संसारभरका कयैन देशहरुमा पुरुषहरुको शुक्रकिटको सङ्ख्यामा आइरहेको गिरावट चिन्ताको विषय बनेको छ । शुक्राणुको सङ्ख्यामा गिरावटको सिधा सम्बन्ध प्रजनन क्षमतासँग छ ।

तपाईको शुक्राणुको सङ्ख्याको सम्बन्ध तपाईले खाने खानासँग पनि हुन्छ । आखिर तपाईले जे खानु हुन्छ त्यसैले शरीरको सबै गतिविधिहरु निर्धारित हुने गर्छ ।

विश्व स्वास्थ संगठन अनुसार प्रति मिलीलिटर वीर्यमा शुक्राणुको सङ्ख्या १.५ देखि ३.९ करोड हुन्छ भने त्यसलाई सामान्य मानिन्छ । एक पुरुषको वीर्यमा ५ करोडदेखि १५ करोडसम्म शुक्राणुको सङ्ख्या हुन्छ

कयैन अध्ययन अनुसार शुक्राणुको सङ्ख्यामा भइरहेको यो गिरावट रोकिएन भने मानव एक दुर्लभ प्रजातिको सूचीमा समाबेश हुनेछ । अध्ययनहरुले उत्तर अमेरिका, यूरोप, अष्ट्रेलिया र न्यूजिल्याण्डका पुरुषहरुमा पछिल्लो ४० वर्ष भित्रै शुक्राणु सङ्ख्या आधा भएको देखाएको छ ।

निम्न ९ कारणले पुरुषको प्रजनन् क्षमता घटिरहेको छ |

१.धुम्रपान र मद्यमान सेवन गर्नुः चुरोट र रक्सीमा हुने घातक तत्वले डिएनएलाई हानि पुर्याउँछ । यसका कारण शुक्रकिट उत्पादन र गुणस्तर दुवै घट्छ ।

२. कम निदाउनुः कम सुत्ने बानीका कारण शरीरमा हानिकारक हर्मोन उत्पादन हुन्छ । यसले तनाव र डिप्रेशन बढ्छ र प्रजनन् क्षमता घट्छ ।

३.तनाव र डिप्रेशनको शिकार बन्नुः अति तनाव र डिप्रेशनका कारण शारीरिक क्षमतामा कमि आउने गर्छ जसका कारण पुरुषमा इरेक्टाइल डिस्फङ्शनको समस्या देखिन्छ ।

४. शरीरको तौल नियन्त्रण नगर्नुः धेरै मोटा मानिसमा टेस्टोस्टेरन नामक हर्मोन कम हुन्छ । यो हर्मोनमा कमि आएपछि सन्तान उत्पादन क्षमतामा पनि ह्रास आउँछ ।

५. कसिलो अन्डरवयर लगाउनुः टाइट अन्डरवयर लगाउँदा टेस्टिकलको तापक्रम वृद्धि हुन्छ । साथै यसरी अन्डरवयर लगाउँदा पुरुष प्रजनन अंगका नशा दब्ने गर्छन् । र यसले शुक्रकिट उत्पादन र इरेक्शनमा नकरात्मक असर पर्छ ।

६. अति तातो पानीले नुहाउनुः शरीरको तापक्रम बढेपछि शुक्रकिट कम उत्पादन हुने, शुक्रकिटको गुणस्तर खस्कने र निसन्तान हुने सम्भावना बढ्छ ।

७. मोबाइल र ल्यापटपलाई गलत तरिकाले प्रयोग गर्नुः मोबाइल वा ल्यापटप प्रयोग गर्दा तिघ्रामा राख्नु हुँदैन । प्रजनन अंग वरपर मोबाइल वा ल्यापटप राख्ने कार्यले प्रजनन् क्षमतामा ह्रास आउँछ । यसरी प्रयोग गर्दा वृद्धि हुने तापक्रम र विकीरणले शुक्रकिटमा नराम्रो असर पार्छ ।

८.जङ्क फुड र चिल्लोयुक्त खाना खानुः जङ्क फुड र चिल्लोयुक्त खाना सेवनले शुक्रकिट उत्पादन र गुणस्तर कम हुने गर्छ । खानामा मिसाइएको प्रिजर्भेटिभ र नूनले पनि शुक्रकिटमा हानि पुर्याउने गर्छ ।

९. गुलियोयुक्त खाना बढी सेवन गर्नुः चिनीयुक्त खानाको अत्याधिक सेवनले मधुमेह हुन्छ । मधुमेहका कारण पुरूषमा बाँझोपनको समस्या देखिन सक्छ ।