कफीले स्वास्थ्यलाई पुर्याउने फाइदाबारे विभिन्न अनुुसन्धानले पुष्टि गरिसकेको छ । संसारमा यस्ता धेरै मानिस छन् जो एक कप कफी नपिई आफ्नो दिनको सुरुवात गर्न सक्दैनन् ।यस्ता व्यक्तिहरुका अनुसार कफीले उनीहरुको ‘डेली प्रोडक्टिभीटी’ अर्थात् आफ्नो दैनिकको उत्पादकत्व क्षमतामा विशेष प्रभाव पार्ने गर्दछ ।

कफी सप ठूला शहरमा मात्र नभई स–साना शहरमा पनि निकै चलनचल्तीमा छ । कफी सपमा साथीहरु, पत्रकार, साहित्यकार, कलाकार र बेरोजगारहरुको समूह जम्मा हुने गर्छन् । यो अहिलेको मात्र नभई निकै पुरानो प्रचलन हो ।

कफि पिउनुका १३ फाइदाहरु 

१. प्रत्येक दिन विहान कम्तीमा १ कप कफी पिउनाले शरिरमा दिनभर स्फुर्ति ल्याउनुको साथै मानसिक तनावलाई समेत कम गर्दछ ।

२. मदिराजन्य वस्तुको सेवनवाट हुने ह्याङ्ग ओभरवाट छुटकारा पाउन सकिन्छ ।

३. कफीमा पाईने एण्टी–अक्सीडेन्टको कारण शारिरिक तथा मानसिक थकानवाट मुक्त राख्दछ ।

४. मुटु, मस्तिष्क, पाचन र स्नायु प्रणालीलाई क्रियाशिल तुल्याउँछ ।

५. चिसोको कारण शरिर फुल्ने, खुट्टा तथा आँख्ला सुनिने जस्ता समस्या भएका वाथका रोगीहरुले नियमित कफी सेवन गरेमा धेरै फाईदा गर्छ ।

६. दम, पित्त थैली र मृगौलाको पथ्थरी, मधुमेह, आन्द्राको क्यान्सर र रेडियो बिकिरणवाट हुने असरका समस्यालाई हटाउँछ ।

७. दैनीक कम्तीमा २-३ कप कफी नियमित रुपमा पिउनाले यौन दुर्वलतालाई हटाउँछ

८. नियमित कफी सेवनले बोसो तथा मोटोपनलाई समेत कम गर्दछ ।

९. कफीमा पाईने एण्टी–अक्सीडेन्टले हृदयरोग तथा क्यान्सरवाट मानिसलाई सुरक्षा प्रदान गर्नुको साथै शारिलाई तन्दुरुस्त राख्दछ ।

१०. जाडो समयमा नियमित कफी पिउनाले शरिरमा गर्मिपन बढाउनुको साथै चिसोलाई हटाउँछ ।

११. नेपाली अर्गानीक कफी चिसो प्रविधिवाट तयार गरिएको हुँदा ग्याष्ट्रिकका रोगीहरुको लागि पनि उपयोगी हुन्छ ।

१२. कफी सेवन गर्ने बानीको कारण चियामा हुने दैनीक खर्चलाई जोगाउनुको साथै चिया सेवनवाट हुने असरवाट समेत बच्न सकिन्छ ।

१३. कफी एक औषधिजन्य र सम्मानीत पेय भएकोले यसवाट अन्य धेरै फाईदा पाउन सकिन्छ ।