तिल नेपालमा प्रयोग गरिने एक तेलहन बाली हो।तिललाई धार्मिक रूपले पनि उच्च मर्यादा दिइएको पाइएको छ। तेलहनको रूपमा निम्न प्रकारका तिलहरूको खेती गरिएको पाइएको छ।

१. कालो तिल
२. सेतो तिल
३. झुसे तिल

औषधी उपचारमा कालो तिल 

१. कम्मर दुख्ने रोगमा
आधा पाउ भुटेको कालो तिल, १० ग्राम घोडताप्रे, १० ग्राम धूलो मरिच, १० ग्राम सूठो धूलो, १० ग्राम धूलो पिप्ला, ५ग्राम फुराएको हिङको धूलो सबै मिसाएर सिसीमा राख्ने र दुख्न सुरु भएपछि ३ पटक धूलोलाई मिश्री पानीमा पकाएर खाने ।

२. मुखमा पोतो वा दाग आएमा
जीरा, बोके जीरा, कालो तिल, सरस्यूँ र रायो सबैको चूर्ण बराबर मिसाएर दूधमा फिटेर बेलुका सुत्ने बेलामा नित्य पोतो वा दागमा लगाउनाले ठीक हुँदै जान्छ ।