बकाइनो मध्य पहाडी तथा तराई भेकमा पाइने चाँडो बढ्ने एक प्रकारको पतझड समुहको रूख हो । तपाईहरुलाइ थाहानै होला बकाइनो बाख्रहरुको प्रिय खान हो भनेर | यसको उपयोगिता बाख्रामा मात्र सिमित छैन | एसको उपयोग गरेर हामी धरै किसिमका रोग निको पर्न सक्छौ |

१. वाथ भएमा
बकाइनोको गेडा रायो सस्र्युमा पिनेर लेप गर्नाले वाथ भएको बिस्तारै ठिक हुँदै जान्छ ।

२. रगत जमेर गाँठो भएमा
बकाइनोको पात पिनेर लेप बनाएर बाँध्नाले छिट्टै घाउ निको हुन्छ ।

३. चिलाउने रोगमा
बकाइनोको फूल पिनेर घाउ, खटिरा, चिलाउने ठाउँमा लगाउनाले ठीक हुन्छ ।

४. सेतो दूबीमा
१० पात निम, १० पात बकाइनो पिनेर लेदो बनाएर लगाएमा केही समयमा नै ठीक हुन्छ ।

५. दाद रोगमा
पाकेको बकाइनोको गेडाको धूलो कागतीमा फिटेर लगाउनाले दाद रोग निको हुन्छ ।

६. पत्थरी रोगमा
बकाईनोको १ चम्चा पातको रसमा आधा चम्चा जवाखार मिसाएर बिहान/बेलुका खाने गरेमा पित्त एंव मूत्राशयको पत्थर जान्छ ।

७. जुका परेमा
बकाइनोको ५० ग्राम बोक्रा ३०० ग्राम पानीमा उमाल्नुहोस् र चौथाइ भाग बाँकी भएपछि शिशीमा राख्नुहोस् र चिया चम्चाले १/१ बिहान/बेलुका खाने गरेमा केटा–केटी, बुढा बुढी जसको पेटमा जुका परेको छ भने पनि २/४ दिनमै ठीक हुन्छ ।

८. स्त्रीको मासिक धर्म बढी भएमा
बकाइनोको पातको रस एक चम्चा बिहान/बेलुका खाने गरेका रगत बढी हुने रोग ठीक हुन्छ ।

९. स्त्रीको मासिक धर्म रोकिएमा
बकाइनोको फूलको रस आधा चम्चामा मह आधा चम्चा मिसाएर बिहान/बेलुका खाने गरेका धर्म रोकिएको खुल्छ र नियमित हुन्छ ।

१०. गर्भाशय शुद्धिका लागि
बकाइनोको पातको रस नित्य १/१ चम्चा बिहान/बेलुका दिने गरेमा गर्भाशय शुद्धि हुनेछ ।