शताब्दियौंदेखि मानिसहरू पीपलको रुखको पूजा गरिरहेका छन् । धर्तीमा भएका रुखमध्ये यसैले सबभन्दा बढी अक्सिजन फाल्छ । यसले चौबीसै घन्टा अक्सिजन दिन्छ ।पीपलले हामीलाई अनेकथरी रोगबाट बचाउँछ । यसका सुकेका पात, सुकेका फल, जरा र बीजले समेत शरीरलाई फाइदै फाइदा गराउँछ । आउनुस्, यसका फाइदाका बारेमा जानिराखौं ।

१. स्वास प्रस्वासमा कठिनाई – स्वासप्रूवास सम्वन्धी कुनै पनि प्रकारको समस्या पीपलको बोटको नजिब बस्नु भएमा धेरै फाइदा हुन्छ । यसको लागि पीपलको बोटको बोक्राको केही हिस्सा निकालेर सुकाई सकेपछि यसको चुर्ण बनाइ खानाले स्वासप्रस्वास सम्वन्धि सबै रोग निको हुन्छ । यसको अलवा यसको पत्ता दुतमा उमालेर पिउनाले पनि सबै दम सम्वन्धि रोग निको हुन्छ ।

२. ग्यास्ट्रिक वा कब्जियतको लागि – पीपलको पत्ताको प्रयोग कब्जियत वा ग्यासको समस्यामा औषधीको रुपमा प्रयोग गर्न सकिन्छ । यसलाई पित्तानाशक पनि मानिन्छ , त्यसैले पेटको समस्यको लागि यसको प्रायोग लाभदायिक हुन्छ । यसको ताज ताज पातको रस निकालेर बिहान बेलुका एक एक चम्चा खानाले पित्ताको समस्या पनि समाप्त भएर जान्छ ।

३. दाँतको लागि उपयोगि – पीपलको दन्तमंजन बनाई दात माज्नाले दांत बलियो हुन्छ , दाँतको दुखाईको समस्य समेत निको हुन्छ । यसको अलवा १० ग्राम पीपल को छाला, कत्था और २ ग्राम कालो मरिच पिसेर मंजन बनाई प्रयोग गर्नले दातको समस्य समाधान हुन्छ ।

४. विषको असर कम- प्रभाव कम गर्छ तपाइलाइ कुनै बिषालु जनवारले टोकेमा त्यस समयमा कुनै डाक्टर आउन ढिलाइ भएको हुन सक्छ त्यस्तो समयमा जब पीपलको पत्ताको रस थोरै थोरै पिलाउनाले विषको असर कम हुदै जान्छ ।

५. छाला सम्वन्धि रोग – छालामा हुने कुनै पनि रोग जस्तै दाद , चिलाउने मा पनि पीपलको कमलो पात त्यसै चपाउने वा कमलो पत्ताको काडा पानी बनाई पिउनाले राम्रो हुन्छ । यसको अलवा छाला पुmस्रो हुने समस्य पीपल को छालाको पिसेर लगाउनाले फाइदा हुन्छ ।

६. रुघाखाकीमा पनि– रुघाखोकी जस्ता समस्यमा पनि पीपल लाभदायक हुन्छ । पीपलकोपत्ता सुकाएर मिश्रीको साथ यसको काढा पानी बनाएर पिउन सकिन्छ । यसले रुघा छिटो निको हुन्छ ।

७. तनाव कम गर्न पीपलमा एंटीऑक्सीडेंट भरिपुर्ण रुपमा पाइन्छ , यसको कमलो पत्ता नियमित रूपले चपाउनाले तनावमा कमी आउन थाल्छ , बढौलीपनवाट पनि टाढै राख्न मद्दत गर्छ ।

८.फुटेको दवाई तपाइको हात खुट्टा फुट्ने समस्य छ भने फाटेको एरियामा पीपलको पात को दुध निकालेर लगाउनाले केही दिनमै फुटेको निको हुन्छ ।

९. चाउरी
पीपलको जरालाई पानीमा भिजाएर पिँध्नुस् र यसको पेस्टलाई अनुहारमा दल्नुस् । पेस्ट सुकेपछि अनुहार धुनुस् । यसलाई नियमित लगाउँदा चाउरी हट्छ ।

१०. दाद र चिलाउने
दाद र छाला चिलाउने समस्या छ भने पीपलका चार पातहरू चपाई चपाई खानुस् । यसो गर्न सक्नुहुन्न भने पीपलको बोक्राको काँढा बनाउनुस् र दाद लागेको ठाउँमा लगाउनुस् ।

११. पेट ठीक गर्न
कब्जियत, ग्यास र पेटको समस्यालाई हटाउन पीपलको ताजा पातको जुस बिहान बेलुका पिउनुस् । यो जुसले वात र पित्त पनि ठीक हुन्छ ।

१२. दम
दमको रोगीका लागि पीपल त वरदानै हो । पीपलको बोक्राको भित्री भागलाई निकालेर सुकाउनुस् । सुकाएपछि धूलो बनाउनुस् र पानीमा भिजाएर दम रोगीलाई पिलाउनुस् ।

१३. घाउचोटमा
घाउ लागेपछि छिट्टो सुकाउनका लागि पीपलका पातलाई तातो पानीमा राख्नुस् अनि घाउमा लगाउनुस् । यसले घाउ सुकाउन थाल्छ ।

१४. पाइताला नरम बनाउन
पीपलको पातबाट निस्कने दूधलाई फाटेको पाइतालामा दल्दा तिनीहरू कोमल र सामान्य हुन्छन् ।

१५. नाथ्री फुट्ने
गर्मीमा प्रायः मानिसको नाथ्री फुट्छ । पीपलका ताजा पातको रस निकालेर नाकमा चुहाउनुस् । यसो गर्दा रगत बग्न बन्द हुन्छ ।