नरिवल धार्मिक र आर्थिक दृष्टिले अति महत्वपूर्ण मानिएको छ । नरिवलले मानिसलाई पौष्टीक आहार प्रदान गर्दछ । नरिवल धार्मिक पूजा, विवाह, व्रतबन्ध शुभकार्य, यज्ञ, शुभ साईत आदिमा आवश्यक मानिन्छ । यसलाई धार्मिक पूजामा पवित्र फलको रुपमा चढाइन्छ । शुभ–विवाहमा मांगलिक फलको रुपमा प्रयोग गरिन्छ ।

विभिन्न देवपूजामा फल चढाउने बाहेक व्रतबन्ध हुँदा जोगीको रुप लिएर भिक्षाटन गर्दा नरिवल दिने चलन पनि छ । बलि पूजामा बोका आदिको बदलामा नरिवल चढाउने पनि चलन छ ।यज्ञ गर्दा नरिवल मेधा हवन गरिन्छ । शुभ साईत, शुभ घडामा नरिवल फल राखेर कार्यसिद्धिको कामना गरिन्छ ।

विभिन्न पूजाआजा तथा शुभकार्यमा जटासहितको नरिवल अर्पण गर्दा कामना पूरा हुन्छ भन्ने जनविश्वासले नरिवलको महिमा अझ गहन बनाएको छ। प्राकृतिक सौन्दर्यमा हरियाली छर्दै उज्यालो पार्ने यस्तो वनस्पतिलाई लच्छिनको प्रतीक मानिन्छ।

१. गर्मी गडेकोमा
नरिवलको जल नियमित केही दिन १\१ ग्लास खानाले गर्मी गडेको रोग निको हुन्छ ।

२. पिसाब खुलाउने
गर्मीले गर्दा अलि–अलि पिसाब हुने, राम्ररी खुलस्त भएर नआउने रोगमा बिहान\बेलुका नरिवलको पानी खाने गरे पिसाब खुलेर आउनेछ ।

३. रगत सफा गर्ने
ताजा नरिवल पानी सेवन गर्ने गरेमा रगत बढाउँछ र स्वच्छ हुन्छ पार्दछ ।

४. घाउ खटिरामा
घोच्ने, पोल्ने घाउमा नरिवलको तेल र बेसार फिटेर लगाए ठीक हुन्छ ।

५. गर्मीले टाउको दुखेमा
नरिवलको तेलले टाउकोमा मालिस गर्ने गरेमा गर्मीले दुख्ने टाउको ठीक हुन्छ ।

६. अल्काईको रोगमा
नरिवलको बाहिरको जटा पोलेर खरानी बनाउने तथा १\१ ग्लास दहीमा फिटेर बिहान/बेलुका खाने गरेमा केही दिनमा नै अल्काई रोग ठीक हुन्छ अथवा तुलसीको पात १०/१२ वटा खाएर पानीले निल्ने र तुलसीको पातको लेदो नरिवलको तेलमा फिटेर गुद्धद्वारको घाऊमा लगाउने गरेमा ठिक हुन्छ ।

७. कपाल राम्रो पार्न
नरिवलको तेल टाउकोमा हाल्ने गरेमा कपाल कालो, लामो, बलियो, बाक्लो हुनलाई पूर्ण मद्दत गर्दछ ।

८. जुका परेमा
नरिवलको पात पोलेर खरानी बनाएर छानेर बिहान/बेलुका १\१ चम्चा खाँदा साधारण जुका र नाम्लेजुका आदि रोग निर्मुल भएर जान्छ ।

९. कलेजोको रोगमा
नरिवलको जराको पानी १\१ चम्चा खाने गरेमा १\२ हप्तामै कलेजो सम्बन्धी रोगमा फाइदा हुन्छ ।

१०. श्वासनलीको रोगमा
नरिवलको जराको पानी १\१ चम्चा खाने गरेमा दम खोकी सम्बन्धी रोेग ठीक हुन्छ तथा श्वासनली आदि बलियो बनाई रोग निको पार्छ ।

११. शीतपित्त भएमा
नरिवलको तेलमा कपुर मिसाएर मालिस गर्नाले शीतपित्त ठीक हुन्छ अथवा नीमको तेलमा कपुर हालेर मालिस गर्नाले चिसोबाट हुने पित्त, खटिराहरु ठीक हुन्छ ।

१२. कान दुख्ने, पिप आउने , खटिरा आदि भएमा
ठूलो चम्चाको ४ चम्चा शुद्ध तोरी वा नरिवलको तेलमा ६ गेडा लसुन, सानो चम्चा आधा चम्चा हिङ र सानो चम्चा १

१३. चम्चा सिदेनूनको धूलो तेलमा कालो पार्ने
र छानेर सिसीमा राख्ने र आवश्यकता अनुसार कान सफा गरी बिहान\बेलुका ४\४ थोपा हाल्नाले कानको रोग निको हुन्छ ।

१४. दाद भएमा
सेतो करवीरको जरा २ चम्चा लेदोमा २ डाडु नरिवलको तेलमा डढाएर झिक्नुहोस् र कपडाले छानेर दादहरुमा लगाउनुहोस् बिस्तारै ठीक हुँदै जान्छ ।