# लामखुट्टेमा हुन्छन् सेन्सर

डा. महुलियाको भनाई अनुसार लामखुट्टेमा मानिस र जनावर भएको ठाउँ थाहा पाउनका लागि एक विशेष प्रकारको सेन्सर हुन्छ । आफ्नो शिकारलाई यसै सेन्सरको प्रयोग गरेर खोज्ने गर्दछन् । लामखुट्टेलाई के कुराले आकर्षित गर्छ, त्यसबारे संसारभरी थुप्रै अनुसन्धान भइसकेको छ ।

# मात्र पोथी लामखुट्टेले टोक्छन्

हामीमध्ये धेरैलाई थाहा होला, पोथी लामखुट्टेले मात्र टोक्ने गर्दछन् । भाले लामखुट्टे शाकाहारी हुन्छन् र बोट बिरुवाको रस चुसेर बाँचिरहेका हुन्छन् । पोथी लामखुट्टेलाई मानव रगतको आवश्यकता लार्भा उत्पादनका लागि आवश्यक पर्दछ ।

# उमेर र लिङ्ग

महिलाको तुलनामा पुरुष र बच्चाको तुलनामा वयस्कलाई लामखुट्टेले धेरै टोक्ने अनुसन्धानबाट पत्ता लागेको छ । (सेन्ट्रल फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन, यूएसए)

# पसिना

धेरै पसिनाले लामखुट्टलाई आकर्षित गर्दछ । एउटा लामखुट्टेलाई आवश्यक पर्ने सबैकुरा यसमा पाइन्छन् । (यूनिभर्सिटी अफ फ्लोरिडा)

# लामखुट्टेमा हुन्छन् सेन्सर

डा. महुलियाको भनाई अनुसार लामखुट्टेमा मानिस र जनावर भएको ठाउँ थाहा पाउनका लागि एक विशेष प्रकारको सेन्सर हुन्छ । आफ्नो शिकारलाई यसै सेन्सरको प्रयोग गरेर खोज्ने गर्दछन् । लामखुट्टेलाई के कुराले आकर्षित गर्छ, त्यसबारे संसारभरी थुप्रै अनुसन्धान भइसकेको छ ।

# शरिरको तापक्रम

लामखुट्टे शरिरको तापक्रम मार्फत पनि आफ्नो शिकारको खोजी गर्दछ । मानिसको शरिरको तापक्रम लामखुट्टेका लागि आइडियल हुने गर्दछ । (लोभा स्टेट युनिभर्सिटी डिपार्टमेन्ट अफ एन्टोमोलोजी)

# रङ

थुप्रै अनुसन्धानले कालो, निलो, रातो जस्तो गाढा रङको कपडामा लामखुट्टे आकर्षित हुने बताएको छ । (युनिभर्सिटी अफ नेब्रास्का लिंकन, यूएसए)

# बास्ना

बास्नाले पनि लामखुट्टेलाई आकर्षित गर्दछ । यदि तपाईंले परफ्युम र डियो लगाउनुभएको छ भने तपाईंलाई लामखुट्टेले टोक्ने सम्भावना धेरै छ । (न्यू मेक्सिको स्टेट युनिभर्सिटी)

# स्किन केयर प्रोडक्ट

अधिकांश स्किन केयर क्रिममा ल्याक्टिक एसिड हुने गर्दछ जसले लामखुट्टेलाई आकर्षित गर्दछ । (यूनिभर्सिटी अफ क्यालिफोर्निया)

# कोलेस्ट्रोल

जो मानिसहरुको कोलेस्ट्रोलको स्तर धेरै छ उनीहरुलाई लामखुट्टेले धेरै टोक्छ । (युनिभर्सिटी अफ फ्लोरिडा)

# मोटोपन

मोटो मान्छेहरुले धेरै तापक्रम र कार्बनडाइअक्साइड पैदा गर्ने गर्दछन् । उनीहरुको बडी मास धेरै हुन्छ यसकारण उनीहरुलाई लामखुट्टेले धेरै टोक्छ । (सेन्ठर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन, यूएसए)

# शरिरको गन्ध

लामखुट्टेले शरिको गन्धमार्फत पनि मानिस भएको ठाउँ थाहा पाउँछ । जति कडा गन्ध हुन्छ लामखुट्टेले टोक्ने सम्भावना त्यति धेरै हुन्छ । (जर्नल करन्ट बायोलोजी)

# गर्भवती

सामान्य महिलाको तुलनामा गर्भवती महिलालाई लामखुट्टेले टोक्ने सम्भावना दोब्बर हुन्छ ।