अंगु्र हेर्दा जति आकर्षक लाग्छ, उति नै धेरै यसका फाइदा पनि छन् । कब्जियत, अपचदेखि मृगौला तथा मांसपेशीका समस्यासम्म अंगुरले फाइदा पुर्याउँछ । अंगुरको बियाँले सुन्निने समस्या समाधान गर्छ भने मधुमेहका कारण आँखाको समस्या हुन दिँदैंन् ।

अंगुर पोलिफेनोस र फेनोलजस्ता फाइटोन्युट्रियन्ट्स, भिटामिन के, ए, सि र बी ६जस्ता भिटामिनको स्रोत हो । यसका साथै यसमा थियामिन, रिवोफ्लाभिन, नियासिन, फोलेट र पोटासियम, क्याल्सियम, म्याग्नेसियम, फोस्फोरस, सोडियमजस्ता मिनरल्स हुन्छन् । अंगुरमा फाइबर, कार्बोहाइड्रेट, एन्टीअक्सिडेन्ट, प्रोटिन, फ्लाभोनोइड पनि हुन्छन् । यी तत्वले उमेर वृद्धि गर्नुका साथै यसमा भएका उच्च पोषकतत्वले स्वस्थ र सक्रिय जीवन सुनिश्चित गर्छ ।

स्वास्थ्यमा के–के फाइदा गर्छ ?

१. अपचमा- यसले अपच र पेटको इरिटेसन हटाउन मद्दत गर्छ।

२. मुटु रोगमा – अंगुरले रगतमा नाइट्रिक अक्साइडको मात्रा बढाउँछ, रगत जम्नबाट रोक्छ र हृदयाघातको खतरा कम हुन्छ।

३. दममा – यसले फोक्सोमा आर्द्रता बढाउने भएकाले अंगुर दमको समस्या समाधान गर्न मद्दत गर्छ

४. माइग्रेनमा – अंगुरको जुस माइग्रेनमा उपयोगी मानिन्छ । यसका लागि पानी नमिसाइकन बिहान सबेरै जुस पिउनुपर्छ।

५. कब्जियतमा – यसले कब्जियत घटाउन मद्दत गर्छ किनकि यसमा अर्गानिक एसिड, सुगर र सेलुलोज हुन्छन् । यसले क्रोनिक कब्जियतलाई समेत निको पार्छ।

६. थकानमा – सेतो अंगुरले शरीरमा आइरनको मात्रा बढाउँछ र शरीर थाक्नबाट बचाउँछ । यद्यपि डार्क खालका अंगुरले आइरनको मात्रा घटाउँछ । अंगुरको जुस सेवन गर्दा तत्काल ऊर्जा प्राप्त हुन्छ । यसमा भएको एन्टिअक्सिडेन्ट तत्वले रोग प्रतिरोधी प्रणालीलाई पनि मजबुत बनाउँछ।

७. मिर्गौलाको समस्यामा- अंगुरले युरिक एसिडबाट अम्लीय पदार्थ हटाउन मद्दत गर्छ र शरीरको प्रणालीबाटै एसिड हटाउँछ र मिर्गौलाको कार्यक्षमता बढ्छ।

८. स्तन क्यान्सरमा – अध्ययनका अनुसार बैजनी रंगका अंगुरले स्तन क्यान्सर रोकथाम गर्न मद्दत गर्छन्।

९. अल्जाइमर रोगमा – अंगुरले दिमागको स्वास्थ्यलाई प्रबद्र्धन गर्छ र न्युरोडिजेनेरेटिभ डिजिज हुनबाट रोक्छ।

यसका साथै अंगुरले वृद्धवृद्धामा हुने मांसपेशीसम्बन्धी समस्या, मोतिबिन्दु र रगतको कोलेस्टेरोल घटाउन मद्दत गर्छ भने क्यान्सरमा पनि उपयोगी मानिन्छ |