घरभित्रको सरसफाइक केहि टिप्स 

१. खाना खाइसकेपछि पकाउने भाँडाकुँडा साबुन अथवा सफा खरानीले माझनुहोस्। यदि सकिन्छ भने ती भाँडाकुँडालाई घाममा ओभाउन दिनुहोस्।

२. घरभित्र (बस्ने ठाउँ) सधैं सफा गर्नुहोस्। भुइँ बढार्ने र पखाल्ने गर्नुहोस्। भित्ता, खाट र टेबलकुर्सीमुनि पनि सफा गर्नुहोस्। भित्ता र भुइँमा साङ्ला, उडुस र बिच्छीजस्ता किराहरू लुक्नसक्ने प्वालहरू छन् भने टाल्नुहोस् ।

३. उपियाँ, उडुस र अन्य परजीवीहरू मास्न बिच्छयौना र लत्ताकपडा घाममा सुकाउनु होस्।

४. भुइँमा नथुक्नुहोस्। खोक्दा र हाच्छिउँ गर्दा आफ्नो नाक, मुख हात, कपडा वा रुमालले छोप्नुहोस् र त्यसपछि हात धुनुहोस्।

५. चपीमा दिसा-पिसाब गर्नुहोस् । केटाकेटीलाई पनि चपी जान सिकाउनुहोस्। यति गर्न नसके कम्तीमा पनि उनीहरूलाई दिसा—पिसाब गर्नका लागि घर र खानेपानीको स्रोतबाट टाढा पठाउनुहोस्।

व्यक्तिगत सरसफाइका केहि टिप्स 

१. सकिन्छ भने दिनहुँ साबुनपानीले नुहाउनु (धुनु) ज्यादै राम्रो हुन्छ । नसके हप्तामा दुई चोटी नुवाए पनि हुन्छ ।

२. खाना पकाउनुअगि, खाना खानुअगि, दिसा—पिसाब गरिसकेपछि र केटाकेटी तथा रोगीको सेवा गर्नुअगि र पछि आफ्ना हात धुनुहोस्।

३. यौनाङ्गहरू दिनहुँ सफा पानी र साबुनपानीले धुनुहोस्। तर डुस (Douche) अथवा योनी भित्र पानी हालेर पखाल्ने कहिल्यै नगर्नुहोस्। महिलाको योनीबाट निस्केको तरल पदार्थले स्वतः यौनाङ्गलाई सफ राख्छ तर डुस गर्दा यो पखाल्दा तरल पदार्थ बग्ने हुँदा उनको योनीमा संक्रमण हुनसक्छ ।

४. यौन सम्पर्कपछि पिसाब फेर्ने गर्नुहोस् । यसो गर्नाले पिसाब नलीको संक्रमणलाई रोक्न सकिन्छ तर गर्भ भने रोकिँदैन ।

५. दिसा बसिसकेपछि राम्ररी पुछ्नुहोस् वा सफा पानीले पखाल्नु होस्। दिसा जहिले पनि अगाडिबाट पछाडितिर पुछ्नुपर्छ । पछाडिबाट अगाडि पुछ्दा किटाणु र परजीवीहरू पिसाब नली र योनीमा पुग्न सक्छन्।