न्युमोनिया बिभिन्न प्रकार का जीवाणुहरूको संक्रमणबाट फोक्सोमा आउने एक प्रकारको खराबी हो। अङ्ग्रेजीमा Pneumonia भनिने यो रोगलाई उच्चारण भेदले गर्दा निमोनाया पनि भनिन्छ|यसमा फोक्सोका कोषहरू सुन्निन्छन् अनि श्वासप्रश्वासमा बाधा पुग्दछ। केही भाइरसका प्रजातिहरूले कडा खालको न्युमोनिया गराउँदछन्।

न्युमोनियाका जीवाणु विश्वको कुनै क्षेत्र विशेषमा मात्र पाइन्छ भन्ने छैन। एचआईभी/एड्सबाट सङ्क्रमित व्यक्तिहरूमा व्याक्टेरियाले गर्दा लाग्ने न्युमोनिया चाँडै र धेरै लाग्दछ। त्यसैले केही अफ्रिकन महादेशका देशहरू जहाँ AIDS व्याप्त छ, न्युमोनियाका बिरामीहरूको सङ्ख्या पनि अत्यधिक रहेको छ। न्युमोनिया भएका बिरामीहरू एक दुई दिनमै सिकिस्त हुन्छन्, गल्छन्, खोकी लागिरहने हुनाले थकित पनि हुन्छन्।

व्याक्टेरिया र भाइरसका बाहेक अरू कारणले पनि न्युमोनिया हुन सक्दछ। कुनै अरू अर्को रोगको कारण अस्पताल भर्ना भएका बिरामीहरूमा पनि न्युमोनिया देखिन सक्छ। अस्पताल क्षेत्रमा भएका जीवाणुका कारणले गर्दा हुने भएकोले यसलाई रोक्न त्यत्ति सजिलो छैन। रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरू जस्तै, मधुमेहका बिरामी, ज्क्ष्ख्क्ष्ब्क्ष्म्क् सङ्क्रमितहरू अङ्ग, प्रत्यारोपण गरिएका व्यक्तिहरू क्यान्सरका बिरामी र स्टेरोइड औषधि सेवन गरिरहेका बिरामी आदिमा न्युमोनिया चाँडै लाग्दछ। त्यस्तै धुम्रमान र मदिरा अत्यधिक सेवनले पनि न्युमोनिया हुन सक्दछ।

निमोनियाको लक्षणहरु

१. छाती दुख्नु । ज्वरो आउनु ।
२. सास फेर्न गाह्रो हुनु ।
३. खोकी लाग्नु ।
४. चाडो चाडो सास फेर्नु ।
५. घाँटी, छातीका मांसपेशीहरु बढी चल्नु ।
६. टाउको दुख्नु ।
७. रुघा लाग्नु वा श्वासप्रश्वास सम्बन्धि अरु लक्षणहरु देखिनु ।

निमोनिया का कारकतत्वहरु 

जो मानिस मा तल का अवस्थाहरु मेल खान्छन् उनीहरु मा निमोनिया हुने सम्भावना बढ्ता हुन्छ

१. धुम्रपान : धुम्रपान ले फोक्सो को प्रतिरोध शक्ति लाई क्षीण गराउँछ ।

२. वृद्धता : उमेर को वृद्धि सँगै फोक्सो कमजोर हुँदै जान्छ ।

३. फोक्सो सँग सम्बन्धित रोगहरु जस्तो कि क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज , ब्रोन्कियाक्टासिस ले पनि निमोनिया हुने स्थिति लाई बढाउँछन् ।

४. मादक पदार्थ : यदि मादक पदार्थ सर्को परेर फोक्सो तिर गयो भने पनि फोक्सो मा संक्रमण हुने सम्भावना बढ्ता हुन्छ ।
५. इन्फ्लुएन्जा जस्ता भाइरल संक्रमण

६. कमजोर प्रतिरोध शक्ति : एचआईभी, कुपोषण (विशेष गरेर बच्चाहरु मा), औषधिहरु जसले प्रतिरोध शक्ति मा ह्रास ल्याउछन् (जस्तै स्टेर्वाइड-steroid, क्यान्सरमा लिइने औषधि)

७. चराचुरुंगी का विष्टाहरु को संसर्ग (क्लामिडिया निमोनी, Chlamydia pneumoniae) तथा बर्ड फ्लु लागेका कुखुरा अथवा क्यू फीभर भएका पालुवा जनावरहरु को संसर्ग ले पनि केही प्रकार का निमोनिया लाग्ने सम्भावना बढाउँछन् ।

८. नवजात शिशुहरु र बच्चाहरु पनि निमोनिया का शिकार हुने सम्भावना बढी हुन्छ ।

डाक्टर लाई कहिले देखाउने ?

ज्वरो आयो र श्वासप्रश्वास छिटो भयो भने उपचार का लागि अविलम्ब जानु बुद्धिमानी हो । यसले स–साना बालबच्चा लाई जोगाउन सजीलो हुन्छ । तल का संकेतहरु ले निमोनिया को खतरनाक अवस्था देखाउँछन्–

१. ओठ, औंलाहरु नीला देखिनु ले अक्सिजन को कमी हुन थाले को संकेत गर्दछन् ।

२. शिशुहरु मा सास तान्न गाह्रो हुने हुँदा खानेकुरा पिउन नसक्नु ।

३. सास फेर्न गाह्रो हुने अवस्था : सास फेर्दा घ्याघ्र्यार आवाज आउनु

४. सास पुर्याउन नसक्ना ले पूरा वाक्य बोल्न नसक्नु

५. बच्चाहरुमा छाती भित्र दब्नु

६. रोग बढ्दै जाँदा थकान, कमजोरी तथा बेहोशी का अवस्थाहरु आउन थाल्छन् । सास फेर्न निकै अपठेरो अवस्था देखिनु ।

निदान

विरामी को वृत्तान्त सुनेर र भौतिक परीक्षण गरेर धेरैजसाे निमोनिया भएकाे डाक्टर लाई थाहा हुन्छ तर कहिलेकाहीं छाती को एक्स–रे, रक्त जाँच र खकार जाँच गरेर रोग को निदान गरिन्छ। विरामी को अवस्था हेरेर अरु पनि थप जाँचहरु गर्न सकिन्छ ।

उपचार का विकल्पहरु 

निमोनिया को उपचार मा एन्टिबायोटिक को प्रयोग सँगै र उपयुक्त सहायक तरीकाहरु पनि अपनाइन्छ । सामान्य अवस्थाहरु घरमै बसी बसी उपचार गर्न सकिन्छ ।

ब्याक्टेरिया बाट हुने निमोनिया लाई एमोक्जिसिलिन (amoxycillin), एजिथ्रोमाइसिन (azithromycin) अथवा सेफालोस्पोरिन (cephalosporin) जस्ता एन्टीबायोटिक को प्रयोग गरिन्छ । ज्वरो लाई नियन्त्रण गर्न प्यारासिटामोल दिन सकिन्छ । नून पानी काे वाफ लगाउनाले पनि श्वासप्रश्वास मा सजीलो तुल्याउन सक्छ ।

यदि निमोनिया लाई समय मै उपचार गरिएन भने यो अरु जटिल हुन गई फोक्सो तथा फोक्सो वरिपरि पानी भरिने र पीप जम्मा हुने, ब्याक्टेरियाहरु रक्तप्रवाह सँगै हाड र जोर्नी को संक्रमण, मेनिन्जाइटिस, हुने, वा शरीर का अरु तन्तुहरु मा आघात पुग्ने सम्भावना हुन्छ । श्वासप्रश्वास नै बन्द हुनु निमोनिया को सबैभन्दा जटिल अवस्था हो ।