भिटामिन सीको भण्डार हो कागती । मानव स्वाथ्यको लागि कागती अति नै लाभदायक अम्लिय फल हो । यसलाई चियादेखि खाना, खाजा एवं पानीमै पनि घोलेर खाने गरिन्छ । कागतीको मुख्य प्रयोग तौल घटाउन गरिन्छ । त्यस्तै कागतीमा रहेको अम्लले पाचनप्रणालीलाई मजबूत पार्ने र अनावश्यक विषाक्त पदार्थलाई बाहिर निकाल्ने काम गर्छ । यसमा भिटामिन सी उच्च मात्रामा पाइने हुँदा समग्र स्वास्थ्य लागि यो फाइदाजनक छ ।

कागती भिटामिन सी को महत्वपूर्ण स्रोत हो । सबै कागतीहरु सर्वगुणकारी हुने भएपनि कागजी कागतीलाई सबैभन्दा राम्रो मानिन्छ । यस्को औषधीयगुण निम्ननुसार छन् 

१. कपाल झरेमा, कपाल सेतो भएमा, कपालमा चाया तथा जुम्रा परेमा कागतीको रसमा अमलाको धुलो मिलाएर कपाल धुनाले फाइदा हुन्छ ।

२. भात पकाउँदा कागतीको रस केही थोपा हाल्नाले चामल एक अर्कामा जोडिंदैन तथा चमकिलो भएर पाक्ने गर्दछ ।

३. डण्डिफोर हटाउँनकोलागि कागतीको रसमा मलाई मिलाएर एक महिना सम्म अनुहारमा लागाएमा डण्डिफोर हट्ने तथा अनुहार चम्किलो हुन्छ ।

४. कागतीको रसमा मरिच धनिया तथा भुटेको जिरा मिलाएर सेवन गरेमा पेटको विकार हट्दछ ।

५. शरीरको कुनै भागमा चिलाएमा नरिवलको तेलमा कागतीको रस मिलाएर लगाउनाले चिलाउँदैन ।

६. तरकारी दाल सलाद आदिमा कागतीको मिलाउनाले स्वाद बढ्ने गर्दछ ।

७. कागतीको नियमित सेबनबाट शरीरको तौल नियन्त्रण चमत्कारिक ढंगले हुने गर्दछ । शरीरको मोटापा घटाउन कागती र मह मिलाएको पानी नियमित रुपमा महिनाभर लिनाले फरक देखिन थाल्दछ ।

८. कागतीमा भिटामिन सी भरपुर मात्रामा रहने भएकाले यस्को सेवनबाट शरीरको मैटाबॉलिज्म बढ्न जने तथा वजन घट्ने हुन्छ । दैनिक खाली पेटमा तातोपनी कागती र मह मिलाएर खानाले बजन घट्दछ ।

औषधोपचार
ईतिहास नियाल्ने हो भने कागतीलाई चीन तथा भारतमा झन्डै २५०० वर्ष अघिदेखि औषधोपचारमा उपयोग गरिएको पाइन्छ।

१. दाद रोगमा
पाकेको बकाइनोको गेडाको धूलो कागतीमा फिटेर लगाउनाले दाद रोग निको हुन्छ ।

२. घाँटी बसेमा
मनतातो पानीमा कागतीको रस, नून हालेर बिहान/बेलुका गारगल गर्नाले घाँटी बसेको ठीक हुन्छ ।

३. ओठ फुट्ने भएमा
दूधको तरमा कागतीको रस मिसाएर दिनको २/३ पटक ओठमा लगाउनु होस्, ओठ फुटेको निको हुन्छ ।

४. दाद आएमा
हर्रो कागतीको रसमा घोटेर लगाउने गरेमा दाद आएको ठिक हुन्छ ।

५. फियो बढेमा
कागतीको चुकमा ८–१० गेडा मरिच पिनेर बिहान–बेलुका लेप गरेमा ठीक हुन्छ ।

६. ढाड दुखेमा
दुई पुरिया कपुरमा एउटा कागतीको रस मिसाएर मनतातो पारी दुखेको ठाँउमा लगाउनाले ढाड दुखेको ठीक हुन्छ ।