयार रहनु हुन्छ |

भगवद्गीताको सार 

१. जसरि यो शरिरधारी आत्मा निरन्तर बाल्यावस्थाबाट युवावस्थामा र युवावस्थाबाट बृद्धवस्थातिर परिवर्तन भैरहन्छ , त्यसैगरी यो आत्मा एउता शरीरको मृतु पछि अर्को शरीरमा स्थान्त्रित हुने गर्दछ |

२. बर्थ चिन्ता गर्छौ ? कोदेखि व्यर्थै डराउदछौ ? तिमीलाई कसले मार्छ ?

३. आत्मा न जन्म लिन्छ न मर्छ ।

४. तिमी भूतकालको पश्चताप नगर, भविष्यको पनि चिन्ता नगर । वर्तमान चलिरहेको छ ।

५. तिम्रो के गएको छ र तिमी रुन्छौ ? तिमीले के लिएर आएका थियौ र तिमीले हरायौ ?

६. तिमीले के पैदा गरेका थियौ र नाश भयो ?

७. तिमीले केही लिएर आएका थिएनौ । जे पायौ, यहीँबाट पायौ । जति दियौ, यहीं नै दियौ । खालि हात आएका थियौ, खालि हात नै गयौ, जे आज तिम्रो छ,त्यो हिजो अरु कसैको थियो, भोलि अरु कसैको हुनेछ । तिमी यसलाई आफ्नो सम्झेर मग्न भैरहेका छौ । यहीं खुसी नै तिम्रो दुःखको मूल कारण हो ।

८. परिवर्तन संसारको नियम हो । जसलाई तिमी मृत्यु सम्झन्छौ, त्यही जीवन हो ।

९. एक क्षणमै तिमी करोडपति बन्दछौ, दोश्रो क्षणमा तिमी दरिद्र बन्दछौ ।

१०. मेरो, तिम्रो, सानो, ठूलो, आफ्नो, अर्काको भन्ने मनबाट हटाइदेऊ, अनि सबै तिम्रो हो, तिमी सबैका हौ । तिमी आफू आफै भगवान्मा अर्पित हौ ।
यही नै सबभन्दा ठूलो सहारा हो ।

११. जसले ईश्वरको सहारालाई जान्दछ, त्यो डर, चिन्ता, शोकबाट सधैंका लागि मुक्त हुन्छ ।मान्छे जन्मिन्छ केहि समय यहि रहन्छ र मर्छ।त्यसैले तिमी आसक्ती रहित भएर काम गर जसले गर्दा तिमी बन्धन बाट मुक्त हुनेछौ।

१२. तिमीले जे गर्दछौ, त्यो भगवानलाई अर्पण गर्दै जाऊ।
यसो गर्नाले तिमीले सधैंभरि जीवन मुक्त भएको आनन्द अनुभव गर्नेछौ ।