नरिवलको खेती समुद्रतटीय इलाकामा प्रशस्त हुने गर्दछ। खास गरी भारत, श्रीलङ्का, इण्डोनेसिया, फिलिपिन्स, इष्ट तथा वेस्ट इण्डिज र मध्यअमेरिकी देशहरुमा पाइन्छ | हाम्रो देश समुद्रको तटबाट टाढा रहे पनि पूर्वी नेपालका भित्री मधेस र तराईमा फल खेती मौलाएको पाइन्छ। नरिवल सात देखि आठ वर्षपछि फल दिन थाल्छ। नरिवललाई विशेष राम्रो मलजल दिन सकेमा ५० वर्षसम्म लगातार फल दिइरहन सक्छ।

नरिवल कतिपय देशको अर्थ व्यवस्थाको मेरुदण्डसमेत बनेर रहेको छ। कतिपय श्रीलङ्का, फिलिपिन्स, इन्डोनेसियालीहरूको जीविकाको श्रोत नै नरिवल खेती मानिन्छ। भनिन्छ, भारतीय नरिवलभन्दा फिलिपिन्स, इण्डोनेसिया, श्रीलङ्काको नरिवलमा दोब्बर गुदी हुन्छ साथै स्वादमा पनि निकै उच्च मानिन्छ।

यसलाई धार्मिक दृष्टिकोणले मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत महìवपूर्ण फलको रूपमा लिइएको पाइन्छ।
पाकेको नरिवलमा भन्दा काँचो नरिवलमा धेरै सुपाच्य इन्जाइमहरू पाइने हुनाले यसलाई अरू फलहरूभन्दा केही उत्तम भएको दावी गरिन्छ।नरिवलको फल तथा तेलको सेवनबाट प्रशस्त पौष्टिक तìवहरू सजिलै पाउन सक्तछन्। त्यसमा पनि पिसाबका रोगी तथा मुटुका रोगीहरूका लागि त यो ज्यादै गुणकारी सावित भएको छ।

नरिवल पानी पिउनुका फाइदा

१. बिहानी समयमा नरिवल पानीमा किड्नीलाई स्वस्थ बनाउनका लागि पनि नरिवल पानीको सेवन राम्रो हुन्छ । यसले पिसाब नलीलाई सफा राख्न र स्टोन हुन नदिने काम गर्छ ।

२. यदी तपाई वजन बढेका कारण समस्यामा पर्नु भएको छ भने नरिवल पानी पिउँदा निकै फाइदाजनक हुन्छ । यसमा धेरै कम मात्र क्यालोरी हुन्छ । जसमा फ्याट हुँदैन ।

३. नरिवल पानी पिएपछि धेरैबेर भोक लाग्दैन । नरिवल पानीले छालालाई राम्रो बनाउन मद्दत गर्छ । नरिवल पानीमा विषाक्त तत्वलाई हटाउने गुण हुन्छ । जसलाई पिउनाले शरीरमा उर्जा प्राप्त हुन्छ जसमा रोग प्रतिरोधात्मक क्षमता हुन्छ ।

४. विशेषज्ञलाई मान्ने हो भने बिहानको समयमा नरिवल पानी पिउनु सबैभन्दा धेरै फाइदाजनक हुन्छ । यदी तपाई दिनभर स्फूर्ति चाहनुहुन्छ भने बिहान नरिवल पानी खानु फाइदाजनक हुन्छ ।

५. थाइराइड हार्मोनलाई सन्तुलित बनाउनका लागि नरिवल पानी उपयोगी हुन्छ । बिहानीको समयमा नरिवल पानी पिउनाले थाइराइड हार्मोन नियन्त्रित हुन्छ ।

औषधोपचार

१. गर्मी गडेकोमा
नरिवलको जल नियमित केही दिन १\१ ग्लास खानाले गर्मी गडेको रोग निको हुन्छ ।

२. पिसाब खुलाउने
गर्मीले गर्दा अलि–अलि पिसाब हुने, राम्ररी खुलस्त भएर नआउने रोगमा बिहान\बेलुका नरिवलको पानी खाने गरे पिसाब खुलेर आउनेछ ।

३. रगत सफा गर्ने
ताजा नरिवल पानी सेवन गर्ने गरेमा रगत बढाउँछ र स्वच्छ हुन्छ पार्दछ ।

४. घाउ खटिरामा
घोच्ने, पोल्ने घाउमा नरिवलको तेल र बेसार फिटेर लगाए ठीक हुन्छ ।

५. गर्मीले टाउको दुखेमा
नरिवलको तेलले टाउकोमा मालिस गर्ने गरेमा गर्मीले दुख्ने टाउको ठीक हुन्छ ।

६. अल्काईको रोगमा
नरिवलको बाहिरको जटा पोलेर खरानी बनाउने तथा १\१ ग्लास दहीमा फिटेर बिहान/बेलुका खाने गरेमा केही दिनमा नै अल्काई रोग ठीक हुन्छ अथवा तुलसीको पात १०/१२ वटा खाएर पानीले निल्ने र तुलसीको पातको लेदो नरिवलको तेलमा फिटेर गुद्धद्वारको घाऊमा लगाउने गरेमा ठिक हुन्छ ।

७. कपाल राम्रो पार्न
नरिवलको तेल टाउकोमा हाल्ने गरेमा कपाल कालो, लामो, बलियो, बाक्लो हुनलाई पूर्ण मद्दत गर्दछ ।

८. जुका परेमा
नरिवलको पात पोलेर खरानी बनाएर छानेर बिहान/बेलुका १\१ चम्चा खाँदा साधारण जुका र नाम्लेजुका आदि रोग निर्मुल भएर जान्छ ।

९. कलेजोको रोगमा
नरिवलको जराको पानी १\१ चम्चा खाने गरेमा १\२ हप्तामै कलेजो सम्बन्धी रोगमा फाइदा हुन्छ ।

१०. श्वासनलीको रोगमा
नरिवलको जराको पानी १\१ चम्चा खाने गरेमा दम खोकी सम्बन्धी रोेग ठीक हुन्छ तथा श्वासनली आदि बलियो बनाई रोग निको पार्छ ।

११. शीतपित्त भएमा
नरिवलको तेलमा कपुर मिसाएर मालिस गर्नाले शीतपित्त ठीक हुन्छ अथवा नीमको तेलमा कपुर हालेर मालिस गर्नाले चिसोबाट हुने पित्त, खटिराहरु ठीक हुन्छ ।

१२. कान दुख्ने, पिप आउने , खटिरा आदि भएमा
ठूलो चम्चाको ४ चम्चा शुद्ध तोरी वा नरिवलको तेलमा ६ गेडा लसुन, सानो चम्चा आधा चम्चा हिङ र सानो चम्चा १ चम्चा सिदेनूनको धूलो तेलमा कालो पार्ने
र छानेर सिसीमा राख्ने र आवश्यकता अनुसार कान सफा गरी बिहान\बेलुका ४\४ थोपा हाल्नाले कानको रोग निको हुन्छ ।

१३. दाद भएमा
सेतो करवीरको जरा २ चम्चा लेदोमा २ डाडु नरिवलको तेलमा डढाएर झिक्नुहोस् र कपडाले छानेर दादहरुमा लगाउनुहोस् बिस्तारै ठीक हुँदै जान्छ ।