सन्तान उत्पादन नहुनु बाँझोपन हो । वैवाहिक जीवनपश्चात् नियमित शारीरिक सम्बन्ध राख्दासमेत बच्चा नभएमा बाँझोपनको आशंका गर्नुपर्छ । बाँझोपन हुनुका थुप्रै कारण हुन्छन् । बाँझोपनका लागि कुनै एक कारण मात्र जिम्मेवार हुँदैन ।

महिला र पुरुष दुवैमा हुने जनेन्द्रियसम्बन्धी समस्याले पनि बाँझोपन हुन सक्छ । त्यसैले गर्भधारण गरी सन्तान जन्माउन नसक्नुमा महिलालाई मात्र दोष दिनु उचित हुँदैन । यस्तो समस्यामा पुरुष पनि उत्तिकै जिम्मेवार हुन्छन् । यसर्थ, दुवैजनाले आ–आफ्नो स्वास्थ्य वेलैमा जाँच गराई समस्याको मूल पहिल्याउनुपर्दछ ।

पुरुषमा: पुरुषमा वीर्य उत्पादनमा कमी हुँदा वा नहुँदा, अत्यधिक लागुपदार्थ सेवन गर्दा, सम्भोगमा करिब दुई एमएल वीर्य स्खलन नहुँदा पनि बाँझोपनको समस्या आउन सक्छ । सामान्यतया स्वस्थ व्यक्तिको वीर्यमा शुक्राणुको संख्या चार करोडदेखि १० करोडसम्म हुन्छ । कुल शुक्राणुमध्ये करिब ३५ प्रतिशत शुक्राणुको बनावट गर्भाधान गर्न योग्य हुन्छ । त्यसैले शुक्राणुको मात्रा कम देखिएमा पनि यस्तो समस्या आउन सक्छ ।

महिलामा: प्रजनन अंग पूर्ण रूपमा विकसित नहुँदा, डिम्बबाहिनी नली अर्थात् फोलिपियन ट्युबमा अवरोध सिर्जना हुँदा, पाठेघरमा घाउ भएमा, श्वेतप्रदर (ल्युरोकोरिया), गर्भाशयमा ग्रिवा सोथ, डिम्बाशयमा सिस्ट हुँदा बाँझोपनको समस्या निम्तिन सक्छ । डिम्ब निष्कासन नहुँदा, थाइराइड ग्रन्थिको हर्मोनमा समस्या देखिँदा, शारीरिक एवं मानसिक तनावलगायतका कारणले पनि महिलामा बाँझोपनको अवस्था निम्तिन्छ ।

होमियोप्याथिक उपचार : हुन त बाझोपनको उपचार हेतु बिभिन्न बिधिहरु छन्। यहाँ होमियोप्याथिक औषधोपचार बारे मात्र संक्षिप्तमा उल्लेख गरिएको छ। बाँझोपनका उपचारमा रोगीको मानसिक एवं शारीरिक लक्षणहरुको आधारमा सफलतापुर्वक प्रयोग गरिने केहि औषधिहरु निम्न लिखित छन।

(१) सिपिया – ३०/ शक्ति–गर्भाशयसंग सम्बन्धित रोग एवं बाँझोपनको लागि यो मुख्य औषधि हो। बिहान र बेलुकी दुईपटक यसको सेवन गर्दा लाभदायक हुन्छ।

(२) प्लेटिना – ३०/ शक्ति – महिनावारी अनियमित हुनु, तिब्र कामवासनाको प्रवृति हुनु, अत्यन्त संवेदनशिल र भावुक स्वभावको हुनु, हिस्टिया रोगको लक्षण हुनु। यस किसिमको लक्षणमा यसको प्रयोग उपयोगो हुन्छ।

(३) थ्लेपसि वर्सा पेस्टोरिस –क्यू (मदर टिन्चर) महिनावारी को अलावा अरु समयमा पनि रक्तस्राव हुनु, बढि मात्रामा हुनु, रगतको दाग धुँदापनि नजानु , स्राव हुने समय दर्द हुनु आदि लक्षण भएको महिलालाई यस औषधिको मुलअर्क बिहान–बेलुकि दुई चम्चा पानीमा चार/पाँच थोपा हालेर सेवन गर्दा फाईदा हुनुका साथै यसबाट गर्भाधान हुने संभावना बढिरहन्छ। यस बाहेक प्रयोग हुने औषधिहरुमा पल्सेटिला , कल्केरिया कार्ब, कोनियम, नेट्रम म्युर, बोरेक्स, मेडोरिनम, कालिफोस, कल्करिया फ्लोर, लकेसिस, आरम मेट, नेटृम कार्ब, औभाटोस्टा, थायरायडिनम, फासफोरस, फेम मेटालिकम आदि छन्।
उपरोक्त औषधिहरुको प्रयोग आफ्नो नजिक रहेको चिकित्सकस‌ंग सल्लाह लिई प्रयोग गर्दा उपतुक्त हुन्छ।