नेपाली समाजमा एउटा मान्यता छ, कुनै कामको सुरुवात गर्नुअघि दही खानाले उक्त काममा सफलता मिल्दछ । दहीलाई सगुनको रुपमा लिने गरिन्छ । नेपालमा मात्र नभएर दहीलाई संसारभर नै स्वास्थ्यवद्धक भोजनको रुपमा प्रयोग गरिन्छ । सबै उमेर समुहको लागि उपयोगी क्याल्सियम र मिनरलको खानी होे दही । विशेषतः पाचन सम्बन्धी समस्याका लागि दही निकै राम्रो मानिन्छ ।

दही खादाको फाइदाहरु

१. दहीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, दही बनाउने ब्याक्टेरियाले हाम्रो शरीरमा हुन सक्ने कुनै पनि संक्रमणबाट बचाउँछ ।

२.दूध मन नपर्नेहरुले दही सेवनबाट पोषक तत्व प्राप्त गर्न सक्छन् ।

३. यसले रोग प्रतिरोधात्मक क्षमतालाई सुदृढ बनाउँछ ।

४. दहीको नियमित सेवनले ठूलो आन्द्रा र कोलोनको क्यान्सर हुनबाट बचाउँछ ।

५. दहीमा ल्याक्टिक अम्ल बढी मात्रामा पाइन्छ । जसले ठूलो आन्द्रामा दुर्गन्ध उत्पन्न गर्ने जीवाणु– फूटरे फेक्टिभ ब्याक्टेरियाको विकासलाई रोक्छ ।

६. दहीमा क्याल्सियम,मिनरल बढीमात्रामा पाइन्छ । ओस्टियोपोरोसिस नामक रोगले ग्रस्त रोगीलाई दही खाने सल्लाह दिइन्छ ।

७. दहीको सेवन उच्च कोलेस्टेरोलका रोगीलाई लाभदायी हुन्छ ।

८. इन्टरनेशनल जर्नल अफ ओवेसिटीका अनुसार कम चिल्लो भएका दहीको सेवनले मोटोपना घटाउन राम्रो सहयोग गर्छ । दहीले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । यसले धमनीको क्षेत्रमा कोलेस्टेरोल बन्न दिँदैंन । यसबाट हाइपरटेन्सन र उच्च रक्तचाप हुँदैंन ।

राती दही खानु हुदैन, किन?

रातमा तापक्रम चिसो हुदै जाने र यो आफैमा चिसो खाद्यपदार्थ भएकोले राती दही खाएर सुत्दा यसले खकारको मात्रा बढाउछ । बढेको खकारको पहिलो प्रभाव छातीमा पर्छ । छाती दुख्ने, खसखस हुने, शिथिलता बढ्नुका साथै कार्यक्षमतामा ह्रास र मानसिक अस्थिरताले पूर्ण रुपमा अस्वस्थ्य भइन्छ ।

बिहान अथवा दिउसो मात्र दही खानु राम्रो, किनपनी भनिएको हो भने हामीले खाएको दहीलाई सुर्यको तापमानले सन्तुलित बनाउने काम गरिरहेको हुन्छ र बिहान दिउँसो हाम्रो शरीर बढी नै सक्रिय हुनेहुदाँ पनि यसले शरीरको चिसोपनालाई नियन्त्रण गर्छ ।