शरीरबाट पसिना निस्किनु एक स्वभाविक प्रकृया हो । पसिनाको माध्यमले शरीरभित्र भएको बिकार बाहिरआउछ । शरीरबाट पसिना निस्केन वा कुनै कारणबस पसिना भित्रै रोकिन गयोभने धेरै प्रकारका शारीरिक रोगहरु उत्पन्न हुन सक्छन् ।

बढि पसिना आउन नदिन के गर्ने ?
शरीरमा बढि पसिना आउन न दिनका लागि सबभन्दा राम्रो उपाय हो, शरीरलाई शितल राख्नु । यसको लागि घाम चर्किएको बेला घाममा ननिस्किने, दौडधुप र ब्यायाम कम गर्ने, शितलमा बस्ने, नियमित नुहाउने, पानी प्रशस्त मात्रामा पिउने, आफनो खानामा हरियो साग-सब्जिका साथै दही, मोही तथा सिजनअनुसारको पानीयुक्त फलफुलहरु तरबुज, खरबुज, काक्रो बढि मात्रामा खाने, नरिवल पानी पिउने, चिया, कफि, बरफको सेवन नगर्ने, राति अबेरसम्म नबस्ने, धैरे बेर भोको नरहने, बढि मसालादार (गरिष्ठभोजन) नगर्ने, खानामा लसुन, अदुबा, गोल मरिचको प्रयोग कम गर्ने र प्याजको मात्रा बढाउने गरियो भने अत्याधिक पसिना आउने क्रमलाई घटाउन सकिन्छ ।

केहि मानिसहरु बढि पसिना आउने डरले पानी कम पिउने गर्दछन् । यो राम्रो होईन, पानीको मात्रा शरीरमा कमभयो भने डिहाईड्रेशन हुनसक्छ ।

यि सबै उपायहरुलाई मनन गरी अपनाईयो भने केहि हदसम्म बढि पसिना आउने समस्यालाई घटाउन सकिन्छ । उपरोक्त बिधिबाट पनि पसिनाको मात्रा कम भएन भने चिकित्सकको सल्लाहमा औषधिको सेवन गर्नुपर्छ ।

औषधि उपचार

१) यदि आँखा बन्द गर्ने बित्तिकै पसिनआउछ भने, ब्रायोनिया, कोनियमको प्रयोग लाभकारी हुन्छ ।

२) यदि जाडो भएर शरीरमा पसिना आयो भने, नक्सभोमिकाको प्रयोग गर्नुपर्छ ।

३) टाउको बाहेक शरीरको अन्य खुल्ला भएको भागमा पसिना आउछ भने, यस्तो लक्षणमा रोगी लाई थुजा नामक औषधिको सेवन गराउनु पर्छ ।

४) यदि कुनै कारणबिना नै अनुहारमा पसिना बढि आउछ भने, रस टक्स या सिकेलिकोर औषधिको प्रयोग गर्नु लाभदायक हुन्छ ।

५) यदि रोगीलाई ब्युँझेको अवस्थामा मात्र पसिना आउछ भने, सेम्बुकस नामक औषधिको सेवन हितकारी हुन्छ ।

६) यदि शरीरमा लुगाले ढाकेको भागमा मात्र पसिना आउछ भने, एकोनाईट, बेलाडोना, चायना आदि औषधिको सेवन गर्नुपर्नेहुन्छ ।

७) यदि पसिना शरीरको देब्रेभागतिर मात्र बढिआउछ भने, पल्साटिला, पेट्रोलियमको प्रयोग गर्दा लाभदायक हुन्छ ।

८) शरीरको जुन भाग पट्टि फर्केरसुत्दा त्यहि त्यकी साईडमा बढि पसिना आउछ भने, ब्रायोनिया, नक्सभोमिका, जिकंम आदि औषधिहरुको प्रयोग बढि फाईदाजनक हुन्छ ।

९) यस्तै जतापट्टि फर्केर रोगी सुत्छ त्यस भागमा पसिना नआउने बरु त्यसको बिपरित भागमा पसिना आउछभने बेन्जोईक एसिड, थुजा, सेनिकुल्ला नामक औषधिहरु मध्ये लक्षण अनुसार कुनै एकऔषधिको प्रयोग गर्नुपर्ने हुन्छ ।

१०) यदि निदाएको बेला मात्र पसिना आउछ र ब्युँझिएपछि हराउछ भने, कोनियम नामक औषधिको प्रयोग हितकारी हुन्छ ।