यस्ता छन फर्सीका फाइदाहरु हेर्नुहोस : थाहा पाउनुभयो भने बियाँ पनि छोड्न मन लाग्दैन

1.कमलपित्त, क्षयरोग, बढी तिर्खा लाग्ने, कलेजोमा खटिरा जस्ता रोगलाई कम गर्न सहयोग पुर्याउछ ।

2.कब्जियत भएमा तथा टाउको दुखेमा पनि फाइदा गर्छ ।

3.पायल्स र शरीरभित्र जलन हुँदा पनि फलदायी हुन्छ ।

4.गाईवस्तुमा थुनेलो रोग लागेमा पाकेको फर्सीको भेट्नु पानीमा घोटेर लगाउँदा ठिक हुन्छ । यसको लेपले विषालु किराको विष पनि हट्छ ।

5.फर्सीको बियाले शरीरमा भएको पत्थरी निकाल्छ ।

6.फर्सीको बियाँ छोडाई यसलाई पिँधेर ओठमा लगाउँदा ओठ फुटेको, चिरिएको तथा सुख्खापन भएको निको हुन्छ ।

7.निन्द्रा नलाग्ने रोगमा पनि यसले फाइदा गर्छ ।

8.रुखो कपाललाई नरम बनाउँछ ।

9.फर्सीका १०–१५ बियाँ नियमित खाँदा छाती पोलेको ठीक हुन्छ ।