# नेपालीले बिहान, बेलुकीको खानासँगै चटनीको प्रयोग गर्छन् । अधिकांशले चटनीलाई स्वादको लागि मात्र प्रयोग गरेको पाइन्छ । तर, चटनीले खानालाई स्वादिष्ट बनाउने मात्र काम गर्दैन । यसमा कैयौँ औषधीय गुण पनि हुन्छन् ।

१. टमटरको चटनी
टमटरमा भिटामिन सी, लाइकोपिन, भिटामिन र पोटासियमको मात्रा अत्यधिक हुन्छ । टमटरको चटनीले शरीरमा कोलेस्ट्रोलको मात्रालाई काम गर्ने काम पनि गर्छ । तौल कम गर्न चाहनेका लागिसमेत टमटरको चटनी अचुक बन्न सक्छ ।

२. धनियाँको चटनी
धनियाँको चटनीमा भिटामिन सी र प्रोटिनको मात्रा अत्यधिक हुन्छ । धनियाँको चटनीको प्रयोगले मधुमेहजस्ता रोगलाई समेत दूर गर्ने काम गर्छ । यसका साथै पुदिनाको चटनीमा पनि एन्टिब्याक्टेरियल गुण हुन्छ । जसले कब्जियतजस्ता समस्याबाट छुटकरा दिलाउँछ । धनियाँ, अदुवा र लसुन मिसाएर चटनीको प्रयोग गरेमा स्वास्थ्यलाई निकै फाइदा पु¥याउँछ ।

३. प्याज र लसुनको चटनी
लसुन एक शक्तिशाली प्राकृतिक एन्टिबायोटिक, एन्टिफंगल र एन्टिब्याक्टेरियल हर्ब हो । यसले उमेरअनुसार हुने असामान्य शारीरिक परिवर्तलाई रोक्नुका साथै कैयौँ सम्भावित रोगसमेत निको पार्छ ।

४. अमलाको चटनी
अमलाको चटनी खानाले शरीरको रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ । यसमा भिटामिन सीलगायतका पौष्टिक तत्व हुन्छन् । अमलाको चटनीमा अदुवा र कागती मिलाएर प्रयोग गरेमा मुटुरोगको सम्भावनाबाट पनि बचाउँछ ।

 

# नेपालीलाई दाल, भात र तरकारीसँग अलिकति अचार पनि चाहिन्छ नै । अचार स्वादिष्ट हुनाले खाना रुचाउन यसले मद्दत गर्छ । बट्टामा खाँदिएको अचार बजारमा सजिलै पाइन्छ ।

तर नियमित रूपमा अचार खाँदा यसले स्वास्थ्यमा हानि पु–याउँछ । स्वादिष्ट अचारका साइड इफेक्टहरू पनि हुन्छन् । जानौं अचारले गर्न सक्ने हानिका बारेमा 

१. मधुमेहका लागि हानिकारक: मधुमेहका रोगीले अचार खानै हुँदैन । अचार बनाउँदा लामो समय टिकोस् भनेर चिनी पनि हालिएको हुन्छ । चिनीयुक्त अचार मधुमेहको रोगीले सेवन गर्नुहुँदैन ।

२. पाचनप्रणालीमा असर: धेर अचार खाादा पेट फुल्छ र दुख्छ । धेर अचार खाने मानिसलाई पेटको क्यान्सर हुने सम्भावना हुन्छ ।

३. आन्द्रामा अल्सर: अचारमा मसला र तेल धेरै हालिएको हुन्छ । यसको अत्यधिक सेवनले आन्द्रामा अल्सर हुनसक्छ ।

४. उच्च रक्तचाप: अचारमा धेरै नून हालिएको हुन्छ र धेर नून खाँदा रक्तचाप बढ्न थालछ । तपाईंलाई उच्च रक्तचाप छ भने अचार नखानुस् ।

५. शरीर सुन्निने: अचारलाई लामो समयसम्म सुरक्षित राख्नका लागि सोडियमयुक्त नून हालिएको हुन्छ । सोडियमका कारण शरीरले पानीको मात्रा कायम राखेर अस्म्याटिक सन्तुलन गराउनुपर्ने हुन्छ जसकारण शरीर सुन्निन्छ । शरीर बढी नै सुन्नियो भने चिकित्सकलाई देखाउनुस् ।

६. ट्राईग्लिसराइड उच्च: अचारमा हालिने प्रिजर्भेटिभ्सले त्यसको आयु त बढाउँछन् तर स्वासथ्यलाई हानि पु–याउँछन् । प्रिजर्भेटिभ्समा तेलको मात्रा बढी हुन्छ र शरीरमा ट्राईग्लिसराइडको स्तर बढ्छ ।

अचारले स्वाद बढाएपनि स्वास्थ्यमा धेरै समस्या ल्याउने हुनाले सकेसम्म बट्टामा खाँदिएको अचार खाँदै नखानुस् । दिनदिनै घरमा ताजा चटनी बनाएर खाने गर्नुस् बरू । अचारमा जिभ्रो झुण्डिएको छ भने त्यसको मात्रा आजैबाट घटाउन थाल्नुस् ।