ग्यास्ट्राइटिसका विभिन्न पक्क्षका बारेमा हामीले यो भन्दा अगाडी धरै पोस्ट गरिसकेका छौ | आज हामी ग्यास्ट्राइटिस
बेलामा अपनाउनु पर्ने सावधानी का बिसयमा चर्चा गर्नेछौ |

पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो । ग्यास्ट्राइटिसको समस्यामा पेटमा ग्यास बन्छ । यस्तो अवस्थामा फेट फुल्छ र पीडा हुन थाल्छ । यसैले सबैभन्दा पहिला कस्तो खाद्यपदार्थ लिनुपर्छ भन्ने कुरामा ध्यान दिनुपर्छ ।

छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्नु, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, आपन वायु बढ्नु, रिंगटा लाग्नु, टाउको दुख्नु, पेट फुल्नु गयास्ट्रिकका लक्षण हुन्। त्यसैगरी ग्यास्ट्रिकमा वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ-ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुडेल्ने, तौल कम हुने लक्षण देखिन्छ।

यस्ता बेलामा अपनाउनु पर्ने सावधानी

१. ग्यास बनाउने खाद्यपदार्थ नखानुस्
ग्यास्ट्राइटिस समस्याको सबैभन्दा ठूलो कारण हो, ग्यास बनाउने खालका खानेकुरा । केक, कार्बोनेटयुक्त सामग्री, अमिलो फल, काउली, बन्दा, सुपारी पेटमा ग्यास बनाउने खालका खाद्यपदार्थ हुन् । ग्यास बन्ने अर्को कारण हो, लामो समयसम्म भोको रहनु ।

२. समयमा खाना खाने गर्नुहोस्
नियमित रुपमा खाना खाने बानी गर्नाले ग्यास्ट्राइटिसको समस्या समाधान हुन सक्छ । बिहान नास्ता पनि नगर्नु र दिउँसो एकसाथ खाना खानु गलत बानी हो । यसले ग्यास्ट्राइटिसको समस्या उत्पन्न हुन्छ । यसबाट बच्न नियमित रुपमा खाना खानुपर्छ। खाना खाँदा चपाएर मात्र खानुपर्छ ।

३. कम मसालेदार खाना
बढी तेल र मसाला मिसाएको खाना पनि ग्यास्ट्रिकको कारण हुन सक्छ। यसैले यस्ता कुरा मिसाइएको खानेकुराबाट बच्नुहोस्। खानामा सधैं हरियो तरकारी सामेल गर्नुहोस्, पेट पूरै भरिनुभन्दा खान मन लाग्दालाग्दै उठ्नुहोस्। यसबाट खाना राम्ररी पच्छ। साथै ध्यान दिनुहोस्, खाना खाएको आधा घण्टापछि मात्र पानी पिउनुहोस्।

४. रक्सीबाट बच्नुहोस्
बढी रक्सी पिउने बानीले ग्यास्ट्रिकको समस्या बढाउँछ। यद्यपि रक्सीमात्र यसको मुख्य कारण होइन। तर, रक्सी नखाँदा या यसको सेवन सीमित गर्नाले भविष्यमा हुने ग्यास्ट्राइटिसबाट बच्न सकिन्छ।

५. थोरै खानुहोस्, नियमित खानुहोस्
ग्यास्ट्रिकको समस्या पेटसंग सम्बन्धित समस्या हो। त्यसैले पेटलाई आराम दिन थोरै खाने बानी गर्नुपर्छ। धेरै खानाले पनि ग्यास्ट्रीकको समस्यालाई असर गर्छ। यसका अलावा खानामा ल्याक्टोज र ग्लूटनजस्ता आहार लिनबाट बच्नुहोस्।