मौसम परिवर्तनसँगै टाइफाइडको संक्रमण धेरै देखिने गर्छ । योसँगै धुँवा धुलो तथा अस्वस्थकर खानपिनले टाइफाइडको संक्रमणमा सहयोग पुर्याउँछ । त्यसका अतिरिक्त हाम्रो जीवनशैलीले यसमा थप बल दिन्छ । यसैले टाइफाइडका रोगीहरु धेरै जसो देखिने गरिन्छ ।

टाइफाइडलाई नेपालीमा आन्तरिक ज्वर वा म्यादी जरो (ज्वरो) पनि भनिन्छ । यो ज्वरो साल्मोनेला टाइफी प्रजातिको ब्याक्टेरियाको सङ्क्रमणका कारणले आउने गर्दछ । सङ्क्रमणको छदेखि तीस दिनपछि देखिने यसका लक्षणहरू मन्ददेखि गम्भीर प्रकृतिका हुने गर्दछन् । टाइफाइड लागेको बेलामा प्रायजसो बिस्तारै बढ्दै जाने खालको उच्च ज्वरो देखिने गर्दछ ।

त्यस्तै कमजोरी हुने, पेट दुख्ने, कब्जियत हुने तथा टाउको दुख्ने जस्ता लक्षणहरू पनि देखिने गर्दछन् । सामान्यतया यस्तो बेलामा पखाला लाग्दैन र बान्ता भए पनि कुनै गम्भीर लक्षण देखिँदैन ।

टाइफाइडका केही रोगीहरूको छालामा गुलाबी रङ्गको दाग देखा पर्ने गर्दछ । गम्भीर खालको टाइफाइड लागेको बेलामा बिरामीहरू दिग्भ्रमित हुने गरेको पनि पाइन्छ । यदि टाइफाइडको बेलैमा उपचार गरिएन भने यसका लक्षणहरू केही हप्ता वा महिनौसम्म पनि देखिन सक्छन् ।

मानिसले कुनै लक्षणहरू नदेखाइकन पनि यो रोग शरीरमा धारण गर्न सक्छन् । यस्तो बेलामा पनि उनीहरूबाट अन्य मानिसहरूमा टाइफाइड सर्न सक्छ । टाइफाइड पाराटाइफाइड ज्वरोसँग आउने आन्द्रासम्बन्धि रोग हो ।

कारण

१. असुरक्षित खाना र फोहोर पानीमा पाइने सालमोनेलाटाइफी ब्याक्टेरियाका कारण टाइफाइड लाग्छ ।

२. जहाँ पायो त्यहाँको पानी नउमाली पिउने, खाना जथाभावी खाने र सफापानीले नपखाली फलफूल खाँदा टाइफाइडको सम्भावना हुन्छ ।

३. आन्द्रामा ज्वरो आउने समस्याका कारण टाइफाइड हुने हुँदा यसलाई ‘आन्द्राबाट आउने ज्वरो’ पनि भनिन्छ ।

४. ज्वरो आउने, जिउ दुख्ने, पेट दुख्ने, दुई हप्ता कटेपछि कलेजो, फियो बढ्ने टाइफाइडका लक्षण हुन् ।

५. कडा खालको टाइफाइड लामो समयसम्म रहेमा आन्द्रामा प्वाल पर्ने सम्भावना हुन्छ ।

रोग लाग्न नदिन

१. यस्तो प्रकृतिका बिरामीलाई छुट्टै राखेर उपचार गर्नुपर्छ ।

२. बिरामीको दिसा, बान्ता र पिसाबबारे सचेत हुनुपर्छ ।

३. बिरामीले औषधि खाए/नखाएको वा बिरामीको सुधारबारे नियमित अनुगमन गर्नुपर्छ ।

४. व्यक्तिगत तथा वातावरणीय सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

५. यो रोग सामान्यबाट जटिल बन्दै गएमा छोटो समयमा ज्यान लिने भएकाले यसबारे सचेत हुनुपर्छ । आफैँले रोगबारे आकलन गरी औषधि सेवन गर्ने बानीलाई हटाउनुपर्छ ।

६. स्वास्थ्यकर्मीलगायत चिकित्सकले तोकेअनुसारको औषधिको मात्रा र स्वास्थ्य शिक्षालाई अनुशरण गर्नुपर्छ ।

७. विशेषगरी जेठदेखि असोजसम्म उमालेको पानी खाने बानीको विकास गर्नुपर्छ ।

८. नियमित रूपमा एन्टिटाइफाइड भ्याक्सिन लगाउँदा अझ राम्रो हुन्छ ।

जटिल रूप

यो ज्वरो सालमोनेला टाइफाई नामक ग्राम नेगेटिभ ब्याक्टेरियाबाट मानिसमा संक्रमण हुन्छ । ३–४ हप्ता लगातार ज्वारो आएमा बुझ्नुपर्छ कि टाइफाइड भएको छ । सालमोनेला टाइफाईले आन्द्रामा प्रत्यक्ष असर पार्छ र जटिल परिणाम पनि ल्याउन सक्छ । यतिसम्म कि आन्द्रा नै प्वाल पर्न सक्छ । रोगले गम्भीर रूप लिन थालेमा छोटो समयमा ज्यानसमेत जाने खतरा हुन्छ ।

उपचार विधि

१. टाइफाइडलाई सामान्य उपचारबाट पनि निको पार्न सकिन्छ । त्यसका लागि नरम जाउलो, झोल खानेकुराको प्रयोग गर्नुपर्छ । त्यस्तै, शरीरमा जलवियोजन भएमा जीवनजल, सलाइनपानी, पानीको मात्रा बढाउनुपर्छ । शान्त वातावरणमा इसोलेसन गरे पनि यसको उपचार गर्न सकिन्छ । उपचार गर्न सकिन्छ । ज्वरो कम गर्न पानीपट्टी लगाउन सकिन्छ ।

२.  त्यस्तै, १० देखि १४ दिनसम्म अनिवार्य र नियमित औषधि सेवन गर्नुपर्ने हुन्छ ।

३.  यसको साइड इफेक्ट बढी हुने भएकाले उपचारमा विशेष सजगता अपनाउन भने आवश्यक छ ।

४.  त्यस्तै, रोगको गम्भीरतालाई ध्यानमा राखी ड्रग सेन्सिटिभ टेस्ट गरेर नसाका माध्यमबाट पनि यसको उपचार गरिन्छ । पछिल्लो समय यो उपचार विधि लोकप्रिय छ ।

खान हुने तथा मुख बार्नु पर्ने कुराहरु

टाइफाइडका रोगीहरुको पाचन प्रणाली नियमित अवस्थामा भन्दा कमजोर हुने कारण खानु पर्ने कुराहरु र मुख बार्नु पर्ने कुराहरु निकै हुन्छन् । यहाँ हामी खानु पर्ने कुराहरु तथा मुख बार्नु पर्ने कुराहरुको बारेमा जानकारी दिइरहेका छौँ ।

१. झोलिय पदार्थ अत्याधिक पिउँनुहोस्

टाइफाइड जस्तो रोगहरुले प्राय जसो शरिरमा पानीको मात्र कम गर्छन् । यसलाई डिहाइड्रेसन भनिन्छ । यसबाट बच्नका लागि तरल पदार्थहरु अत्याधिक मात्रामा पिउँने गर्नु पर्छ । झोलिय पदार्थ तथा तरल पदार्थको सेवनबाट आफ्नो शरिरमा पानीको मात्रा सन्तुलित राख्न सकिन्छ । झोलिय पदार्थहरुमा पानी, ताजा फलफूलको रस, हर्बल चिया जस्ता कुराहरु पिउँन सकिन्छ ।

टाइफाइडको बेला ताजा फलफूलको जुस पिउँनाले शरिरमा भएका विषाक्त पदार्थहरु तथा अन्य विकारहरुलाई शरिरबाट बाहिर निकाल्न सहयोग गर्छ । यसका अतिरिक्त मदिरा जन्य पदार्थहरु तथा कोल्ड ड्रिङ्सहरु भने शरिरका लागि हानिकारक हुन्छन् ।

२. लसुनको सेवन

लसुन सबैको लागि स्वास्थकारी हुन्छ । टाइफाइडको ज्वरो नियन्त्रण गर्न पनि लसुन सहायक सिद्ध हुन्छ । लसुनमा हुने एन्टिअक्सिडेन्टले शरिरका विकारहरु बाहिर निकालेर शरिरलाई शुद्धिकरण गर्न सहयोग पुर्याउँछ । यस्तै लसुनले किड्नीमा भएका अनावश्यक कुराहरुलाई पनि बाहिर निकाल्न मद्दत गर्छ ।

लसुनको अत्याधिक लाभ लिनका लागि यसलाई काँचो अथवा थोरै मात्रै पकाएर खाँदा राम्रो हुन्छ । तेलमा फुराएको लसुनले स्वाद दिन्छ तर स्वास्थ्यमा धेरै लाभ पुर्याउँदैन ।

३. तुलसी

तुलसी हिन्दु धर्ममा पवित्र तथा स्वास्थ्यमा महत्वपुर्ण जडिबुटी मानिन्छ । टाइफाइडको ज्वरोको कारणले सुन्निएको समस्यामा अथवा जोर्नीहरुमा हुने दुखाइ कम गर्न तुलसीले सहयोग गर्छ । अहिले पाउँने तुलसी चिया पनि फाइदाकारी हुन्छ ।

तुलसीबाट फाइदा लिनका लागि पानीमा उमालेर टाइफाइडका रोगीलाई दिदा निकै उपयोगी हुन्छ । चाँडो राहत पाउँनका लागि अदुवाको रस या मरिचको पाउडरमा तुलसीको रस मिसाएर रोगीलाई दिनुहोस् ।

यसका अतिरिक्त दुध तथा दुधजन्य पदार्थहरु अधिक पिउँनुहोस् । पालक, बन्दाकोभी, काउली तथा गाजरहरुको सेवन गर्नुहोस् ।

घिउ, क्रिम जस्ता कुराहरु मिठाइ तथा मसलेदार खानेकुराहरु नखानुहोस् ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ । धन्यवाद ।

Topics #टाइफाइड #टाइफाइड उपचार #टाइफाइड भनेको के हो #रोकथाम