१. एउटा मानिसले बर्ष भरिमा लगभग १४ सय ६० सपना देख्दछन् ।

२. साङ्लाको टाउको काटिए पनि धेरै हप्तासम्म बाँच्न सक्दछ । तर मर्नुको कारण टाउको काटीएर नभएर भोकको कारणले हो ।

३. गधाको आँखाको बनावट एक विशेष प्रकारको हुन्छ‚ उसले आफ्नो चारै खुट्टा एकै पटक देख्न सक्दछ ।

४. ऊँटको आँखामा तिन पत्र परेला हुन्छ जसले उसलाई मरुभुमीमा उड्ने धुलोबाट बचाउँछ ।

५. Stand Lamp को अविश्कार एक दाँत चिकित्सकले गरेका थिए ।

६. बिरालोको पिसाब अध्याँरोमा चम्किन्छ।

७. सूर्य पृथ्वीभन्दा ३‚३०‚३३० गुणा ठुलो छ ।

८. कुनै पनि बर्गाकार सुख्खा कागजलाई आधा-आधा गरेर ७ पटक भन्दा बढी मोड्न सकिदैन ।

९. विश्वमा प्रकाशन हुने समाचारपत्रमा लगभग आधा जति समाचारपत्र अमेरीका र क्यानाडामा प्रकाशित हुन्छन् ।

१०. एउटा भायलिन बाजा बनाउन ७० वटा विभिन्न आकारको काठको टुक्रा आवश्यकता पर्दछ ।

११. चट्याङ पर्दा जुन तापमान पैदा हुन्छ त्यो तापमान सूर्यको सतहमा पाउने तापक्रम भन्दा पाँच गुणा बढी हुन्छ ।

१२. जव सिसा फुट्छ ती टुक्राहरु ३ हजार माइल प्रति घण्टाको दरले छरिन्छ ।

१३. मानिसको शरिरमा प्रति सेकेण्ड १५ मिलियन रातो रक्तकोष बन्दछन् र मर्दछन् ।

१४. चमेरा गुफा बाट निस्कीदा सधै देब्रे पट्टीमात्र उड्दछन् ।

१५. जिराफको जिब्रो यती लामो हुन्छ उसले आफ्नो कान जिब्रोले नै साफ गर्दछ ।

१६ जापानको शहर टोकियो मा ५० मिनेट भन्दा कम दुरी यात्राको लागी साइकललाई कार भन्दा छिटो मानिन्छ ।

१७. ऊँटको दुधबाट दहि बनाउन सकिदैन ।

१८. कोको कोलाको असली रंग हरियो हुन्छ ।

१९. लाइटरको अविष्कार सलाई भन्दा पहिला भएको थियो ।

२०. रुपैया कागज बाट हैन कपास बाट बनाइन्छ ।

२१. मानिसको दिमागमा ८० प्रतिशत पानी हुन्छ ।

२२. हातको औंलाको छाप जस्तै जीब्रोको छाप पनि मानिस पिछै अलग अलग हुन्छ ।

नेपालको बारेमा केहि यस्ता जानकारी जुन तपाईलाई थाहा नहुन सक्छ ।
१. यदि नेपालको नक्सालाई ९० डिग्रिमा दायाँबाट घुमाउने हो भने झन्डै पोर्चुगलको नक्सासगं मिल्छ । त्यसैले नेपाल र पोर्चुगललाई विश्वको मानचित्रमा जुमल्याहा पनि भनिन्छ ।

२. नेपाल मात्र एउटा यस्तो देश हो , जुन देश ६० देखि ८८४८ मिटर उचाई सम्म फैलिएको छ ।

३. विश्वमा रहेका १४ वटा सबभन्दा अग्ला हिमालहरु मध्य नेपालमा ८ वटा हिमाल रहेका छन । जस मध्ये विश्वको शिखर सगरमाथा सहित मकालु, कञ्चनजंघा, लोत्से, चोयू, धौलागिरी, मनास्लु र अन्नपूर्ण विश्वको ८ हजार मिटर भन्दा अग्ला हिमालहरु हुन ।

४. नेपालका लगभग ८७० प्रजातिका चराहरु पाईन्छ, जुन युरोप र उत्तर अफ्रिकाका सम्पूर्ण महाद्वीप भन्दा धेरै हो। ६५० प्रजातिका पुतलिहरु पाइन्छ, जुन विश्वको ४.२ % हो । विश्वमा पाइने स्तनपान गराउने जनावरहरु मध्य ३.९५ % नेपालमा पाइन्छ । त्यसैले नेपाललाई एसियाको अमेजन भनेर चिनिन्छ ।

५. नेपालको राजधानि काठमाण्डौँलाइ मन्दिरै मन्दिरको शहर भनेर चिनिन्छ । काठमाण्डौको १५ किलोमिटर भित्रको चौडाइमा १५ वटा स्थानहरु विश्व सम्पदा सुचिमा रहेका छन । र काठमाण्डौँलाइ संसारको जीवित सांस्कृतिक संग्रहालय पनि भनिन्छ ।

६. नेपाल मात्र विश्वको एउटा यस्तो देश हो , जहाँ जाति र धर्मको नाममा कुनै पनि युद्ध भयको छैन ।

७. संसारको प्रसिद्ध योद्धा , गोर्खाली नेपालका हुन । जसको बहादुरीले नेपाललाई ब्रिटिस उपनिवेस हुन दिएन ।

८. नेपालको दक्षिण भागमा अवस्थित लुम्बिनि गौतम बुद्धको जन्म स्थान हो । बुद्धले आविस्कार गरेको वौद्ध धर्म विश्वको प्रमुख धर्महरु मध्य एक हो ।

९. नेपालमा जिबित भगवान पाईन्छ , जस्लाई कुमारी भनेर चिनिन्छ ।

१०. नेपालमा धेरै प्रयोग हुने नमस्तेको अर्थ – ” म तपाई भित्र रहेको परमेश्वरलाइ सलाम गर्छु ” हो ।

११. नेपालमा ८० भन्दा बढी जातीय समूहहरू र १२३ भन्दा बढि मातृ भाषा रहेका छन।

१२. नेपाल मात्र एउटा देश हो जसको राष्ट्रिय झन्डा चारपाटे नभएर त्रिकोणात्मक छ ।

१३. सन १८१५ देखि नेपालीले गोरखाली ब्रिटिस आर्मीको रुपमा लगातार सेवा दिदै आइरहेको छ ।

१४. नेपालको तिलिचो ताल (४८०० मिटर ) संसारकै सबै भन्दा अग्लो स्थानमा रहेको ताल हो भने अरुण भ्याली सबै भन्दा अग्लो स्थानमा रहेको भ्याली हो ।

१५. संसारभरि पाइने चराहरुको प्रजाति मध्ये ८ % नेपालमा पाइन्छ ।

source: goggle