१. स्ट्रेस भयो भने तत्काल शान्त हुनुहोस् र तीनपटक गहिरो श्वासप्रश्वास गर्नुहोस्

२. यस अवस्थामा दुवै हात माथि फर्काएर दुई मिनेटसम्म स्ट्रेचिङ गर्नुहोस् ।

३. स्ट्रेस भएका वेला चिसो पानी पिउँदा पनि राहत मिल्छ ।

४. स्ट्रेस भएका वेला आफूलाई मनपर्ने कुनै संगीत सुन्नुहोस् या मन पर्ने किताब पढ्नुहोस् ।

५. स्ट्रेस हँुदा एक्लै सकेसम्म नरहनुहोस्, परिवारका सदस्य या साथीको साथमा समय बिताउनुहोस् ।

६. स्ट्रेस भएको अवस्थामा २० देखि ३० मिनेटसम्म शारीरिक कसरत गर्नुहोस् ।

७. कुनै विषयमा तनाव बढ्दा स्ट्रेस हुन्छ । यस्तो वेला तनावबाट मुक्त हुन हाँस्ने कोसिस गर्नुहोस् ।

८. स्ट्रेसका वेला चुरोट र रक्सी सेवन नगर्नुहोस् ।