१. धनको क्षति भयो भने त्यसको बारेमा कसैलाई पनि भन्नु हुँदैंन । यसको कारण मानिसको प्रतिष्ठा नष्ट हुन्छ र मानिसहरुको उसको सम्मान गर्न छाड्छन । मानिसहरु उसलाई मद्धत गर्नुको साटो उसको अवस्थालाई हाँसोको विषय बनाउँदछन् ।

२. यदि मनमा केही दुःख छ भने त्यो पनि कसैसँग अभिब्यक्त गर्नु हुँदैंन । किनभने संसारमा सच्चा हितैषी एकदमैं कम हुन्छन् । हुन सक्छ जुन मानिससँग दुःख अभिब्यक्त गरिन्छ उसैले पिठ्युपछि यसको मजाक उडाउन सक्छ । जसका कारण यसले झन दुःखी बनाउँछ ।

३. पुरुषले आफ्नो घरको भित्री कुरा कसैलाई पनि बताउनु हुन्न । विशेष गरी आफ्नी पत्नीको चरित्रका विषयमा अर्कोसँग कुनै पनि टिप्पणी गर्नु हुँदैंन । यसो गर्नालले पुरुषको प्रतिष्ठा र सम्मानको नाश हुन्छ । भविष्यमा उसले विभिन्न समस्याहरु सामना गर्नुपर्ने हुन सक्छ ।

४. ज्ञानी त्यही हो जो मान तथा अपमानलाई सदैव समान रुपमा लिन्छ । तर, यस्तै गर्न सक्नु एकदमै कठिन मानिन्छ । जीवनमा मिलेको अपमानलाई कहिल्यै पनि अरुको सामुन्ने चर्चाको विषय बनाउनु हुँदैंन । हुन सक्छ तपाई अरुलाई भनेर मनको भावना पोख्न चाहनुहुन्छ परन्तु सुन्ने मानिसले यो कुरा दोस्रो मानिसलाई बतायो भने अपमान झन वृद्धि हुन्छ । यसकारण अपमानसँग जोडिएका घटना कहिल्यै कसैसँग पनि बताउनु हुँदैंन ।

५. काटिए पनि चन्दनको बृक्षले सुगन्ध छोड्दैन, बुढो भएपनि हात्तिले आफ्नो क्रिडा छोड्दैन, पेलिएपनि उखुले गुलियोपना छोड्दैन, निर्धन भएपनि असल व्यक्तिले आफ्नो शिल स्वाभाव छोड्दैन ।

६. काममा लगाएपछि नोकर, दुखमा पर्दा दाजुभाई,साथीहरु र धन सकिदा पत्नीको परिचय राम्रो संग पाईन्छ ।

७. बिषका विचबाट अमृत, अपवित्र ठाउँबाट सुन, निच व्यक्तिबाट विद्या र दुष्ट कुलबाट सद्गुणी कन्या ग्रहण गर्न सकिन्छ ।

८. जसको छो।रो नियन्त्रणमा छ, इच्छाअनुसार उसकी पत्नी चल्छे, धनसम्पत्तीबाट जो सन्तुष्ट छ भने उसलाई यहीँ स्वर्गको सुख प्राप्त छ ।

९. छोरो उही हो जो बाबुको आदर गर्छ, पिता त्यही हो जसले आफ्ना छोरा छोरीलाई लालन पालन गर्छ । जो संग विश्वास गर्न सकिन्छ मित्र उही हो । जसबाट परमसुख मिल्छ उसलाई श्रीमती भन्न सकिन्छ ।