गुगल संयुक्त राज्य अमेरिकाको एक बहुराष्ट्रीय सार्वजनिक कम्पनी हो, जसले ईन्टरनेट सर्च, क्लाउड कम्प्युटिङ र विज्ञापनको क्षेत्रमा अत्याधिक लगानी गरेको छ ।[८] इन्टरनेटमा आधारित बहुसङ्ख्यक सेवा तथा उत्पादनहरुको आयोजना तथा विकास गरेर आफ्नो विज्ञापन प्रोग्राम एडवर्ड्सको माध्यमबाट नै गुगलले नाँफा कमाउँदछ ।

इन्टरनेट जायन्ट गुगल सूचना प्रविधि क्षेत्रको वादशाह नै हो । सर्च इन्जिन, अनलाइन विज्ञापन, इमेल मात्र नभै गुगल प्लस जस्तो सोसल मिडिया, स्मार्टफोनको चर्चित अपरेटिङ सिस्टम एन्ड्रोइड देखि लिएर स्मार्टफोन, स्मार्ट घडी तथा स्मार्ट चश्मा जस्ता हार्डवेयरको क्षेत्रमा समेत गुगलले आफ्नो प्रभुत्व स्थापित गरिरहेको छ ।

गुगल सम्बन्धि केही रोचक तथ्य यस्ता छन् :

१. गुगल सर्चमा केही कुरा खोज्दा त्यसको नतिजा देखाउनुअघि गुगलले २ सय भन्दा बढि पक्षहरुलाई ध्यानमा राखि खोजी गरिएका विषयका नतिजा देखाउँछ । यो काम यति छिटो हुन्छ की एक सेकेण्डको पनि केही अंश समयभित्रैमा सबै पक्षहरुको हिसाबकिताब गरि नतिजा इस्क्रिनमा देखाइहाल्छ ।

२. गुगल सर्च इन्जिन विश्वमा सबैभन्दा बढि प्रयोग गरिने सर्च इन्जिन हो । गुगल सर्चमा एक सेकेण्डमा २० लाख भन्दा बढि कुरा खोजी गरिन्छन् ।

३. गुगलले Google जस्तै लाग्ने अन्य कैयौँ डोमेन समेत सिर्जना गरेको छ जस्तै Google.com, Gogle.com, Googlr.com त्यस्तै 466453.com, नाम डोमेनको स्वामित्व पनि गुगलकै छ ।

४. गुगलका संस्थापक ल्यारी पेज र सेर्गेइ बि्रनले गुगलको पहिलो डुडल बनाएका थिए, सन् १९९८ मा । नेभादा मरुभूमिमा आयोजित बर्निङ म्यान महोत्सवमा गएका बेला उनीहरुले गुगलको टोली केही दिनको लागि कहाँ रहेको छ भन्ने कुरा अरुलाई जानकारी गराउनका लागि बर्निङ म्यान पर्वलाई जनाउने लोगो समावेश गरी पहिलो डुडल बनाएका थिए ।

५. गुगलको आम्दानीको अधिकांस हिस्सा यसको अनलाइन विज्ञापनबाट आउने गर्छ । सन् २०१३ मा गुगलले जम्मा गरेको ५५ अर्ब ५० करोड डलर राजश्वमध्ये ९१ प्रतिशत विज्ञापन सेवाबाटै जम्मा भएको हो ।

६. गुगल सर्चमा राखिएका सामाग्रीको सूचिका डाटाको आयतन १० करोड गिगाबाइट छ । अर्थात् गुगल सर्च इन्डेक्सका सबै डाटा पेन ड्राइभमा राख्न चाहनुहुन्छ भने १ टेराबाइट क्षमतामा १ लाखवटा पेनड्राइभ आवश्यक पर्छन् ।

७. गुगलको भिडियो सेवा यु ट्युव पनि निकै चर्चित छ । तथ्यांक अनुसार विश्वमा हरेक महिना ६ अर्ब घण्टा यु ट्युवमा भिडियो हेरिन्छ । यो भनेको विश्वमा हरेक मानिसले एक महिनामा झण्डै १ घण्टा यु ट्युबमा भिडियो हेर्ने गर्छ ।

८. गुगल नै एकमात्र त्यस्तो इन्टरनेट साइट हो जसले आफ्ना प्रयोगकर्ताले यो साइटमा बिताउने समय घटाउने मुख्य लक्ष्य राखेको छ ।

९.गुगलले आफ्नो स्टि्रट भ्यू नक्शाको लागि ५० लाख माइल सडकको तस्वीर खिचिसकेको छ ।