रुख कटहर विभिन्न ग्रीष्मकालीन फलहरू मध्ये एक महत्वपूर्ण फल हो । यो नेपाल बाहेक भारत, वर्मा, सिलोन, दक्षिणी चीन,मलाया, श्रीलंका, केनया, युगान्डा, मलेशिया, फिलिपिन्स, थाइलैण्ड, कम्बोडिया, भियतनाम, ब्राजिल, ग्रीष्म अमेरिका, बेस्ट इन्डीज आदि देशहरूमा खेती गर्ने गरिन्छ ।

रुख कटहर नेपालमा तराईदेखि पहाडसम्म हुने विभिन्न नामले चिनिन्छ, कटहर, रुखकटहर, काँडेफल आदि । संसारका फलहरू मध्ये सबैभन्दा ठूलो फल कटहरको हो । यो फल विशेष गरी तरकारीमा प्रयोग हुने भएकोले धेरै उपयोगी मानिन्छ । यस्को गुदी कोया सुगर र भिटामीनहरूको मूख्य श्रोत हो ।

यसको बीउमा प्रोटीन, कार्वोहाइड्रेट र खनिज तत्वहरू पाइन्छ । यस्को फलमा भिटामीन ए र सीको साथै अनैकौ खनिज तत्वहरू पाइन्छ । यसको आर्थिक, सांस्कृतिक तथा धार्मिक महत्व रहेकोले पनि उपयोगिता बढेको छ । यी सबै विशेषताहरूले हाल देखा पर्ने खाद्यान्न संकटलाई तथा कुपोषण समस्यालाई समाधान गर्न अति उपयोगी सिद्ध हुने छ ।

के–कस्तो फाइदा गर्छ

१. बलियो हड्डीका लागि – कटहरमा पर्याप्त मात्रामा पाइने म्याग्नेसियमले हड्डीलाई स्वस्थ्य र बलियो राख्छ । यदी परिवारमा कसैलाई हाड सम्बन्धी समस्या छ भने प्रत्येक हप्ता कटहरको सेवन गराउनुहोस् । यसमा भिटामिन सी र ए पनि पाइन्छ, जसका कारण शरीरमा रोग प्रतिरोधक क्षमतालाई पनि बढाउछ ।

२. अनुहारका लागि – कटहरको दानालाई सुकाउनुहोस् र सुकेको दानालाई पाउडर बनाएर त्यसमा थोरै मह मिसाएर अनुहारमा लेप लगाउनुहोस् । त्यसको १०देखि १५ मिनेट राखेपछि मनतातो पानी र फेसवासले धुनुहोस् । यसो गर्दा अनुहारको दाग हट्छ ।

३. मुटुका लागि – कटहरमा क्यालोरी हुँदैन, त्यसैले यो मुटुसँग जोडिएको थुप्रै रोगीका लागि फलदायी मानिन्छ । कटहरमा पोटासियमको मात्रा बढी हुने भएकाले पनि मुटु रोगीका लागि फाइदाजनक हुन्छ । कटहरको सेवनले उच्च रक्तचापबाट पनि राहत दिन्छ ।

४. जोर्नी दुखाई– कटहरको छालाबाट निस्कने दुधलाई सुन्निएको, घाउ वा काटिएको, फाटिएको अंगमा लगाएमा दुखाईबाट राहत मिल्छ । त्यस्तै जोर्नी दुखेमा कटहरको पातबाट निस्कने दुध लगाएमा राहत मिल्छ ।

५. रक्तअल्पताबाट बचाउछ – कटहरको सब्जी वा यसबाट बनेको अचार आइरनको राम्रो स्रोत हो । यसको सेवनले रक्अल्पताबाट बचाउनका साथै रक्त सञ्चार पनि सामान्य रहन्छ ।

६. आँखाको ज्योति बढाउछ – यदी तपाईलाई पाकेको कटहर मनपर्छ र खाने गर्नुहुन्छ भने यसले तपाईको शरीरमा ताजापन ल्याउँछ । कटहरमा भिटामिन ए पाइन्छ, जसले आँखाको ज्योति बढाउछ र छालामा निखार पनि ल्याउछ ।

७. दमका रोगीका लागि गुणकारी – दमका रोगीका लागि कटहर रामवाणको काम गर्छ । काँचो कटहर उमालेको पानी सेलाएर पिउनुहोस् । नियमित रुपले यसो गर्नाले दमका रोगीलाई फाइदा हुन्छ ।

८. पाचन क्रियालाई तन्दुरुस्त बनाउछ – कटहर सेवन गर्ने व्यक्तिमा अल्सर तथा पाचनसँग जोडिएका समस्या हुँदैन । कटहरमा फाइबरको मात्रा बढी हुने भएकाले कब्ज्यतको समस्याबाट टाढा राख्छ । कटहरको पात सुकाएर बनाएको धुलो अल्सरका रोगीलाई खान दिएमा राहत मिल्छ |