पिनास भनेको के हो ? यसका लक्षण, सावधानी र उपचार को बिसयमा हामीले हिजोनै पर्याप्त छलफल गरिसरेका छौ |आज हामी पिनास रोगको बाकी रहेको बिसयमा छलफल गर्ने छौ |

आयुर्वेदिक उपचार
आर्युवेदिक उपचारअर्न्तर्गत नस्यकर्म विधि अपनाएर पनि पिनासको उपचार गर्न सकिन्छ । आर्युवेद उपचारका ५ प्रमुख उपचार विधिमध्ये नस्यकर्म पनि एक हो । जसमा बिरामीलाई सम्बन्धित तेलले अनुहार-टाउकोमा मालिस गर्ने, औषधियुक्त पानीको बाफ लिने र औषधिकै तेल नाकमा राख्ने कामगरिन्छ ।

करिब ७ दिनसम्म प्रत्येक दिन आधा घण्टा यो विधि अपनाउनु पर्छ । यसले साइनसभित्र जम्मा भएको फोहोरलाई गलाउने र नरम बनाएर बाहिर निकाल्छ, जसका कारण नाकको प्वाल खुल्छ र टाउको दुख्न बिस्तारै कम हुँदै जान्छ ।

पिनासको समयमै उपचार नभएमा टाउकोको अग्रभाग अत्यधिक दुख्ने, नाकबाट श्वास फेर्न अप्ठ्यारो पर्ने, नाक गन्हाउने हुन्छ । संक्रमणका कारण आन्तरिक रक्तश्राव हुन सक्ने र भित्रीरूपमा संक्रमण भई क्यान्सरजस्तो रोग लाग्ने सम्भावना पनि हुन्छ ।

पिनास आफैंमा ठूलो जटिलता नभई सामान्य कुरामा लापरबाही हुनाले निम्तिने रोग भएकाले यसबाट बच्न यसका कारणहरूमा विशेष ध्यान दिनु जरुरी छ, अनि मात्र पिनास हुनबाट जोगिनसकिन्छ । लक्ष्मी विकास रस यसमा निकै उपयोगी मानिन्छ ।

तातो पानीमा दुई गोली र सेफागि्रनको नस लिने गरे निकै फाइदा हुन्छ । पिनासको आधुनिक चिकित्सा पद्धतिबाट अप्रेसन त हुने गर्दछ तर त्यो फेरी दोहोरिन सक्छ । त्यसैले पनि पिनासको उपचार गर्न आयुर्वेद उपचार गर्ने क्रम बढेको छ ।

पिनासबाट हुन सक्ने जटिलता

१. नाक र पिएनएसमा सीमित : पिनासका कारण नाक र पिएनएसका झिल्ली सुन्निएर वा स्राव निस्कने ग्रन्थिरूहरूमा अवरोध भई मासु पलाउन सक्छ । कहिलेकाहीँ पिएनएस वरिपरिका हाडभित्र संक्रमण भई अस्टियोमिलिटिस हुन सक्छ ।

२. आँखा वरिपरि : पिनास आँखा वरिपरिका हाड तथा अरू तन्तुमा फैलन सक्छ । त्यस्तो अवस्थामा आँखा सुन्निने, आँखाको दृष्टि कमजोर हुने वा आँखै नदेख्ने सम्भावना पनि हुन्छ ।

मस्तिष्कमा असर : फ्रन्टल, एथ्मोइडल र स्पेनोइड साइनसहरू मस्तिष्कको नजिक अवस्थित छन् । यी भागहरूको पिनास सुधार नभएको अवस्थामा संक्रमण मस्तिष्कमा फैलिएर मस्तिष्क सुन्निने, मस्तिष्कको झिल्लीबाहिर पिप जम्ने, मस्तिष्कभित्र पिप जम्ने, मस्तिष्कभित्र ठूलो रक्त नली संक्रमण हुनेजस्तो समस्या विकसित हुनसक्छ । यी जटिलताको समयमै उपचार नभए बिरामीको ज्यान समेत जान सक्छ ।

पिनासका कारण कानभित्रको मध्यभाग, घाँटी तथा टन्सिलको संक्रमण हुन सक्छ ।

कसरी जोगिने ?
१. प्रशस्त मात्रामा पानी पिउने ।

२. चिसोबाट जागिने ।

३. तातोपानीको बाफ लिने ।

४. धूलो-धूवाँबाट जोगिने, सफा मास्क लगाउने ।

५. साधारण रुघाखोकी भनेर लापरबाही नगर्ने । रुघा लागे तातोपानीको बाफ लिने । आफूलाई एलर्जी हुने खालका कुराहरू नखाने ।

६. एलर्जीको उपचार गराउने ।

७. नाकभित्र मासु सुन्निएको, पलाएको, नाकभित्रको हाड बाङ्गएिको आदि स्थितिमा विशेषज्ञको परामर्शअनुसार शल्यक्रिया गर्ने ।