१- एनर्जी

साबूदाना कार्बोहाइड्रेटको राम्रो स्रोत हो । जसले शरीरमा तुरुन्त र आवश्यक उर्जा प्रदान गर्न निकै महत्वपूर्ण भूमिका हुन्छ ।

२- गर्भावस्था

साबूदानामा पाईने फोलिक एसिड र भिटामिन बी भरिपूर्ण हुन्छ । जसले गर्भावस्थाको समय गर्भमा हुर्किरहेको शिशुको विकासमा सहायक हुन्छ ।

३- हड्डी मजबूत बन्छ

साबूदानामा क्याल्शियम, आयरन, भिटामिन-के भरिपूर्ण मात्रामा पाईन्छ । जसले हड्डीलाई मजबूत बनाई राख्न र आवश्यक लचिलोपनको लागि फाइदायुक्त हुन्छ ।

४- वजन

जो व्यक्तिलाई ईटिंग डिसऑर्डर को समस्या हुन्छ, उनीहरूको वजन सजिलै बढ्दैन । यस अवस्थामा साबूदाना एक राम्रो विकल्प हुन्छ, जसले वजन बढाउनमा महत्वपूर्ण भूमिका खेल्छ ।

५- थकान

साबूदनाको सेवनले थकान कम हुन्छ । यसले थकान कम गरी शरीरमा आवश्यक उर्जाको स्तर बनाई राख्न मद्दत गर्छ ।

६- त्वचा

साबूदानाको फेसमास्क बनाएर लगाउँदा अनुहारमा कसिलोपन आउँछ र चाउरीपनको समस्या पनि कम हुन्छ । यो त्वचामा कसिलोपन बनाई राख्नको लागि निकै फाइदायुक्त हुन्छ ।

७- गर्मीमा नियन्त्रण

एक सोधको अनुसार साबूदाना तपाईलाई ताजापन बनाई राख्न मद्दत गर्छ र यसलाई चामलको साथमा प्रयोग गर्दा शरीरमा बढ्ने गर्मीलाई कम गर्छ ।

८- पखाला रोक्छ

जब कुनै कारणले पेट खराब हुँदा पखाला लाग्ने समस्या हुन्छ भने यस अवस्थामा दूध बिना नै बनेको साबूदानाको खीर निकै असरदायक सावित हुन्छ र तुरुन्त आराम दिन्छ ।

९- ब्लड प्रेशर

साबूदानामा पाईने पोटाशियम रक्तसंचारलाई सन्तुलित गरी यसलाई नियन्त्रण गर्छ । जसले ब्लड प्रेशर नियन्त्रणमा रहन्छ । यसको साथै यो मांशपेशीको लागि निकै फाइदाजनक हुन्छ ।

१०- पेटको समस्या

पेटमा कुनै पनि किसिमको समस्या हुँदा साबूदानाको सेवन निकै लाभदायक हुन्छ र यसले पाचन प्रक्रियालाई सन्तुलित बनाई ग्यास्ट्रिक, अपच आदि समस्याबाट छुटकारा दिन्छ ।