– खलासीको काम गर्दा गर्दै रजनीकान्त सुपरस्टार बने ।

– ड्राइभरको काम गर्दा गर्दै एल्विस प्रिस्ले विख्यात गायक बने ।

– कवाडीको काम गर्दा गर्दै स्टिभ जब्स् एप्पलका मालिक बने ।

– वेटरको काम गर्दा गर्दै लियोनेल मेस्सी धनी फुटवल प्लेयर बने ।

– सानैमा चोरी गर्दै हिड्ने विकाशानन्द धार्मिक गुरू बने ।

– साग बेच्दै हिड्ने थोमस एडिसन वैज्ञानिक बने ।

– सात कक्षा फेल रामकृष्ण ढकाल चर्चीत गायक बने ।

– भिख माग्ने चार्ली च्याप्लिन नामी हास्य कलाकार बने ।

– चिया बेच्ने मोदी भारतका प्रधानमन्त्री बने ।

– दुई सय रूपिया बोकि निस्केका पुष्कर शाहले विश्व घुमे ।

– कलेज छोडेका विल गेट्स विश्वकै धनी व्यक्ति बने ।

– कलेजकै औसत विद्यार्थी मार्क जुकरबर्ग फेसवुकका मालिक बने ।

– सात पटक एसएलसी फेल रविन्द्रनाथ टैगोर विश्वकवी बने ।

– लहै लहैमा गित गाउदा गाउदै अमृत गुरूङ नामी गायक बने ।

– लम्बु भनेर होच्याइएका अमिताभ बच्चन महानायक बने ।

– मुम्बइ हेर्छु भनी ट्याक्सी चढेर आएका शाहरूख खान किङ खान बने ।

– घरेलु नोकर म्याक्सिम गोर्की महान् लेखक बने ।

– पेट्रोल पम्पमा काम गर्ने धिरूभाई अम्बानी भारतकै धनाढ्य बने ।

– खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन ।

– अन्धो हुदाँहुदै होमरले इलियड र ओडेसी जस्ता महाकाव्य लेखे ।

– कुँजो स्टिफन हकिङले व्ल्याक होलको रहस्य खोले ।

– कुनैबेला तुना-चप्पल र जाँगे लगाइ हिड्ने बाबुराम भट्टराई नेपालको प्रधानमन्त्री बने ।

– गरिबीले थिचिएका मोजर्ट संसारकै नामी संगीतकार बने ।

– SLC पास रेखा थापा चर्चित नायिका बनिन् ।

– तिन पटक SLC फेल हरिवंश आचार्य नामी कलाकार बने ।

– पुस्तक पसलमा कामगर्ने माइकल फराडे वैज्ञानिक बने ।

– कलेज छोडेर हिडेका लियो टोल्सटोय टप टेन साहित्यकार बने ।

– स्कूलको मुख नदेखेका जोन डी रकेफेलर विश्वकै धनी बने ।

– झण्डै दुइ सय डलर गोजीमा हालेर अमेरिका छिरेका ब्रुस ली मार्सल आर्टका गरू बने ।

– थर्ड डिभिजनमा SLC पास गरेका महात्मा गान्धी विश्व नेता बने ।

– तिन डलर बोकेर विजनेसमा छिरेका एड्रयु कारनेगी धनाढ्य बन्न सके ।

– हल्लिदै हिड्ने एडोल्फ हिट्लर जर्मनीको शासक बने ।

– दाउरेको छोरा अब्राहम लिंकन अमेरिकाको राष्ट्रपती बने ।

– कुनैबेलाका सैनिक विन्स्टन चर्चिल बेलायतका प्रधानमन्त्री बने ।

– मन्दबुद्धीको भनिएका अल्बर्ट आइन्स्टाइन संसारकै जिनियस वैज्ञानिक बने ।

सफलता दश सुत्रहरु
(i) आफ्नो लक्ष्य निर्धारण गर्नुहोस र सधै त्यसमा कठिबद्द भएर लाग्नुहोस् ।

(ii) डरलाई सधैभरि जित्नुहोस । म सफल बन्दिन, यो काम गर्न सक्दिन, ममा खुबि र दक्षता नै छैन, म अरुजस्तो छैन भन्ने भावनालाई आजैदेखी टाढा राख्नुहोस् ।

(iii) धैर्यशिल रहनुहोस् । एक रात मै सफल हुन सकिदैन भन्ने तथ्य बुझ्नुहोस् र लगातारको मेहनतले नै सफलता देखाउने हो भन्ने कुरालाई ख्याल गर्नुहोस् ।

(iv) धेरै सोचेर र प्लान गरेर नबस्नुहोस् । कुनै काम गर्नु छ भने त्यसलाई तरुन्तै सम्पन्न गर्नुहोस् ।

(v) सधै खुल्ला सोच राख्नुहोस् । जीवनमा सफलता पाउन धरै बाटाहरु रहेको तथ्य नभुल्नहोस् ।

(vi) सफल व्यक्तिको जिवनीबाट पाइने एउटा ज्ञान भनेको स्याक्रिफाइज हो । त्यसैले केही ठूलो पाउन ससाना कुरा गुमाउनपर्छ भने नडराउनु होस् । त्यस्तै टिभी, इन्टरनेट, अनावश्यक घुमघाम र खराब बानीबाट टाढा बस्नुहोस् ।

(vii) आफू सहि बाटोमा छु कि छुइन भनेर सधैभरी सचेत रहनुहोस् । यदि गलत बाटोमा हुनुहुन्छ भने जति मेहनत गरेपनि त्यसले तपाईको लक्ष्यमा केही महत्व राख्दैन ।

(viii) लक्ष्यमा पुग्न आफूले कति बाटो हिड्न बांकी छ भन्दा पनि कति बाटो हिडिसके भनेर सधैभरी ख्याल राख्नहोस् । यसले एकातर्फ आफूले गरेको मेहनत सम्झाउँछ भने अर्को तर्फ लक्ष्यमा पुग्न थप उर्जा र प्रेरणा दिन्छ ।

(ix) मानिसलाई सफलताको लागि पैसाको पनि आवश्यकता पर्छ । आफूसँग भएको पैसा सधै सही ठाउँमा मात्र प्रयोग गर्नुहोस् ।

(x) सधैभरि आफूलाई बुझ्ने र सहयोग गर्ने साथीहरुको मांझमा मात्र बस्नुहोस् ।