पिनास नाकको भित्र दायाँबायाँ रहने खाली ठाउँमा अवरोधका कारण हुने रोग हो।

नाकको नजीकै अनुहारको हड्डिहरूको भित्र नम हावाको रिक्त स्थान हो, जसलाई ‘वायुविवर’ अथवा साइनस (sinus) भन्छन्। साइनसमा पातलो झिल्लीको तह हुन्छ। जब कुनै व्यक्तिलाई रूघा तथा एलर्जी हुन्छ साइनसमा सिँगान भरिन्छ र सुन्निन्छ। साइनसको निकास माध्यम अवरुद्ध हुन्छ अनि सिँगान यहीँ भित्र थुनिन सक्छ।जहाँब्याक्टेरिया एवं भाइरस विकसित हुन सक्छ र अन्ततोगत्त्वा पिनास हुन सक्छ।

पिनासले जाडो मौसममा धेरै दुःख दिन्छ। रुघाखोकी लाग्दा केही पनि नभएकोभनी लापरबाही गर्नाले पिनास हुन्छ । यसबाहेक पनि धूलो-धूवाँ, नाकमा हुने संक्रमण, विभिन्न किसिमका नाकका एलर्जीहरू, नाकभित्रको हड्डी बाङ्गिनु, नाकभित्र मासु बढ्नु वा पलाउनु पनि पिनास हुनुका कारण हुनसकछन् |

लक्षण

१. बच्चा लाई रूघा लागेको जस्तो लक्षण हुन्छ जस्तो नाकबाटसिँगान बगिरहनुऽ ज्वरो आउनु आदि।

२. वयस्कमा दिउसो सुख्खा खोकी आउनु । रूघाको लक्षण देखिनु ज्वरो, खराब पेट, दांत दुखाइ, कानमा दुखाइ इत्यादी लक्षण देखिए पिनास हुन सक्छ।

३.नाक बन्द भइरहने,

४. टाउको भारी हुने अघिल्लो भाग निधारमा दुखिरहने

५. सुँघ्ने शक्तिमा कमि आउने

६. साइनास को क्षेत्रमा पीडा हुने.

७. आधाकपाल दुख्ने/

८. नाक बाट दुर्गन्धित रक्त मिश्रित पहेंलो सिंगान आउने

९. माथिल्ला दाँतहरू दुख्ने ।

१०. आँखाको परेला सुन्निने ।

११. नाक पछाडिबाट घाँटीमा केही बगिरहेजस्तो हुने । घाँटी खसखस हुने ।

सावधानी र उपचार

१. तातो दुध र वेसार सेवन  पिनासको सर्वोत्तम औसधि हो |

२. आराम गर्ने ।

३. चिसोबाट जोगिने, चिसो नपिउने ।

४. प्रशस्त मात्रामा झोल पदार्थ (मनतातो पानी, सुप, दालको रस आदि) सेवन गर्ने ।

५. बिहान-बेलुका भिक्स वा सन्चो हालेर तातोपानीको बाफ लिने ।

६. चिकित्सकको सल्लाहमा रुघाको औषधि सेवन गर्ने ।

७. आफ्नो वातावरण सफा राख्ने र पिनास वा एलर्जीको कारकबाट बच्नेको कोशिश गर्नु पर्दछ। त्यति गर्दा पनि २-३ दिनमा कुनै सुधार नआए चिकित्सकसँग परामर्श लिने । उपलब्ध भएसम्म नाक, कान, घाँटी रोग विशेषज्ञसँग परामर्श लिनु उपयुक्त हुन्छ ।

पिनासको आयुर्वेदिक उपचार, पिनासबाट हुन सक्ने जटिलता र यसबाट कसरी जोगिने भनेर भोलिको पोस्टमा बताउने छौ |पोस्ट मन परे share गरिदिनु होला