स्तनपान गर्ने, गराउने चलन संसारमा स्तनधारीहरूको विकास जहिलेदेखि भयो उहिलेदेखि नै हुँदै आएको हो । यो ज्यादै पुरानो प्रचलन हुनुका सथै प्राकृतिक र ज्यादै स्वस्थकर पनि छ तर विश्वमा आएका अनेक परिर्वतनहरूका कारण स्तनपान गराउने प्रचलन घटेको देखिएको छ ।

स्तनपान अति आवश्यक छ किनभने

१. बच्चालाई स्वस्थ र तन्दुरुस्त पार्ने सबभन्दा उत्तम आहार आमाको दूध हो ।

२. स्तनपानले सुत्केरी भैसकेपछि रगत जाने प्रक्रियालाई रोक्छ ।

३. स्तनपानले बच्चालाई मधुमेह, क्यान्सर, पखाला र निमोनियाजस्ता बिमार र संक्रमणबाट बचाउँछ ।

४. दूधबाट आमाको रोग प्रतिरोधात्मक शक्ति बच्चामा सर्छ ।

५. स्तनपानले आमालाई क्यान्सर र हड्डी कमजोर (ओस्टेओपोरोसिस्। हुने रोगबाट जोगाउँछ) ।

६. आमाको दूध जहिले पनि बच्चाका लागि सफा, तयार र सही तापक्रममा रहेको हुन्छ ।

७. स्तनपानले आमा र बच्चा दुवैलाई आत्मीय र सुरक्षित भएको अनुभूति दिन्छ ।

८. कतिपय महिलालाई स्तनपानले चाँडै गर्भवती हुनबाट बचाउँछ ।

९. स्तनपान गराउन खर्च लाग्दैन ।

पाउडर दूध बनाउने कम्पनीहरू सबै आमाले पाउडारलाई स्तनपानको सट्टा पाउडर दूध खुवाउन् भन्ने चाहन्छन् तर बोतल र कृत्रिम दूधको प्रयोग ज्यादै हानिकारक हुन्छ । पाउडर दूध खुवाउँदा लाखौ बच्चाहरू कुपोषित वा बिरामी परेका छन् वा मृत्यु / भएको छ ।

१. पाउडर वा टिनको र गाईबस्तुको दूधले बच्चालाई रोगबाट बचाउन सक्दैन ।

२. यस्तो दूधले बच्चालाई रोग लगाउन र ज्यान लिन सक्छ । पाउडर दूध खुवाउँदा दुधदानी वा त्यसमा मिसाइने पानी

३. राम्ररी उमालिएन भने बच्चाले हानिकारक किटाणु निल्छ र पखाला लाग्छ ।

४. पाउडर दूध धेरै महँगो हुन्छ । एउटा बच्चालाई पहिलो वर्ष नै कम्तीमा ४० किलो पाउडर चाहिन्छ ।

बच्चा बिरामी हुँदा

१. बच्चा बिरामी हुँदा स्तनपान रोक्नु हुँदैन । स्तनपान गराईराखेमा मात्र चाडै स्वास्थ हुन्छ ।

२. झाडापखाला बच्चाहरूका लागि खतरनाक हुन्छ । यस्तो बेलामा औषधिभन्दा पनि हेरचाह नै प्रभावकारी हुन्छ किनभने धेरैजसो बच्चाहरु पानी नपुगी जलवियोजन (dehydration) का कारणले मर्छन् ।

३. पखाला लागेको बेला छिटो-छिटो दूध खुवाउने र थप पानी पिलाउने ।

४. बच्चा कमजोर छ भने दूध खुवाइरहनुहोस्। बच्चाले दूध नचुसे हातैले निकालेर खुवाउने र स्वास्थ्य कार्यकर्तालाई देखाउने ।

५. बच्चालाई वान्ता हुँदा थोरै-थोरै मात्रामा छिटो-छिटो खुवाउनुपर्छ । प्रत्येक ५ देखि १० मिनेटभित्रमा बच्चालाई चम्चाले थप पानी दिइरहनुपर्छ । मौका पर्नेबित्तिकै स्वास्थ्य कार्यकर्तासँग सल्लाह लिनुपर्छ किनभने जल वियोजनले बच्चा मर्न सक्छ ।

६. बच्चालाई अस्पताल लगेपछि पनि स्तनपान गराइराख्नुपर्छ । यदि तपाईं – अस्पतालमा बस्न नसक्ने आमाले भने आफ्नो दूध निचोरेर भाँडामा वा पनर्जलीय तरल पदार्थ बोतलमा राखी खुवाउने व्यवस्था मिलाउनुपर्छ ।

बच्चालाई चम्चा वा कपले कसरी खुवाउने

१. सानो कप वा चम्चा प्रयोग गर्नुहोस्। उमाल्ने व्यवस्था नभए कप वा चम्चालाई साबुनपानीले राम्ररी धुनुपर्छ ।

२. बच्चालाई काखमा लगभग सिधा गरी राख्नुहोस् ।

३. सानो कप वा चम्चाले दूध बच्चाको ओठमा पर्ने गरी बिस्तारै राख्नुहोस्।

४. मुखमा दूध नखन्याउनुहोस्, बच्चा आफैले त्यसलाई तानोस्। धेरैजसो साना राम्रो हुन्छ।