जाउलो, ज्वानोको झोलजस्ता खानेकुराहरुमा ज्वानो हालेर आमाले हामीलाई खुवाउनुहुँदा केलाएर छेउ लगाउने गर्छौँ होला वा यस्ता खानेकुरा हाम्रो भान्सामा पाक्नै छाडिसके होला । पेटको समस्याबाट पार पाउनका लागि यो त हाम्रो खानामा दैनिक प्रयोगमा ल्याउनै पर्ने देखिन्छ ।

मुखमा राख्दा नै चर्रर गर्ने यो मसलाले फाइदा भने गजबकै गर्दछ । यसले शरीरभित्रको फोहोर निकाल्न, किटाणुविरुद्ध लड्न, घाउहरुबाट जोगाउन, भाइरसँग लड्न, दुखाई कम गर्न, पेटभित्रको हावाबाट मुक्ति दिनजस्ता अनेक फाइदाहरु प्रदान गर्न सक्छ । देख्दा मसिना दाना र गन्ध नमिठो लाग्ने भएपनि यसको शक्तिलाई कम भने नआकौँ ।

ज्वानो खादा हुने फाइदाहरु 

१. कम्मर दुख्ने रोगमा
एक पाउ ज्वानो धूलो एक पाउ सखर दुबै बराबर राम्ररी मिसाएर विहान\वेलुका तातोपानी सँग १\१ चम्चा सेवन गर्नाले दुई हप्तामै ठिक हुँदै जान्छ ।

२. नाथ्री फुटेमा
नीमको पात र ज्वानो पानीमा पिनेर दुबै कञ्चटमा लगाउनाले रोग निको भएर जान्छ ।

३. रुघा लागेमा, सर्दि भएमा
ज्वानो र बेसार १ चम्चा दिनको ३ पल्ट १ गिलास पानीमा पकाएर खाएमा यसले रुघा पाक्छ र चाँडै आराम हुन्छ ।

४. घाँटी बसेमा
एक गिलास पानीमा ज्वानो र सखर १ चम्चा राम्ररी उमालेर पिउनाले पनि घाँटी बसेको जान्छ ।

६. शरीर दुख्ने रोगमा
भुटेको ज्वानो र सखर मिसाएर ज्वानोको लड्डु बनाउने र बिहान/बेलुका मिश्री पानीसँग नियमित रुपमा खाने गरेमा दुई हप्तामा ठीक हुन्छ ।