मिर्गौलाको मुख्य काम रगतलाई फिल्टर गरी सफा गर्ने र विकार वस्तुलाई पिसाबबाट बाहिर फ्याँक्ने हो । यो क्रममा यदि फिल्टर भएको वस्तुको मात्रा बढ्न गए वा फिल्टर भएर गैसकेपछि पिसाबको वहाबमा कुनै किसिमको अवरोध आएमा वा शरीरभित्रको मेटावोलिजममा समस्या भएमा पत्थरी हुन सक्छ ।

कतिपय अवस्थामा पत्थरीको समस्या जन्मजात पनि हुन्छ । वंशाणुगत युरिक एसिड र अक्जालेटको मेटाबोलिजममा गडबड भयो भने पनि मिर्गौैलामा पत्थरी हुने सम्भावना बढी हुन्छ । जन्मजात समस्या भएकामा शरीरले खाएको तत्वबाट निस्कने विकार वस्तुको मात्रा धेरै हुन्छ र पत्थरी बन्न जान्छ ।

संक्रमणका कारण क्षयरोग भयो भने मिर्गौलामा पत्थरी बन्ने प्रकृया सुरु हुन्छ । साना साना कण जम्मा भएर पिसाबमा भएको नुनको तत्व जम्मा भएर ढुङ्गा बन्न थाल्छ ।

लक्षणहरु

१. ढाड पछाडि दुख्नु,

२. लोइन टु ग्रोइन पेन। कहिलेकाहीँ पत्थरीको सानो कण पिसाबको नलीमा गएर अड्किएमा अचानक र अत्याधिक हुने दुखाइ।

३. पिसाबमा रगत देखा पर्नु वा पिसाब धमिलो हुनु,

४. पिसाबनलीमा इन्फेक्सन हुनु, ज्वरो आउनुऽ,

५. हाइड्रो नेफ्रोसिस हुनु। पत्थरीको सानो कण पिसाबनलीमा अड्किँदा किड्नी फुल्न सक्छ र किड्नीको दायाँ वा बायाँ अथवा दुवै साइडमा दुख्न सक्छ।

६. बिना लक्षण नै पत्थरी हुनु। मिर्गौलाको पत्थरीको कुनै लक्षण नदेखिन सक्छ। यसलाई यसिम्टोम्याटिक भनिन्छ। यसले गर्दा कतिलाई किड्नी फेल भएको थाहा नहुन सक्छ। र, मिर्गौला फेलियरको अवस्थामा बिरामीहरु अस्पताल आउँछन्।

खान नहुने (बेफाइदा गर्ने)

१ पालुङ्गो साग
२ टमाटर
३ अमला
४ काजु
५ काँक्रो
६ काउली
७ फर्सी
८ च्याउ
९ भण्टा

खान हनुे (फाइदा गर्ने)

१ नरीवलको पानी
२ मकै
३ जौ
४ भूइकटहरको जूस
५ केरा
६ कागति बदाम
७ कागति
८ गाजर
९ चना
१० करेला
११ गहतको दाल

उपचार

साधारणतया ५ मिलिमिटर अर्थात् मासको दाना आकारको पत्थर छ भने पानी तथा झोलपदार्थ बढी सेवन गर्दा र नियमित अभ्यास गर्दा आफै निस्कन सक्छ । तर पत्थर मिर्गौलाको कुन कोठामा बसेको छ, प्रकृति कस्तो छ, निस्कने बाटो कस्तो छ त्यसमा भर पर्छ । यसरी निस्केको पत्थरलाई प्रयोगशालामा जाँच गरी कुन प्रकारको हो पहिचान गर्नुपर्छ ।

पत्थरी भैसकेपछि सबैभन्दा पहिला त्यसले गरेको असरमै ध्यान दिनुपर्छ । त्यसले मिर्गौलालाई असर गरेको छ भने इमरजेन्सी उपचार गर्नुपर्ने हुन्छ किनभने त्यसले मिर्गौलालाई कालान्तरमा काम नगर्ने बनाउन सक्छ । यदि मिर्गौलालाई असर गरेको छैन भने, तल्लो कोठामा बसेको छ छने, केही समय कुरेर पनि उपचार गर्न सकिन्छ । पत्थरको प्रकृति हेरेर विभिन्न उपचार प्रकृया अपनाउनुपर्छ ।

सामान्य २ सेन्टिमिटरसम्मको पत्थरलाई २ देखि ३ सेसनमा बाहिरबाट एउटा रेजले फुटाएर धरलो पारी ९लिथोट्रप्स० निकाल्न सकिन्छ । यसका लागि बिरामीलाई बेहोस नपारी २ घण्टामा निकालिन्छ । यो प्रकृयाबाट पत्थर फुट्छ भन्ने ग्यारेन्टी हुँदैन । फुटिसकेपछि पनि दुख्ने, पिसाबमा रगत जाने हुन्छ । उच्च रक्तचाप, रगत जाने समस्यामा वा मिर्गौला अन्यत्र बसेको अवस्थामा यो विधि अपनाउन सकिदैन ।

२ सेन्टिमिटरभन्दा ठूलो पत्थरी भएमा पिसीएनएल प्रविधि अपनाउन सकिन्छ । मिर्गौलाको पत्थरीलाई फोकस गरेर एउटा सानो सुइरोले सानो प्वाल पारेर विस्तारै ठूलो बनाउदै कलम छिर्ने प्वाल बनाइ त्यसबाट मेसीनभित्र छिराइ पत्थरलाई टुक्रा पारी वास गरि बाहिर निकालिन्छ । यो प्रविधिद्वारा पत्थर पूर्णरुपमा बाहिर निकालिन्छ ।

त्यसै गरि मुत्र नलीबाट गएर मिर्गौलाको पत्थरलाई लेजरले धुलो बनाई निकाल्न सकिन्छ । यो मझौला खालको पत्थरीका लागि बढी प्रभावकारी मानिन्छ । तर, यो प्रविधि महंगो त छँदैंछ, इन्फेक्सन हुने संभावना पनि हुन्छ ।
पत्थरी निकालियो अब म ठिक छु भनेर बस्नु हुँदैन ।

यसरी निकालिएको पत्थरी जाँच गरि कुन प्रकारको हो पहिचान गरि त्यसैअनुसार खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । खानपानमा ध्यान दिन सकिएन भने पुनः पत्थरी बन्ने सम्भावना हुन्छ ।